काठमाडौ गत दिसम्वर २३ का दिन २०१३ मा सुखलाल सिंह बाट तयार पारिएको “ प्रतिज्ञाको देश इस्राएल’’ नामक पुस्तकको एक समारोहका बीच रेभ डा. बालकृष्ण शर्माले बिमोचन गर्नुभयो।
उक्त समारोहमा पुस्तक बारे लेखकले केहि कुरा भन्नुका साथै पर्दामा पुस्तकको बिषयहरु र फोटोहरु पर्दशन गर्नु भयो। सो समारोहमा बरिष्ट लेखक र साहित्यकार लोकनाथ मनेनले इस्राएली जाति प्रति आफ्नो धारणा प्रकट गर्नु भयो। साथै बिशप नारायण शर्माले इस्राएल सम्बन्धि नेपाली भाषामा यो पहिलो पुस्तक भएको बताउनु भयो। सोहि समारोहमा इस्राएलमा दुर्इ बर्ष नेपाली दुतावासमा कार्यरत रहेको र हाल परराष्ट्र मन्त्रालय अर्न्तर्गत राहदानी बिभागको निर्देशक श्री रमेश प्रसाद खनालले इस्राएलमा रहदा आफुले पाएको अनुभव बताउनुभयो।
यस पुस्तकमा इस्राएलको देशको संक्षिप्त इतिहास, भुगोल, धर्म, मौसम का साथै यीशु ख्रीष्ट यस संसारमा हुदा उहाँ संग सम्बन्धि बिभिन्न स्थानहरुको चित्र र छोटो जानकारी पनि उल्लेख गरिएको छ।
Discussion about this post