• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिकेट कुटनीति तर्फ देश अघि बढोस्

by NC Reporter
February 5, 2015
in Articles, Socio-political

क्रिकेट कुटनीति तर्फ देश अघि बढोस्

-हरिप्रकाश चन्द

cricet_may_2013नामिबियामा सम्पन्न वर्ल्ड क्रिकेट लिग डिभिजन-२ मा शिर्ष टोलीमाथि सानदार जित दर्ता गरेपनि लिग चरणको अन्तिम खेलमा केन्या संगको हार संगै नेपाल डिभिजन-२ मै रहन बाध्य भएतापनि माघ १४ र १५ गते दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदको कार्यसमितिको बैठकले नेपाललाई डिभिजन-१ बराबरको हैसियतमा आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न दिने निर्णय गरेको छ | आईसीसी को उक्त निर्णय संगै नेपाल कुटनीतिक रुपमा वर्ल्ड क्रिकेट लिग डिभिजन एकमा नै उक्लेको छ भने फेरी एकपटक नेपाली क्रिकेटले ठुलो मौका प्राप्त गरेको छ |

लिग चरणका तिन वटा खेलमा विश्वकप खेलिसकेका शक्तिशाली देशहरु नेदरल्याण्ड, क्यानडा र नामिबिया माथिको विजयलाई आधार बनाएर अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो पहुँच भएका नेपाली टोलीका प्रशिक्षक पुबुदु दशानायेकेले देखाएको ‘ट्याक्टफुल क्रिकेट कुटनीति’ कै कारण नेपालले सो अवसर प्राप्त गरेको कुरामा शंका छैन | आईसिसिको आधिकारिक बैठक अगावै नेपालले डिभिजन-१ को हैशियतमा आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भन्ने प्रशिक्षक दशानायेकेको भनाईले उहाँको कुटनीतिक कौशल र प्रभावलाई पुष्टि भने जरुर गरेको छ |

यथार्थबाद, उदारबाद र क्रिकेट प्रशंग:

सैन्य शक्ति र राज्य नै राष्ट्रिय स्वार्थ रक्षाको प्रमुख साधन र ‘याक्टर’ भएको भन्ने यथार्थबादको वकालत बमोजिम नै भारत र पाकिस्तान पनि द्वन्दमा होमिए | दुइ देश बिचको कुटनीतिक सम्बन्ध, आपसी सहयोग र सहकार्य धरापमा पर्दै गयो | तर सन् १९५२ मा आयोजना गरिएको दुई देशको क्रिकेट टेष्ट सृंखलाले दुवै देश बीच सम्बन्ध सुधार गर्ने अवसर प्रदान गर्यो |

सन् १९४७, १९६५, १९७१ र १९९९ मा ठुलो युद्द लडिसकेका यी देशहरु त्यसपछि पनि द्वन्दमै व्यस्त हुदै यथार्थवादको भुमरीमा परिरहदा दुई देश बीच हुने क्रिकेट खेलले राष्ट्रिय स्वार्थको रक्षाको जिम्मेवारी राज्य मात्र होइन, खेल जगत र बिशेषगरि क्रिकेट पनि एउटा बलियो पात्र भएको कुरा तर्फ सचेत बनायो | सैन्य शक्तिको प्रयोग मात्र समाधान होइन, आपसी सहकार्य र सदभावको शिलशिला झनै शक्तिशाली साधन हो भन्ने उदारबादको धारणा सहि र बस्तुपरक भएको कुरा क्रिकेटले पुष्टि गर्दै गयो | यसरि यथार्थवादी र उदारवादी राजनीतिक सिद्दान्तको बिचमा क्रिकेटले आपसी सहकार्य, अन्तरनिर्भरता र भाइ-चाराको वातावरण तयार गर्दै गयो र दुई देश बीचको तनाव थोरै भएपनि शान्त पार्ने काम गर्दै आयो, जसरी कुटनीतिले गर्ने गर्दछ |

देशले पाउने छ नयाँ एकताको प्रतिक:

