• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ग्यालिलियोको मुद्दा

by Kamal Adhikari
December 31, 2013
in Articles
Kamal Adhikari
Kamal Adhikari

 जर्ज बर्नाड शाले लेखे, “ग्यालिलियो एक सहिद थिए र तिनलाई सतावट गर्नेहरू नसुध्रने अज्ञानी मानिसहरू ।” 1  ग्यालिलियोको मुद्दासित बाइबललाई मुछी लेखक  प्याट्रिक  मूरेले बताए, “बाइबलका केही खण्डहरूसित (सुर्य केन्द्रित) सिद्धान्त मेल नखाएकोले रोमन क्याथोलिक मण्डली ग्यालिलियोमाथि खनिए । परिणामस्वरूप, गरिब ग्यालिलियोले प्रायजसो आफ्नो जीवन मण्डलीसितको खुला सङर्घषमा बिताए । 2  बाइबल र ग्यालिलियोको विचार बाझेकोले मण्डलीले ग्यालिलियोलाई सताएको थियो भन्ने भ्रामक अवधारणा नेपाली कलमहरूसम्म आइपुगेको छ । “चर्चद्वारा औधी सताइएका वैज्ञानिक ग्यालिलियो ग्यालिली”  शिर्षक अन्तर्गत तुल्सीदास महर्जनले “के इश्वरले गल्ती गर्छन् र?  ‘अहँ, गर्दैनन् ।’  ‘बाइबलले झूठ बोल्छ?’    ‘ओहो!  त्यस्तो पनि हुन्छ र? बाइबलले झूठ बोल्नै सक्दैन ।’          ‘अनि, बाइबलले स्वीकारेको झूठ सत्य हुन्छ र ? ‘” 3  भनी आरम्भमा नै व्यङ्ग्य गरेका छन् ।

ग्यालिलियो र मण्डलीबीच भएको द्वन्द्लाई धर्म र विज्ञानबीचको कलहको रूपमा प्रायः अपव्याख्या गरिएको छ । बाइबलले पृथ्वी केन्द्रित सिद्धान्त  (पृथ्वी केन्द्रमा छ र सुर्य लगायत अन्य ग्रहसाथै उपग्रहहरूले पृथ्वीको परिक्रमा गर्छन्)  लाई सिकाउँथ्यो र ग्यालिलियोले यसको विपरीत सुर्य केन्द्रित सिद्धान्त (सुर्य केन्द्रमा छ र पृथ्वी लगायत अन्य ग्रहसाथै उपग्रहहरूले सुर्यको परिक्रमा गर्छन्) लाई सिकाएकोले ग्यालिलियोमाथि मण्डलीले अत्याचार गरेको थियो भन्ने भ्रम फैलिएको छ । मण्डलीले ग्यालिलियोमाथि गरेको अत्याचारलाई मण्डलीको कालो धब्बाको रूपमा आरोप लगाउने गरिन्छ । ग्यालिलियो ग्यालिली को थिए? किन क्याथोलिक मण्डलीले तिनीमाथि अत्याचार गरे? के तिनले बाइबल विपरीत शिक्षा सिकाएका थिए? ग्यालिलियो सताइनुको प्रमुख कारणलाई हामी यस लेखमा हर्नेछौं ।

 ग्यालिलियोको मुद्दालाई बुझ्न हामी धेरै पुरानो इतिहासमा फर्कनुपर्ने हुन्छ । प्राचीन ग्रीसका एक असाधारण वैज्ञानिक अरस्तु (३८४-३२२ ख्रीष्टपुर्व) ले पृथ्वी केन्द्रित सिद्धान्तलाई सिकाएका थिए । मान्छेहरूले यसलाई एउटा स्थापित सत्यताको रूपमा हेर्न थाले । तिनको यस अवधारणालाई क्लेमेन्ट र ओरिगेन (ख्रीष्टाब्द १८५-२५४) जस्ता प्रारम्भिक चर्चित ख्रीष्टियान लेखकहरूले बाइबलसँग मिलाउने प्रयास गरे । यी लेखकद्वय जत्तिकै परसम्म नगए तापनि प्रारम्भिक मण्डलीका एक महत्त्वपुर्ण स्रष्टा अगष्टिन (ख्रीष्टाब्द ३५४-४३०) ले पनि यस नयाँ पद्धतिलाई अङ्गीकार गरे । अगष्टिनको कलमले दर्शन, संस्कृति  र इश्वरशास्त्रलाई एक आपसमा छुट्याउन नसकिने गरी गाँसिदियो । क्याथोलिक मण्डलीले परम्परालाई पनि लिखित धर्मशास्त्र सरह नै आधिकारिक ठान्ने भएकोले त्यस अवधारणाको परिवर्तन असम्भव भयो । अन्ततोगत्वा, अगष्टिनमा रोपिएको जरा इश्वरशास्त्री थोमस अक्वीनास (ख्रीष्टाब्द १२२४-१२७४) मा पुर्ण कोपिलाको रूपमा देखा पर्यो ।

