नहेम्याह ईन्सटिच्युटमा तालिमरत २१ जना विद्यार्थीहरु आज दीक्षीत

[ 0 ] April 11, 2017 |

निरोज तोलाङे

२९ चैत्र , ललितपुर । नहेम्याह ईन्सटिच्युटमा तालिमरत २१ जना विद्यार्थीहरु आज एक भव्य समारोह वीच दीक्षीत भएका छन् । पा. सन्दीप सिकर्मीले सुरुको प्रार्थना गरी प्रदिप थुलुङले स्वागत गर्नुभएको nehemmiahउक्त कार्यक्रममा पास्टर कृष्ण सुबेदीले उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो भने आराधनामा तिमोथी दंगालले अगुवाई गनुभएको थियो ।
सोही अवसरमा नहेम्याह ईन्सटिच्युटमा कार्यरत कर्मचारी विनोद श्रेष्ठले दीक्षीत विद्यार्थीहरुमध्यमा मनिला लिम्बु र  बाबुराम स्याङताङलाई अनुशासित विद्यार्थी अर्वाड वितरण गर्नुभएको थियो । कार्यक्रममा पा. कृष्ण सुबेदीले दीक्षीत विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । दिक्षीत हुनेहरुमा दिना चदरा, भगवती वि.क, मेनुका राई, सृजना सापकोटा, राधिका दाहाल, लक्ष्मी नेपाली, निलिमा श्रेष्ठ, मनोज गुरुङ, अमृत चेपाङ, रहेका छन् । त्यसैगरि लोकेन्द्र भट्ट, राजु श्रेष्ठ, बाबुराम स्याङताङ, शिव कुम राउत, राकेश सुनुवार, शेखर दाहाल, हेमन्त राई, गगन वि.क, असोक राई र असोक राई रहेका छन् ।

दीक्षीत विद्यार्थीहरुलाई नहेम्याह ईन्सटिच्युटका प्रिन्सिपल भरत पाण्डेले शुभकामना दिदैँ अध्ययन गर्दा पाएको र्दशनलाई जीवनमा लागु गर्नुपर्ने कुरा औंल्याउनु भएको थियो साथै प्रिन्सिपल पाण्डेले उक्त नहेम्याह ईन्सटिच्युटको ८६ औ दिक्षान्त समारोहको अवसरमा देशका विभिन्न सुगम र दुर्गम जिल्लाका २१ जना विद्यार्थीहरु दीक्षीत भएको कुरा समेत हामीलाई बताउनुभयो ।

Facebook Comments

Category: News & Events