धनकुटामा अगुवापन सेमिनार

[ 0 ] May 15, 2017 |

रामप्रसाद पौडेल
धनकुटा क्षेत्र नं. २ इलाका इसाई समाजको आयोजनामा तीन दिने अगुवापन सेमिनार सम्पन्न भएको छ । धनकुटाको रमणीय क्षेत्र पाख्रिबासस्थित कृषि तालिम केन्द्रको सभाहलमा dhanआयोजना गरिएको उक्त सेमिनार धनकुटा इसाई समाजका अध्यक्ष पा. युसुफ श्रेष्ठको प्रार्थनाबाट शुरु भएको थियो ।

कार्यक्रममा धनकुटा क्षेत्र नं. २ का विभिन्न मण्डलीहरुबाट ४५ जना पास्टर अगुवाहरुको सहभागिता रहेको थियो ।
सेमिनारका विभिन्न सेसनहरु पा. जेम्स पौडेल, पा. कमल श्रेष्ठ, पा. मानबहादुर पुलामी, दिलु राई र सुनिता श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने “आफ्नो बोलावटलाई कसरी चिन्ने” भन्ने विषयमा विराटनगर इसाई समाजका उपाध्यक्ष पा. सुरज मल्ल र अमेरिकाबाट आउनुभएका पाहुना वक्ता डा. ब्ल्याक मनले सिकाउनुभएको थियो । कार्यक्रममा स्थानीय मण्डलीका भाइबहिनीहरुको नृत्य र आराधक राजको सांगीतिक प्रस्तुतीले अझै उत्साह थपेको थियो ।

तीन दिनसम्म चलेको सेमिनारमा पा. मान बहादुर पुलामीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने पा. जेम्स पौडेलको अन्तिम प्रार्थना र पा. युसुफ श्रेष्ठको आशिष्को प्रार्थनासँगै कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संयोजन समाजका सचिव पा. कमल श्रेष्ठले गर्नुभएको थियो ।

Facebook Comments

Category: News & Events