नेपाल गोस्पल चर्च ललितपुर कुसुन्तीमा दुई दिने ग्रेस कन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न

[ 0 ] April 10, 2017 |

निरोज तोलाङे 

२८ चैत, ललितपुर  । ललितपुर र काठमाण्डौ भित्र रहेका जवानहरुको संयुक्त आयोजना अप्रिल ९–१० तारेखका दिन ललितपुर कुसुन्ती स्थित नेपाल गोस्पल चर्चमा दुई दिने ग्रेस graceकन्फरेन्स – २०१७ भव्यतताका साथ सम्पन्न भएको छ ।
हिजो र आज गरी ललितपुर काठमाण्डौँ र विभिन्न जिल्लाहरु दोलखा, गोरखा, नुवाकोट, म्याग्दी र कैलालीबाट करिव २५० जना विभिन्न grace1मण्डलीका अगुवा, युवा तथा जवान र विश्वासीहरुको उल्लेखनिय सहभागीता रहेको उक्त सम्मेलनको प्रमुख वक्ता भने नेपाली ईसाइ मण्डली ज्ञानेश्वरका बरिष्ठ पाष्टर रोर्बट कार्थक, इम्प्याक्ट जेनेरेसन मण्डलीका पास्टर शामुएल तामाङ र एव्याण्डन हार्भेष्ट मण्डलीका बरिष्ठ पाष्टर केशव आचार्य हुनुहुन्थ्यो।

टेम्पल अफ गडको बर्शिप व्याण्डका सांगितिक झुण्डले आराधनाको अगुवाई गरेको सो सम्मेलनमा व्यवस्था र अनुग्रह, वास्तविक ख्रीष्टियन जीवन र विश्वास द्वारा जिएर पवित्र आत्मा बाट भरिपुर्ण हुनु जस्ता महत्वपुर्ण विषयहरुमा सिकाइएको टेम्पल अफ गडको बर्शिप व्याण्डका अध्यक्ष एवंम संयोजक प्रेम तामाङले हामीलाई बताउनुभयो । उक्त सम्मेलनबाट धेरै जना आशिषित भएको सहभागीहरुले बताएका छन् ।

 

Facebook Comments

Category: News & Events