अभियानकर्ता जोना योञ्जनद्वारा ५ जिल्लामा सुसमाचारीय कार्यक्रम

[ 0 ] June 7, 2017 |

२४ जेठ, काठमाण्डौँ । याकुब १ः२७ अनुसारको वचनलाई अनुसरण गर्दै यहोशु मिशन समुह नेपालद्वारा ५ वटा जिल्लामा मच्छेडदानी jonaवितरण गरेको छ ।

सुसमाचार विहिन भएका प्रदेश नं. २ स्थित सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका विभिन्न ग्रामिण क्षेत्रका मधेसी, थारु, मुस्लिम लगाएतको समुदायको वीचमा सर्वाङ्गिण सेवा अन्र्तगत तराईमा बढदो गर्मीका कारण मलेरिया, डेँगु जस्ता रोगहरुको रोकथाम र सचेत गराउन एकल महिला, जेष्ठ नागरिक, अपांग, असहाय, गरीब र सुत्केरी महिला र बच्चाहरुलाई उक्त सामान वितरण गरेको हो ।
उक्त मिशन समुहले स्थानीय मण्डलीहरुसँग मिलेर सुसमाचारीय कार्यक्रम समेत गरेको छ । सो सामान वितरण पश्चात अभियानकर्ता जोना योञ्जनले सबैमा एक आशाको सन्देश मिलेको र सकेको सहयोग गर्न पाउँदा आफुलाई सन्तुष्टि मिलेको हामीलाई बताउनुभयो ।

हिमाल पहाड तराई कोहि छैन पराई भनेझै बढदो गर्मीको यस्तो अवस्थामा अत्यावश्यक सामान पाउँदा सबैजनाले खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।

Facebook Comments

Category: News & Events