मध्य-क्षेत्र एनसिएफएनका नवनिर्वाचित अध्यक्ष पा. तारा सिहं गुरुङद्वारा पदभार ग्रहण

[ 0 ] June 1, 2017 |

१८ जेठ, ललितपुर । ६० वर्षको इतिहास बोकेको नेपाल राष्ट्रिय मण्डली संगति (एनसिएफएन) को हिजो सानेपास्थ्ति आराधना मण्डलीमा सम्पन्न NCFN 1मध्यमाञ्चल क्षेत्रीय अधिवेशनबाट ७ जना सम्मेलित नयाँ कार्यसमिति चयन भएको थियो।

मध्यमाञ्चल विकास क्षेत्रका निवर्तमान अध्यक्ष पा. विरबहादुर तामाङ सबैको आशा र पुनः नेतृत्वको प्रस्ताव आएपनि पदको प्रवाह नगरी आफनै सभापतित्वमा अधिवेशन सम्पन्न गराउनुभएको हो । आज जनजागरण पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा सासंद माननीय लोकमणीको प्रमुख आतिथ्यता र निर्वतमान अध्यक्ष पा. वीरबहादुर तामाङको सभापतित्वमा एक कार्यक्रम विच एनसिएफएनको आफनै भवनमा नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा जिम्मेवारी NCFNहस्तान्तरण गर्नुभएको छ।

६ वर्ष मध्य क्षेत्रको नेतृत्व सम्हाल्नुभएका पा. तामाङले महाभुकम्पबाट प्रभावित क्षेत्रमा राहत वितरण गर्नुका साथै विभिन्न समाजिक कार्यहरु समेत गर्नुभएको छ।

हाल उहाँ सुन्दर नेपाल सरसफाई अभियानका केन्द्रिय अध्यक्ष तथा जनजागरण पार्टी नेपालका केन्द्रिय कोषाध्यक्ष समेत हुनुहुन्छ ।

Facebook Comments

Category: News & Events