आखिर नेपाली ख्रिष्टियनहरुले पनि पश्चिमेलीहरुलाई केही दिन सक्नुपर्छ

[ 0 ] April 7, 2017 |

थोमस बोगटी।लेखक

२५,चैत्र काठमाडौं । नेपालीहरुलाई अङग्रेज ख्रिष्टियनहरुले जानेर होस वा नजानेर होस धेरै कुरा दिएको छ। बर्षैपिछे आफ्नो देश छोडी नेपाली ख्रिष्टियनहरुमा सेवा पुर्याउन Thomasआउँछन्। त्यसको लागी हामी उनीहरु प्रति धेरै धन्यवादी हुनु आवश्यक छ।

यस क्रममा दक्षीण कोरीयाले पश्चिमेली देशहरुमा हरेका वर्ष मिसनरीहरु पठाइ सेवकाइ गरेका छन। कुनै पटक भारतका साधु सुन्दर सिङले पनि पश्चिम दिशमा गई परमेश्वरको बारेमा सिकाई ठूला जागृति ल्याउनुभएको थियो र उहाँबाट प्रभावित भएर केही गोराहरुले उहाँको जीवनीसमेत लेखे जुन आज हामी बजार र इन्टरनेटमा पनि पाउन सक्छौँ। अफ्रीकाका कयौ पाष्टरहरुले अमेरीकी सेवकाइलाई मदत पुर्याएका छन्। त्यस्तै गरी चीनका वाचम्यान नी संसारभरी ख्यातप्राप्त छन् जसलाई ख्रिष्टियन भएको कारण मारीयो तर पनि उनको पुस्तकहरु गोराहरु लगायत सबै ख्रिष्टियनहरुले अत्मिकी शिक्षा प्राप्त गर्न अध्ययन गर्छन। इस्राएल त यस मामलमा सँधै अघि नै छ।

त्यसी गरी हामी नेपालीहरुले पनि परमेश्वरको साँचो बाइबलिय शिक्षा र परम्पराको नमुनाको अनुसरन गरी पश्चिमेली देशका ख्रिष्टियनहरुमा आमुल परिवर्तन ल्याउन सक्छौँ भने यता अविश्वासी नेपालीहरुलाई पश्चिमबाट मात्र होइन तर पूर्वबाट पनि ख्रिष्टियानिटी फैलिएको सम्भावना देखाउन सक्षम हुन्छौँ।

Facebook Comments

Category: News & Events