• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्‍टियान प्रगतिका लागि उत्साह

by Dr. Ramesh Khatry
March 18, 2015
in Articles
Dr. Rames Khatry
Dr. Rames Khatry

एक समयमा परमेश्‍वरका दास डी. एल. मुडीले प्रभुको सेवा गरे पनि आत्मिक फल देखेनन्। उनी हरेस खान थाले। उनको परिस्थिति बुझेर सन्डे स्कूलका एक शिक्षक आई उनलाई नोआको जीवन अध्ययन गर्ने सुझाव दिए। नोआको विषयमा मुडीले बाइबल पल्टाएर पढे। नोआलाई “धार्मिकताको प्रचारक” (२पत्रुस २:५) भनिएको छ, तर उनको प्रचारद्वारा आफ्नो परिवारको सात जनाबाहेक अरू एक जनाले पनि पश्‍चात्ताप गरेन। नोआले हरेस नखाई पापबाट पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरिरहे। यो बुझेर मुडीलाई उत्साह मिल्यो। त्यसपछि मुडी दिउँसोको प्रार्थना सभामा गए। प्रार्थना गर्ने थुप्रै थिए। मुडीले सोचे, “विचरा नोआले सय वर्ष परमेश्‍वरको सेवा गरे पनि उनको प्रार्थना सभामा त खालि उनका परिवारका सात जना मात्र हुन्थे । यहाँ त प्रार्थना गर्ने थुप्रै छन्।” मुडीलाई झन् उत्साह मिल्यो। प्रार्थना सभाका एक जनाले साक्षी दिए, “मेरो मण्डलीमा गत वर्ष १०० जना विश्‍वासीहरू थपिए !” नोआले १०० जना पश्‍चात्तापी कहिले पाएनन् तैपनि नोआले प्रचार गर्न छोडेनन्। मुडीकै छेउमा एक जनाले पाप स्वीकार गर्दै भन्यो, “म प्रभु येशूलाई ग्रहण गर्न चाहन्छु, मेरोलागि प्रार्थना गरिदिनुस्।” मुडीले सोचे, “विचरा नोआले यस्तो अनुरोध कहिले सुन्‍न पाएनन् !” अनि मुडीले अठोट गरे, “एउटै मानिसले पश्‍चात्ताप नगरे पनि म प्रभुको सेवा गर्न छोड्दिन ! म हरेस खाने छैन।” हिब्रू १२:३,५को त्यस्तै सन्देश छ, “हरेस नखाऊ”। “हरेस नखाऊ”को उल्टो हो “उत्साह लिऊ”।
तसर्थ, मैले हिब्रू १२:१-१३मा आधारित यस निबन्धलाई नाम दिएको छु, “ख्रीष्‍टियान प्रगतिका लागि उत्साह”। हामी हिब्रू १२:१-१३लाई दुई भागमा अध्ययन गर्नेछौँ ।

