नेपाली शैलीमा ख्रिष्टिय नाच,गान,बाजा र पहिरन

[ 0 ] April 7, 2017 |

थोमस बोगटी।लेखक

२५,चैत्र काठमाडौं । जुनै पनि चर्चमा जानुहोस त्यहाँ प्राय बैदशिक पहिरन लगाई गाना र बाजाहरु मत्र गञ्जीएका सुनिन्छ। नेपाली शैलीका गीतभजनहरु अचेल गाउँघरको ख्रिष्टय Thomasबुढापाकाको ओठमा बढी सुनिन्छ। आँखा उघार्नुस जब तपाई अङग्रेजी प्रकारको गीतहरु गाईरहनुभएको बेला तपाईहरु धेरैको आमाबाबु पनि चुप लागेर बस्नु भएको छ र नेपाली शैलीको गाना खोजीरहनुभएको छ।

यो पश्चिमेली भाकाको बाजागाजाको पनि नेपाली अविश्वासीहरुले निकै आलोचना गरेको पाईन्छ। नेपालको अख्रिष्टिय परम्परागत व्यान्डहरुसमेत संसारमा चर्चित हुँदैछन् र सायद नेपाली ख्रिष्टियनहरुले पनि नेवारुहरुले धिमे बाजा बजाएर ख्याती प्राप्त गरेझै नेपाली शैलीका आराधना र शङगीत रची संसारभरी रहेको ख्रिष्टियनहरुमा आफ्नो छाप राख्न सक्छन्। ढाकाटोपी, दउरा सुरुवाल, गुन्यु चोलो कहिले पनि नबिर्सौ जसले नेपाली ख्रिष्टियानको पहिचान झल्काउँछ। नेपाली पहिरन साँचिनै सभ्य छ र यसले पक्कै पनि परमेश्वरको महिमा झल्काउँछ।

Facebook Comments

Category: News & Events