एनसिएफएन मध्यमाञ्चल क्षेत्रीय अध्यक्षमा पा. तारा सिहं गुरुङ निर्वाचित

[ 0 ] June 1, 2017 |

१८ जेठ , ललितपुर । नेपाल राष्ट्रिय मण्डली संगतिको मध्माञ्चल क्षेत्रीय आधिवेशन साथै बार्षिक प्रतिनिधि सम्मेलन आराधना मण्डली, सानेपामा भव्यतताका साncfn-2-300x169थ सम्पन्न भएको छ ।

३ तिनदेखि चलेको सम्मेलनमा विभिन्न आत्मिक सेवकाई र विभिन्न विषयमा छलफल भएको थियो । पूर्व अध्यक्ष पा. विर बहादुर तामाङले सभापतित्व निभाउनु भएको थियो भने उहाँको कार्यक्षेत्र मध्माञ्चलमा रहेको छ । उहाँले २ कार्यकालसम्म मध्यमाञ्चलको क्षेत्रीय अध्यक्षमा रहि सेवकाइ गर्नुभएको थियो ।
अन्तिम दिन ७ जना क्षेत्रीय कार्यसमितिको लागि चुनाव भएको थियो । सो चुनावमा अध्यक्षको लागि २ जना व्यक्ति लडेको थिए । अध्यक्षमा पा. तारा सिंह गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १४७ मत ल्याएर मध्यमाञ्चल क्षेत्रीयको अध्यक्ष हुनुभएको छ भने उहाँको प्रतिस्पर्धी विष्णु ब. बस्नेत –पावल) ८० मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा निर्वीरोध गौरी रुम्बा, सचिव राम ब. थिङ ( १०५मत ), कोषाध्यक्षमा प्रेम परियार (मत १२१) सदस्य तर्फबाट बचीमाया मेगी ( महिला, १४६ मत), शेर ब. मोक्तान (१३४ मत ) र शेर ब. प्रजा (१०८ मत) ल्याइ विजय हुनुभएको छ । निर्वाचित हुनुभएको ४४ वर्षीय अध्यक्ष तारा सिंह गुरुङको १५ वर्षदेखि निरन्तर सेवकाइमा हुनुहुन्छ । सिरकोट मण्डली, विरेन्द्रनगर, चितवनका पाष्टरीय सेवकाइमा अगुवाइ गरिरहनु भएको छ । २ छोरा र श्रीमतीसहित चितवनमा स्थायीरुपमा बसोबास गरिहनु भएको छ । उहाँका अनुसार, “अब गाउघरका विभिन्न मण्डलीहरुको समस्यालाई समधान गर्ने प्रतिवद्धता गर्दछु । विशेष गरि पहाडी जिल्लाहरुका भत्किएको र मण्डली भवन नभएको मण्डलीहरुमा भवन निर्माणमा विशेष जोड दिनेछु ।”

अरु विभिन्न संस्थाहरुमा सर्वसमतिले कार्यसमिति चयन गर्ने परम्परा छ । जसले गर्दा विभिन्न असन्तुष्टि पोख्दै आइरहेका छन् । तर एनसिएफएनले निर्वाचन गरि चयन गरेकोमा यस संस्थालाई हार्दिक बधाइ छ । अन्तिम प्रार्थना रेभ. सिमोन पाण्डेले गरि कार्यक्रम समापन भएको थियो ।

Facebook Comments

Category: News & Events