तुलसी श्रेष्ठ , काठमाडौं
चैत्र १५, प्रबाशी नेपालीहरुको बीचमा बिगत २ बर्ष देखि जापानको राजधानी टोकियो को ओटाकुमा स्थापना गरिएको उत्साह नेपाली चर्चले बिधिंबत रुपमा पाष्टर पाएको छ । सिलिगुडीका नेपाली मुलका वरिष्ठ पाष्टर जीवन ज्योति राई ज्यु द्वारा हिजो 26 मार्चमा उत्साह नेपाली चर्चमा आयोजित विशेष सेवा सङतीमा उक्त चर्चका अगुवा किरन मगर ज्युलाइ पाष्टरमा अभिशेक गर्नुभएको कुरा उक्त चर्चका अगुवा सुर्य राईले जानकारी गराउनु भयो ।
पछिल्लो समयमा जापानमा अध्यन ताथा रोजगारी को निम्ति जाने नेपालीहरुको लहर बढेको छ । यो लहर सङसङै उक्त चर्चमा येशु लाई प्रभु र मुक्तिदाता भनी स्वीकार गर्ने नेपालीहरुको संख्या पनि थपिदो रहेको छ । स्मरण रहोस् ,जापानमा स्थापना भएको नेपालीभासिहरुको यो नै पहिलो चर्च हो ।
Discussion about this post