१. ख्रीष्‍टियान जीवनमा प्रगतिको लागि पूर्वजका उदाहरणबाट उत्साह लिनुपर्छ (हिब्रू १२:१-४)। हिब्रूका लेखकले किन “हरेस नखाऊ” भनी पाठकहरूलाई लेख्‍नु पर्‍यो ? यस पुस्तकको पृष्ठभूमि हामी पहिले अध्ययन गर्नेछौँ । सन् ४९मा रोमबाट सम्राट क्लौडियसले यहूदीहरूलाई रोमबाट निकाली दिएका हुन् (प्रेरित १८:२) । त्यस बेलासम्म रोमी सरकारले यहूदी र ख्रीष्‍टियानबीच भिन्‍नता जानेको थिएन। निकालिएका यहूदीहरूका घरहरू हडप्‍न र सम्पत्ति लुट्न अयहूदी समाजले थाल्यो । यहूदी-ख्रीष्‍टियानहरू पनि लुटिए (हिब्रू १०:३४)। तसर्थ, यहूदी-ख्रीष्‍टियानहरूलाई पहिलो समस्या भयो सतावट। उनीहरूलाई दोस्रो परीक्षा भयो पुरानो करारको धर्ममा फर्कने चाहना।
हिब्रू ११मा सतावटबीच स्थीर रहने पूर्वजहरूका नमुना लेखकले दिई सके । तसर्थ, हिब्रू १२:१को “यसकारण” शब्दले हिब्रू ११ हेर्न कर लगाउँछ। “पूर्वज”द्वारा हामी हिब्रू ११का हाबिल (११:४) देखि शमुएल (११:३२) सम्मका परमेश्‍वरका भक्तभक्तिनी र अगमवक्‍ताहरू बुझ्छौँ। यी सबैले कठिन परिस्थितिमा पनि परमेश्‍वरको सेवामा हरेस खाएनन्। उनीहरूले बोझा र सजिलैसित अल्झाउने पाप पन्छाए र दौड पूरा गरे।
“दौड” (१२:१) ले ख्रीष्‍टप्रति आज्ञाकारी जीवन (गलाती २:२; ५:७) जनाउँछ । दौडमा हामी अघि बढ्छौँ तसर्थ यसले प्रगति पनि बुझायो । तर यी पूर्वजहरूलाई माथ गर्ने अर्का पूर्वज त येशू ख्रीष्‍ट नै हुनुभयो। तसर्थ येशूलाई हेर्नु भनेको उहाँको उदाहरण अपनाउनु हो (हिब्रू १२:२)। येशूले क्रुसको कष्ट सहनुभयो, हाम्रो मुक्तिको लागि। हाम्रो मुक्ति नै उहाँको आनन्द (१२:२) वा क्रुसमा जानको लागि उत्साह भयो।
येशूले पापीका विरोध र निन्दा सहनुभयो, हाम्रो मुक्तिको लागि (१२:३-४)। अब येशू परमेश्‍वरको दाहिने हातमा हुनुहुन्छ, हामीलाई सहयोग गर्न (१२:२)। बाइबलको युगमा राजाको सिंहासनको दाहिनेपट्टि कुर्सीमा प्रधानमन्त्रीजस्तो व्यक्ति (भजन ११०:१,५) बस्थ्यो, राजाको पूर्ण शक्ति उसले चलाउँथ्यो। परमेश्‍वरको पूर्ण शक्ति ख्रीष्‍टसँग छ। हाम्रो विश्‍वास शुरु गर्ने (यूहन्‍ना १५:१६), पूरा गर्ने (फिलिप्पी १:६) शक्ति येशू ख्रीष्‍टमा छ।
संसारको निम्ति शक्ति पैसामा हुन्छ। दोस्रो जन आन्दोलनको पालामा गृहमन्त्री थियो कमल थापा। जन आन्दोलन दबाउन राजा ज्ञानेन्द्रले थापालाई दिनको ५० लाखसम्म खर्च गर्न अनुमति दिएका थिए। त्यो पैसाद्वारा कमल थापाले चाहेजति गुण्डा बटुल्यो, जन आन्दोलन बिथोल्न, नकारात्मक कामको लागि।
येशूले परमेश्‍वरको शक्ति (दाहिने हातमा भएकोले) सकारात्मक कुरामा, हाम्रो फाइदाको लागि प्रयोग गर्नुहुन्छ। तसर्थ, येशूबाट हामीले नैराश्यमा उत्साह लिनुपर्छ। त्यसपछि उत्साह लिनुस् हाबिलदेखि शमुएलसम्मका परमेश्‍वरका भक्तभक्तिनीहरूका चुनौति र प्रगतिबाट। तर प्रगतिको लागि हामीले “सजिलैसित अल्झाउने पाप”माथि विजय पाउनुपर्छ (हिब्रू १२:१)। कुन सजिलैसित अल्झाउने पापले तपाईंको प्रगति रोकेको छ? प्रार्थनाहीनता हो कि? परमेश्‍वरको वचनलाई अनादरको पाप हो कि (प्रेरित ६:२-४) ? प्रेरित ६:२-४अनुसार पास्टर र अगुवाहरूको कर्तव्य हो प्रार्थना र परमेश्‍वरको वचनको अध्ययन र सेवा। तर, अधिकाँस पास्टर र अगुवाहरू एक मिटिंगदेखि अर्कोमा कुद्नु रुचाउँछन्। तपाईं र मेरो कर्तव्य के हो ? रगत बगाउनु पर्ने अवस्थासम्म अवनतिको पाप विरुद्ध लड्ने (१२:४)। रगत बगाउनु भनेको पाप विरुद्धको युद्धमा शहिद हुनसम्म तयार हुनु हो।
