मिति २०७२ जेष्ठ २७
गत वैशाख १२ गतेको महा भूकम्प तथा त्यसपछि लगातारको पराकम्पले देशमा आइलागेको विनाशकारी विपत्ति भोगिरहेका देशवासीहरूसितै हामी उभिएका छौं।
यस विपदको समयमा सबै किसिमका आलोचना तथा अवरोधहरूको वास्ता नगरी पीडितहरूको सेवामा लागेका सम्पूर्ण मण्डली, ख्रीष्टियन संघ-संस्था सबैको कामलाई नेपाल ख्रीष्टिय समाज उच्च मूल्याङ्कन गर्दै सह्राना व्यक्त गर्दछ। साथै देश पुन: निर्माणको काममा अझै निस्वार्थ भावनाका साथ अगाडि बढ्न हामी सम्बन्धित सबैलाई उत्साहित गर्दछौं।
डिल्लीराम पौडेल
महासचिव
कृष्णबहादुर (बर्नाबास) श्रेष्ठ
अध्यक्ष
Discussion about this post