सल्यान जिल्लाको आस्थाका बन्दीका २ बालबालिकालाई राष्ट्रिय ख्रीष्टियन महासंघ द्वारा सार्वजनिक

[ 0 ] May 22, 2017 |

८ वैशाख, ललितपुर । आज राष्ट्रिय ख्रीष्टियन महासंघले राजधानीमा सल्यान जिल्लाको बारेमा थप जानकारी दिन र २ बालबालिकालाई सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको छ । ख्रीष्टियनहरु माथी fncnआक्रमक शैलीमा सुनियोजित ढंगबाट ४ ख्रीष्टियनहरुलाई बोक्सीको आरोप लगाई ५ वर्ष जेल चलान गरेको थियो । ति मध्ये दम्पत्तिमध्येका छवे दमाईका छोरा सल्यान कुपिड्डेदह गा.वि.स. वडा नं ४ ज्यामिरे वस्ने वर्ष २९ को रुपलाल दमाई र लालवहादुर दमाईको छोरी जिल्ला सल्यान कुपिड्डेदह गा.वि.स. वडा नं ४ ज्यामिरे वस्ने वर्ष २८ को गंगा परियारको छोरा वर्ष ८ को शामुएल परियार र छोरी वर्ष  ९ को रिता परियारको सम्पूर्ण लालनपालन गर्ने गरी ज्योतीको घर नेपाल नामक बाल गुहमा महासंघले जिम्मा दिएको हो भने  सल्यान मुद्धाको पर्सि १० गते पेशी रहेको छ ।

Facebook Comments

Category: News & Events