गत सालको मार्च/अप्रिलमा बंगलादेशमा सम्पन्न भएको ‘टि-ट्वाइन्टी’ विश्वकपमा जब नेपालले सानदार प्रदर्सन गर्दै हंगकंग लाई ८० रनले हरायो, नेपालमा निस्केको विजय जुलुसमा कुनै पार्टीका झन्डा थिएनन् | त्यहाँ कुनै ‘वाईसीएल’, तरुण दल र ‘युथ फोर्स’ थिएनन् | थिए त केवल चन्द्र-सुर्य अंकित राष्ट्रिय झन्डाहरु बोकेका मानिसहरु जसले ‘यो जित कसको-नेपालको’ भन्ने नारा लगाइरहेका थिए |

जब नेपालले आफ्नो दोस्रो खेलमा अफगानिस्तान माथि ८ रनको ऐतिहासिक जित हात पार्यो, नेपालका सबै राजनीतिक दल संग आबद्द मानिसहरुले आफ्नो दल र झन्डा बिर्सिए र उनीहरु राति नै नेपालको झन्डा बोकेर एकै छिनमा काठमाडौँका चोक-चोक र गल्लि-गल्लीमा निस्किए | सबैले एकसाथ नेपाल अनि नेपाली क्रिकेटको जय जय गान गाइरहे | यसबाट पुष्टि हुन्छ कि अबको नेपालको राष्ट्रिय एकताको प्रतिकको रुपमा क्रिकेट र क्रिकेटरहरु नै जबर्जस्त रुपमा अगाडी आउनेछन् |

कुटनीतिक साधनको रुपमा ‘क्रिकेट ब्याट’:

छिमेकी देशहरुको शक्ति सन्तुलन, ‘रिजनल पावर डाईनामिक्स’ र ‘ग्लोबल कन्डिसन’ सबैलाई ख्याल गरेर आफ्नो विदेश नीतिलाई सचेततापुर्बक कार्यान्वयन गर्नलाई हरेक देशले बिशेष खालको कुटनीतिको बिकास गरेका हुन्छन् जसले आफ्ना राष्ट्रिय चासोहरु पुरा गर्न एउटा साधनको रुपमा भूमिका खेलिरहेको हुन्छ |

‘पाण्डा डिप्लोमेसी’ चिनिया ‘डिप्लोमेसी’को एक अंग भए जस्तै तथा हालसालै अमेरिका र क्युबाले अभ्यास गरेको ‘स्पर्म डिप्लोमेसी’ ले आधा शताब्दी देखिको क्युवा-अमेरिकाको तनावपूर्ण सम्बन्धलाई कुटनीतिक रुप दिन सफल रहे जस्तै विश्वमा र एसियाली क्षेत्रमा अन्य देशहरु संगको सम्बन्धमा नेपालले कस्तो खालको नेपाली विशेषताको कुटनीतिको बिकास गर्ने भन्ने प्रश्न प्रधान बन्नै पर्दछ |

क्रिकेटले निकै छोटो समयमा नेपाललाई विश्वमा नयाँ ढंगले चिनाएको अवस्थामा यसैलाई केन्द्रबिन्दुमा राखेर नेपाली मोडेलको कुटनीतिको बिकास गर्न ढिला गर्नु हुदैन, जसले देशको कुटनीतिलाई समेत चाडैं अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने छ-जसरि क्रिकेटले चिनायो |

जसरि चीनले पाण्डा उपहार दिएर आफ्नो कुटनीतिक सम्बन्धको सुरुवात गर्दछ, त्यसरी नै नेपालले बिशेष खालको ‘क्रिकेट ब्याट’ को डिजाइन गरेर त्यसलाई उपहार दिएर आफ्नो कुटनीतिक सम्बन्ध र डिलिंग को सुरुवात गर्न के सम्भव छैन ? यस्तो ब्याट जसमा नेपालका राष्ट्रिय गौरबहरुको तस्बिर त्यहाँ कोरिएको होस् जस्तै सगरमाथा, लुम्बिनी, बुद्द र भृकुटी आदि | किनकि कुटनीतिले इतिहास र बर्तमानलाई जोड्न सकेन र सोहि अनुसारले अरु देशहरुसंग समधुर र सन्तुलित सम्बन्धको स्थापना गर्न सकेन भने त्यो कुटनीति हुनै सक्दैन |

क्रिकेट कुटनीतिको औचित्य:

नेपाली क्रिकेटको कारण एकातिर क्रिकेट खेल खेलिने र रुचाइने देशहरुसंगको नेपालको सम्बन्ध मजबुत हुदै गएको छ भने अर्कातिर ति देशहरुमा नेपाली क्रिकेटका समर्थकहरुको संख्यामा पनि नाटकीय रुपमा बृद्दि हुदै गएको छ | त्यति मात्र होइन, क्रिकेटको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसियाली क्रिकेट परिषदको आँखा समेत नेपालमा परेको छ-जुन नेपाली कुटनीतिको दायित्व भित्र पर्ने गर्थ्यो |

यसरी अघोशित रुपमा नेपालको क्रिकेटले नजानिँदो पारामा कुटनीतिको काम शशक्त ढंगले गरिरहेकोले पनि कुटनीतिक जगतमा ट्रयाक-४ अन्तर्गत पर्ने क्रिकेट कुटनीतिको बिकास अनिबार्य छ |यदि फलाम तातिएको बेलामा हिर्काउन सकिएन भने सेलाएपछि हिर्काउनुको कुनै अर्थ हुदैन | क्रिकेट यतिबेला यस्तो अवस्थामा छ जसलाई थोरै मात्र पनि बल गर्ने हो भने यसले देशको राष्ट्रिय स्वार्थ धेरै हदसम्म पुरा गर्ने छ |

चार खम्बे क्रिकेट नीतिको खाँचो:

नेपाली क्रिकेट नीतिले समेट्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरुलाई मुख्य रुपमा चारवटा खम्बाहरुको रुपमा विश्लेषण गर्न सकिन्छ |

१.   अन्तर्राष्ट्रिय क्रिकेट परिषद र एसियाली क्रिकेट परिषद |

२.   प्रथम श्रेणीको क्रिकेट खेल्ने देशहरु, टेष्ट मान्यता प्राप्त देशहरु र प्रत्येक महादेशको सबै भन्दा बलियो टिमको देशको क्रिकेट परिषद |

३.   नेपाल सरकारको खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघ र क्रिकेट खेलाडीहरु |

४.   नेपाली क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थकहरु, ब्यापारी, बुद्दिजीवी, उद्द्योगपती, कलाकार लगाएतका आम नागरिकहरु |

नेपालको क्रिकेट नीतिले माथि उल्लेखित चार डाइमेन्सनका साझेदारहरुसंग नेपालको क्रिकेट बिकासको लागि कसरी सहकार्य गर्न सकिन्छ र नेपाली क्रिकेटको घरेलु तथा भौतिक संरचना निर्माणको लागि कसरी सहयोग प्राप्त र परिचालन गर्न सकिन्छ भन्ने कुरालाई प्रष्ट संग समेट्नै पर्दछ भने सोहि अनुसारको कुटनीतिको समेत बिकास गरिनै पर्दछ | साथै प्रथम श्रेणीको क्रिकेट टिम, टेष्ट मान्यता प्राप्त टिमहरु र अफ्रीका, युरोप तथा एसियाका बलिया टिमहरुसंगको मैत्रीपूर्ण खेल आयोजना सम्बन्धि बिशेष रणनीति पनि उक्त क्रिकेट नीतिमा समाबेश गरिनुपर्दछ तर त्यसको लागि लरतरो कुटनीति होइन कि मजबुत क्रिकेट कुटनीतिको बिकास गर्न सकियो भने चाडैं नेपाल वर्ल्ड कपमा पुगेर अर्को छलांग मार्ने कुरामा बिश्वस्त हुन सकिन्छ |

यसरी नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट नीति र कुटनीतिको बिकास, बिस्तार र प्रभावकारी कार्यान्वयन गर्न सकियो भने विश्व क्रिकेट शक्तिकेन्द्रको ध्यान नेपाल तिर अझैं तानिने छ र उनीहरुबाट नेपालको क्रिकेटको बिकासको लागि थप सहयोग प्राप्त गर्न सकिने छ-जस मार्फत यो देशको राष्ट्रिय स्वार्थ धेरै हदसम्म पुरा गर्न सकिने छ | त्यसैले अब यो देश क्रिकेट कुटनीति तर्फ अघि बढ्नुको विकल्प देखिदैन |

 

[email protected]

लेखक त्रिभुवन विश्वबिद्द्यालयमा अन्तरराष्ट्रिय सम्बन्ध तथा कुटनीतिमा स्नातकोत्तर गर्दै छन् |

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In