२. ख्रीष्‍टियान जीवनमा प्रगतिको लागि परमेश्‍वरको अनुशासनबाट उत्साह लिनुपर्छ (हिब्रू १२:५-१३)। यस खण्डमा “पुत्र”, “छोरा” शब्दहरू आउँछन्। यी दुवै शब्दद्वारा “छोराछोरी” बुझ्नुस्। परमेश्‍वरले लिंगको भिन्‍नता यस पृथ्वीको लागि मात्र दिनुभयो। स्वर्गमा हामी स्वर्गदूतजस्तै हुनेछौं, स्‍त्रीपुरुष होइन (मत्ती २२:३०)।
तर परमेश्‍वरको छोराछोरी हुने व्यक्‍तिले परमेश्‍वरको अनुशासन भोग्‍नुपर्छ । व्यभिचारबाट जन्मेका सन्तानलाई बाबुले अनुशासन गर्दैन (हिब्रू १२:८), बरू “यो बालक मेरो होइन” भनी ढाँट्छ । येशूको बलिदानद्वारा नयाँ गरी जन्मेका छोराछोरीलाई परमेश्‍वरले अनुशासन गर्नुहुन्छ, दु:खकष्टद्वारा (१२:५-९)। अनुशासनद्वारा परमेश्‍वरले अनन्त जीवनको पूर्णतामा लानुहुन्छ (१२:९), धार्मिकताको शान्तिपूर्ण फल (१२:११) दिनुहुन्छ। नयाँ करारमा “धार्मिकता”ले परमेश्‍वरसँग ठीक सम्बन्ध जनाउँछ। परमेश्‍वरसँग ठीक सम्बन्धको नतिजा हो शान्ति। अनुशासनद्वारा परमेश्‍वरले हामीलाई पवित्र पार्नुहुन्छ। नयाँ करारमा “पवित्रता”को अर्थ हो परमेश्‍वरको लागि अलग हुनु (१२:१०) ।
रोमन क्याथोलिक स्कूल सेन्ट जेभियर्स जाउलाखेलमा पढ्दा हामी विद्यार्थीहरूलाई एउटा पोखरीमा खेल्न मनाही थियो। किन ? त्यस पोखरीको पानी घोडाले खान्थ्यो। पानी फोहोर थियो र शरीरमा खटिरा उब्जाउँथ्यो। छुट्टिको दिन म कागजको डुंगा बनाएर खेल्न पुगेँ, थाहा पाउने कोही छैन ठानेर। सबभन्दा बूढो फादरले मलाई देख्‍नुभयो, कोठामा लानुभयो र मलाई अनुशासन सिकाउन क्रिकेट ब्याटले १०/१२ चोटि पछाडि फिलामा चुट्नुभय। मैले दाह्रा किटेर सहें।
त्यसैगरी, हामी पापमा पर्दा वा पापबाट जोगाउन परमेश्‍वरले हामीलाई अनुशासन गर्नुहुन्छ, हाम्रो भलाइको लागि । हाम्रो भलाइ के हो? येशू ख्रीष्‍टको रूपमा बनिनु (रोमी ८:२८,२९) ।
हिब्रू १२:१-१२को सन्देशलाई आफ्नो जीवनमा पूरा गर्ने प्रभुका एक दास थिए, ओखलढुंगाका वीर बहादुर राई। राजा महेन्द्रले नेपाललाई हिन्दू राष्ट्र बनाए। वीर बहादुर राईलाई ख्रीष्‍टियान भएको आधारमा प्रहरीले पक्रिए। उधोमुन्टो लगाई उनलाई प्रहरीले कुटे तर वीर बहादुरले विश्‍वासमा हरेस खाएनन्, प्रभुलाई त्यागेनन्। प्रहरीको यातनामा वीर बहादुरले प्रसस्त रगत बहाए (१२:४)। अन्तमा, वीर बहादुर यति कमजोर भए कि उनको प्रहरी-हिरासतमा मर्ने स्थिति आयो। प्रहरीले घर पठाई दिए। आफ्नै घरमा वीर बहादुरको मृत्यु भयो। शायद नेपालको पहिलो ख्रीष्‍टियान शहिद उनी भए।
हिब्रू १२:१२-१३ को सन्देश छ: “यसकारण लत्रेका हातहरू उठाओ, र दुर्बल घुँड़ाहरू बलिया बनाओ । तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्‌, तर निको होस्‌।” अवस्य यस पदले वीर बहादुर राईलाई उत्साह दियो। यस पदले हामीलाई पनि उत्साह देओस्।

(यो निबन्धको सम्पादित रूप ग्रेस टाइम्स्‌‌ले फागुण, २०७१को अंकमा छापेको थियो। ग्रेस टाइम्स्‌‌को सम्पादकको अनुमति लिएर यस वेबसाइटमा पठाएको छु।

रमेश खत्री, मार्च १५, २०१५ ।)

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In