कानुनी साक्षारता र फलदायी गुणात्मक होऔ विषयक २ दिने सेमिनार आज भव्य रुपमा सम्पन्न

[ 0 ] April 7, 2017 |

निरोज तोलाङे
२५, चैत्र ललितपुर । एभरी होम कन्र्सनको सहयोगमा र ज्योति फिलाडेल्फिया मण्डली बुगंमति ललितपुरको आयोजनामा हिजो देखि सुरु भएको कानुनी साक्षारता र फलदायी every1 everyगुणात्मक होऔ विषयको २ दिने सेमिनार आज भव्य रुपमा सम्पन्न भएको छ ।
बुगंमतिमा ललितपुर स्थित ज्योति फिलाडेल्फिया मण्डलीमा २४ र २५ गते भएको उक्त सेमिनारमा भैसिपाटी ललितपुर स्थित नमुना ख्रीष्टियन समुदायसंग आबद्ध मण्डलीका हिजो र आज गरी करिव १०० जना पाष्टर, अगुवा, युवा र विश्वासीहरुको उल्लेख्नीय सहभागिता रहेको उक्त सेमिनारमा प्रमुख वक्ताको रुपमा एल्डर डेविड लेप्चा, डिकन असन राई र अधिवक्ता केदार खड्काले सिकाउनुभएको थियो । सो सेमिनारका प्रमुख अतिथि तथा सर्मपित मण्डलीका पाष्टर मानबहादुर नेपालीको बाहुलीबाट सहभागि सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उक्त सेमिनारको आयोजनाले सहभागि सबैलाई सेवकाईको निम्ति थप उत्साह मिलेको सेमिनार आयोजक तथा संयोजक एवंम ज्योति फिलाडेल्फिया मण्डलीका पाष्टर भिम रत्न बज्राचार्यले बताउनुभयो ।

Facebook Comments

Category: News & Events