आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

[ 0 ] March 29, 2017 |

निरोज तोलाङे

१६ चैत, काठमाडौं । देशको बदलिदो राजनीतिक तथा समाजिक परिस्थितीको बारेमा व्यापक छलफल गर्नको लागि राजधानी भित्र रहेका र बाहिरी जिल्लाबाट उपस्थित भएका पाष्टर 17622632_1830262880630129_298270698_oअगुवाहरुको वीच राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित भई राजधानीमा आज भेटघाट सम्पन्न भएको छ ।

संसदबाट पारित प्रत्यक्षबाट कम्तिमा एक सिट र समानुपातिकमा तिन प्रतिशत थ्रेस होल्डको कारण ईसाइहरु जुनसुकै पार्टी वा समुहमा आबद्ध भएतापनि हालको कानुनले बाध्यात्मककारी अवस्था सृजना गरेको हुँदा देशभरी रहेका मण्डली तथा ईसाइ अगुवाहरुको निम्ति राम्रो सुअवसर रहेको कुरा उपस्थित अगुवाहरु बताए । छलफल कार्यक्रममा व्यव्स्थापिका संसद सदस्य माननीय लोकमणि ढकाल, नेपाल राष्ट्रिय मण्डली संगतिका निवर्तमान अध्यक्ष डा. सिमोन पाण्डे, मानव विकास तथा सामुदायिक सेवाका संस्थापक एवंम कार्यकारी निर्देशक डा. तीर्थ थापा, क्वाईनोनिया पाटन मण्डलीका सहपाष्टर प्रकाश सुव्बा, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष  पाष्टर  वर्णवास श्रेष्ठ , पा.दानिएल सुव्वा, राष्ट्रिय ख्रीष्टियन महासंघका निर्वतमान अध्यक्ष डा. सुन्दर थापा, बर्तमान उपमहासचिब पा. चन्द्रमान नेपाली, नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर डिल्लीराम पौडेल, पुर्वाञ्चल ईसाइ समाजका अध्यक्ष पा. कुवेर गुरुङ,  पा. हरि कुमार खाति, रेभ. दानिएल सुव्वा र  पा. हरि गुरुङ लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने सम्पुर्ण व्यक्तिहरुले देशभरी रहेका ईसाइहरुको मत कसरी एउटै बाकसमा जान्छ भन्ने सन्दर्भमा गहन चिन्तन 17668671_1830263607296723_967700610_oगरिएको थियो । एकले अर्कोलाई दोषारोपण नगर सबै संगै मिलेर हातेमालो गरी ईसाइहरुको मत एकै ठाउँमा ल्याउनको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल ख्रीष्टियन समाज, नेपाल राष्ट्रिय मण्डली संगति र अन्य संघसंस्थालाई एकै ठाउँमा ल्याउनको लागि विशेष अगुवाहरुले सक्रिय भुमिका खेल्नुपर्ने र  ख्रीष्टियन सवालहरुमा एकजुट भएर लाग्नुपर्ने आज नेपाली ईसाइ मण्डलीहरुमा विशेष चुनौतीको विषय बनेको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4