विवाह पुर्व युवाहरुलाई परामर्श सेमिनार सम्पन्न

[ 0 ] April 7, 2017 |

निरोज तोलाङे
२५, चैत्र ललितपुर । विवाह पुर्व युवाहरुलाई परामर्श दिने उदेश्यले नहेम्याह तालिम ईन्सटिच्युट तिखदेवल, ललितपुरको आयोजनामा ३ दिने सेमिनार सम्पन्न भएको छ ।
ruth1चैत्र २३ देखि २५ सम्म भएको उक्त सेमिनारमा ललितपुुर भ्यालीमा रहेका विभिन्न मण्डलीबाट २८ जना युवायुवतीको उपस्थिती रहेको थियो । युवाहरुलाई अहिलेको अवस्थामा नभईनहुने अत्यावश्यक शिक्षाको मुख्य– मुख्य विषयहरु सिकाइएको उक्त  ruthतीन दिने युवा परामर्श सेमिनारमा युवाको पहिचान, असल जीवन साथी पत्ता लगाउने, डेटिङ, युवाहरुको मुद्धा, ख्रीष्टियन विवाह, अनुशासन र गर्भपतनको विषयमा सिकाइएको करा उक्त युवा परामर्श सेमिनारका तालिम संयोजक शान्ति रानाले बताउनुभयो।

 

Facebook Comments

Category: News & Events