ईसाइहरुले नेतृत्व गरेको ४ दल स्थानिय चुनावमा सहकार्य गर्दै, साझा रुपमा जनजागरण पार्टी नेपालको चुनाव चिन्ह (टर्च लाइट) प्रयोग गर्ने

[ 0 ] May 1, 2017 |

निरोज तोलाङे
१७ बैशाख, काठमाडौं । ईसाइहरुले नेतृत्व गरेको ४ वटा राजनीतिक पार्टीहरु पहिले देखि जनजागरण पार्टी, पिपुल्स पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन दल र आमुल परिवर्तन मसिह पार्टी सँगको विगत दिनहरुमा todays news of party 1चार ख्रीष्टियन पार्टीहरु एकता हुनुपर्दछ भन्ने आवश्यकता महशुस गरी पछिल्लो चरणमा सहजकर्ता व्यक्ति र मिडियाको पहलमा शुरु गरी पटक पटक भेटघाट र विभिन्न चरणमा बैठक, वार्ता र छलफल गरिएको थियो भने आज जनमुखी पार्टी समेतको सहभागितामा र पत्रकारहरुको उपस्थितीमा भेटघाट सम्पन्न भएको छ ।
भेटघाट कार्यक्रमका अधिकांश नेताहरुले सबै दलहरुको चासो आमुल परिवर्तन मसिह पार्टी लगाएत जोसुकै जुनसुकै क्षेत्रबाट राजनीति गरेता पनि यदि स्वच्छ राजनीति गर्ने हो भने सबैलाई एक साथ समेटेर जानु पर्छ भन्नेमा सबै पार्टीहरु गम्भिर थिए । राष्ट्रिय मुक्ति आन्दोलन दल, जनमुखी पार्टी, पिपुल्स पार्टी र जनजागरण पार्टी नेपाल बीच स्थानिय चुनावमा सहकार्य गर्ने भएका छन् भने राष्ट्रिय मुक्ति आन्दोलन दलले पनि स्थानिय चुनावमा जनजागरण पार्टीको चुनाव चिन्ह (टर्च लाइट) प्रयोग गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका केन्द्रिय अध्यक्ष तथा कार्यदलका संयोजक जयबन्त विक्रम शाहले प्रगति विवरण, इतिहास र दुई वटा माइनेटिङ्गमा के के भएको थियो भनेर पढेर सुनाउनु भएको थियो । सबै पार्टी आएको तर आमूल परिवर्तन मसिहा पार्टीका अध्यक्ष आउछु भन्नुभएको थियो तर आउनु भएन भनेर बैठकमा जानकारी गराएका थिए । ख्रीष्टियनहरुले नेतृत्व गरेका पार्टीको छोटकरीमा इतिहास पनि बताउनु भएको थियो । आफू र आफ्नो पार्टी एकताको लागि हदैसम्म लचकता अप्नाइरहेको छ तर लामो समय वितिसक्यो, एकता हुन सकेको छैन । यी साना पार्टीको लागि सम्भावना भन्दा पनि ठूलो पहाडको चुनौति रहेको समेत उहाँले बताउनुभयो । त्यसैक्रममा पिपुल्स पार्टीका केन्द्रिय अध्यक्ष रोशन खतिवडाले भन्नुभयो, “ एकता भएन भने हाम्रो केही उपलब्धी हुँदैन । धम्लिएको राजनीतिलाई ठीक पार्नु महत्वपूर्ण हो । मागी खानेबाट बाँडी खाने हुनुपर्दछ बाँडी खानेबाट गरि खाने हुनुपर्दछ । बैकल्पिक राजनीतिक शक्तिको आजको आवश्यकता हो । यस्तै जनजागरण पार्टीका महासचिव विपी खनालले विभिन्न विषयहरुमा आफ्नो र पार्टीको धारणा राख्नु भएको थियो। उहाँले नाम किटेर आफुलाई आक्रमण गर्ने धम्की प्राप्त भएको जानकारी गराउनु भएको थियो । जनमुखी पार्टीका केन्द्रिय अध्यक्षको गुण बहादुर विकले आफूलाई इन्कार गरेर एकतामा आउन तयार रहेको जानकारी गराउनु भयो । जनजागरण पार्टी नेपालको चुनाव चिन्ह (टर्च लाइट) साझा रुपमा प्रयोग गर्न सक्ने समेत जानकारी गराएको थियो ।

Facebook Comments

Category: News & Events