मुस्लिम जातिको महान चाड रमादानको अवसरमा प्रार्थना अभियान

[ 0 ] May 23, 2017 |

९ वैशाख, ललितपुर । नेपालमा ७ देखि १० प्रतिशत इस्लाम धर्म मान्ने व्यक्तिहरु भएता पनि यी समुदायको बीचमा भएका ख्रीष्टमा विश्वास गर्नेहरु धेरै  न्यून छन् । मुस्लिम जातिको महान चाड रमादानको समयमा unnamedसंसार भरीका मुस्लिमहरुले ३० दिनसम्म प्रार्थना गर्ने कुरा सबै अगुवाजनहरुलाई अवगत नै छ । उक्त रमादानको अवसर पारी नेपाल छिमेकी प्रार्थना अभियानले गत वर्ष जस्तै यस वर्ष पनि यहि मिति (मे २७ २०१७ अर्थात (जेठ १३, २०७४) शनिवारमा नहेम्याह इन्ष्टिच्युट तिखदेवल, ललितपुर ( एन.सि.एस.)मा दिउँसो ३:३० बजे र प्रार्थना समापन यहि मिति (जुन २५ २०१७ अर्थात (असार ११ २०७४) आइतवार विहान ७:३० बजे हुने कुरा प्रार्थना अभियानका संयोजक पा. डिल्लीराम पौँडेलले हामीलाई जानकारी दिनुभयो । संसार भरीका इसाईहरुले पनि त्यस मुस्लिमहरुको महान पर्वको अवसर पारी निरन्तर प्रार्थना र आ–आफनो क्षेत्रबाट यस अभियानमा सक्रिय सहभागिता र आर्थिक सहायता गरिदिनुहुन हार्दिक आहृवान समेत गर्नुभएको छ ।

Facebook Comments

Category: News & Events