“नयाँ जीवन” प्रयोग गर्ने सन्बन्धमा १ दिने प्रशिक्षण

[ 0 ] March 26, 2017 |

१३ चैत, भक्तपुर । हिजो शनिवार हिमालयन गुड न्युज नेपालले घलाते भक्तपुर स्थित नेपाल प्रशंसा मण्डलीमा अतिनै उपयोगि सुसमाचारीय बुकलेट (किताब) प्रयोग गर्ने himalसन्बन्धमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
करिब ३५ वटा मण्डलीबाट १०० जना विभिन्न पाष्टर अगुवाहरु उपस्थिती रहेको उक्त प्रशिक्षण कार्यक्रमको सुरुको प्रार्थना भो पा. गोपाल तामाङले गर्नुभएको थियो । सुसमाचारको निम्ति नेपालमा धेरै फलदायिक काम गर्दै आएको हिमालयन गुड न्युज नेपालले सुसमाचार सुनाउन सम्पुर्ण मण्डली परिवारलाई सहज हुने गरी फेरी पनि नेपाली मण्डलीलाई मध्यनजर राखेर “नयाँ जीवन” नामक सुसमाचारीय बुकलेट (किताब) तयार पारेको हो ।
उक्त सुसमाचारीय बुकलेट (किताब) प्रयोग गर्नको लागि पा. शुक्र देवान शान्ति मगर र सञ्चारकर्मी कुमार सुनाम अब्राहामले सिकाउनुभएको थियो । सो प्रशिक्षण कार्यक्रममा गाएक कमल श्रेष्ठले स्पेशल गित प्रस्तुत गर्नुभएको थियो भने नेपाली मण्डली परिवारलाई सुसमाचार सुनाउन अतिनै उपयोगी साथै सहज सुसमाचारीय बुकलेट (किताब) तयार पारी उपलब्ध गराईदिएकोमा हिमालयन गुड न्युज नेपाललाई पा. सिलास घिमिरेले धन्यवाद साथै शुभकामना दिई पा. आशिष प्रधानले आशिषको प्रार्थना गर्नुभई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4