सेफर्ड इन्ष्टिच्यूटको २९ औ समूहका १७ जना विद्यार्थीहरु दिक्षीत

[ 0 ] May 17, 2017 |

३ जेठ, ललितपुर । सन् २००२ मा स्थापित सेफर्ड इन्ष्टिच्यूटले आफनो २९ औ Shepherdसमूहको पाष्टर तथा अगुवा तालिममा अध्ययनरत १७ जना विद्यार्थीहरु वैशाख २७ गते बुधवार एक समारोह वीच दिक्षीत भएका छन् ।

वरिष्ठ पाष्टर प्रकाश सुव्वाको प्रमुख आतित्थ्यतामा र विभिन्न आमन्त्रित मण्डलीका पाष्टर तथा अगुवाहरुको उल्लेखनीय सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुभाष प्रधान द्वारा संचालन गरिएको उक्त कार्यक्रम आराधनाबाट सुरु भएको थियो भने सुरुको प्रार्थना भने प्रेरणा मण्डलीका पाष्टर माधव पौँडेलले गर्नुभएको थियो । सोही अवसरमा विभिन्न जिल्लाका १७ जना दीक्षीत विद्यार्थीहरुलाई उत्साहजनक, अभिप्रेरित आशिषमय वचन भने नेपाल ख्रीष्टियन समाजका महासचिव तथा प्रेरितिय मण्डलीका पाष्टर डिल्लीराम पौँडेलले बाडँनुभएको थियो। कार्यक्रमा प्रमुख अतिथी वरिष्ठ पाष्टर प्रकाश सुव्वाको बाहुलीबाट प्रिन्सिपल पा. रुपनारायण तिम्सिनाद्वारा दीक्षीत विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने राष्ट्रिय ख्रीष्टियन महासंघका महासचिव तथा धार्मिकता मण्डलीका पाष्टर पदम पराजुलीले दीक्षीत विद्याथीहरुको सर्मपणको प्रार्थना गर्नुभएको थियो । कार्यक्रममा इन्ष्टिच्यूटका प्रिन्सिपल पा. रुपनारायण तिम्सिनाले हालसम्म उक्त इन्ष्टिच्यूटबाट ४०० जना भन्दाबढी विद्यार्थीहरु दीक्षान्तित भई नेपाल लगाएत अन्य मुलुकहरुमा समेत नेपालीहरुको वीचमा सेवाकाई गरिरहेको जानकारी गराउनुभएको थियो भने यहि आउँदो साउन २५ बाट ३० औ समुहको तालिम सरु हुने समेत जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको अन्तिम प्रार्थना भने प्रमुख अतिथी पा. सुव्वाले गर्नुभई अन्त्यमा प्रेम भोजको व्यवस्था गरिएको थियो।

Facebook Comments

Category: News & Events