नहेम्याह ईन्सटिच्युटमा तालिमरत एस. एल. सी. समुहका ७० जना विद्यार्थीहरु आज दीक्षीत

[ 0 ] May 26, 2017 |

१२ जेठ , ललितपुर । नहेम्याह ईन्सटिच्युटमा तालिमरत ७० जना विद्यार्थीहरु आज एक भव्य समारोह वीच दीक्षीत भएका छन् । पा. उपेन्द्र nahamiahउपाध्यायले सुरुको प्रार्थना गरी प्रदिप थुलुङले स्वागत गर्नुभएको उक्त कार्यक्रममा क्रसवे चर्चका पा. रेभ. अर्बिन पोखरेलले उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो भने आराधनामा तिमोथी दंगालले अगुवाई गनुभएको थियो । सोही अवसरमा नहेम्याह ईन्सटिच्युटमा कार्यरत कर्मचारी विनोद श्रेष्ठले दीक्षीत विद्यार्थीहरुमध्यमा अन्जु बिक र सुन्दर तामाङलाई अनुशासित विद्यार्थी अर्वाड वितरण गर्नुभएको थियो । कार्यक्रममा  पा. रेभ. अर्बिन पोखरेलले दीक्षीत विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो भने सर्मपणको प्रार्थना प्रसुन प्रेरितिय मण्डलीका पाष्टर तथा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौँडेलले गर्नुभएको थियो । समारोहको अन्त्यमा दीक्षीत विद्यार्थीहरुलाई नहेम्याह ईन्सटिच्युटका प्रिन्सिपल एल्डर भरत पाण्डेले शुभकामना दिदैँ अध्ययन गर्दा पाएको र्दशनलाई जीवनमा लागु गर्नुपर्ने कुरा औंल्याउनु भएको थियो साथै प्रिन्सिपल पाण्डेले उक्त नहेम्याह ईन्सटिच्युटको ८७ औ दिक्षान्त समारोहको अवसरमा देशका विभिन्न सुगम र दुर्गम जिल्लाका ७० जना विद्यार्थीहरु दीक्षीत भएको र यहि आउँदो असार ४ गते ८८ औ नयाँ व्याच सुरु हुने कुरा समेत हामीलाई बताउनुभयो ।

Facebook Comments

Category: News & Events