 तर, सोह्रौं शताब्दीमा पोल्याण्डका वैज्ञानिक निकोलस कोपरनिकसले ठीक विपरीत अवधारणालाई अगि सारे । तिनको विचारमा पृथ्वी होइन, तर सुर्य सौर्य प्रणालीको केन्द्रमा छ र अन्य ग्रहसाथै उपग्रहहरूले सुर्यको परिक्रमा गर्छन् । तिनले पृथ्वीकेन्द्रित शिक्षाको विपरीत सुर्यकेन्द्रित शिक्षाको वकालत गरे । ख्रीष्टाब्द १६१० मा इटालीका विश्वविख्यात वैज्ञानिक ग्यालिलियो ग्यालिलीले ४६ वर्षको उमेरमा पहिलो पटक दूर्रदर्शक यन्त्रको आविष्कार गरे । तिनले पत्ता लगाएका तथ्यहरूले अरस्तुले बुझेको सौर्य प्रणालीका जगहरू हल्लाइदिए । कोपरनिकसले अगाडि सारेको सुर्यकेन्द्रित सिद्धान्तलाई ग्यालिलियोले गणितीयसाथै व्यवहारिक तथ्यहरूद्वारा पुष्टि गरे । यसरी सत्रौं शताब्दीमा आइपुग्दा क्याथोलिक मण्डलीले अङ्गीकार गरेको अरस्तुको पृथ्वीकेन्द्रित सिद्धान्त र ग्यालिलियोले तथ्यहरूद्वारा प्रमाणित गरेको सुर्यकेन्द्रित सिद्धान्तमा स्पष्ट बेमेलता देखियो ।

 क्याथोलिक मण्डलीले ग्यालिलियोको क्रान्तिकारी अवधारणालाई पचाउन सकेन  र उसले ७० वर्षको बृद्ध ग्यालिलियोलाई रोमको धार्मिक अदालतमा खडा गरायो र पृथ्वीले सुर्यलाई घुम्छ भन्ने विश्वासलाई त्याग गर्न लगायो । यस विषयमा प्रचारप्रसार नगर्न कबुल गराइयो । तत्कालीन पादरीहरूले तिनका पुस्तकहरू पढ्न र पढाउन प्रतिबन्ध लगाए । तिनलाई अनिश्चतकालसम्म नजरबन्दमा राखियो । वैज्ञानिक खोज र पुस्तक लेखनमा कडा रोक लगाइयो । पछि ७७ वर्षको उमेरमा ख्रीष्टाब्द १६४२ मा तिनी यस धर्तीबाट बिदा भए । यसरी क्याथोलिक मण्डलीले सत्यताको सेतो अनुहारमा कालो धब्बा पोतेको थियो । जस्तो लेखक जोनसनले प्रस्तुत गरे, “लोकप्रिय मानिसहरूको विचारमा मध्यकालीन इश्वरशास्त्रीय बन्धनहरूबाट विज्ञानलाई मुक्त गराएपछि मात्र सत्यताको स्वतन्त्र खोजी सम्भव भएको हो भन्नका लागि ग्यालिलियोको घटना एउटा प्रत्यक्ष साक्षी हो । … मण्डलीलाई पिट्ने तीनओटा लाठामध्ये ग्यालिलियोको मुद्दा एउटा ऐतिहासिक लाठो हो । अन्य दुइओटमा क्रसेड र स्पेनी धार्मिक अदालत पर्दछन् ।”  4

यसरी, क्याथोलिक धर्मान्धहरूको डरलाग्दो त्रुटीको कारणले एउटा सच्चा अन्वेषक सताइनुपर्यो  । तर, सत्यतालाई दबाउन सकिंदैनथ्यो भनी क्याथोलिक मण्डलीले जानेन । पछिल्ला नयाँ-नयाँ आविष्कारहरूले पनि कोपर्निकसको  सुर्यकेन्द्रित सिद्धान्तलाई निरन्तर रूपमा पुष्टि गर्दै गए । अन्ततोगत्वा, क्याथोलिक मण्डली पराजित भयो र १९८१ मा उसले पहिलो पटक ग्यालिलियोमाथि आफूले गरेको अत्याचारको सार्वजानिक  रूपमा माफी माग्यो ।

 क्याथोलिक मण्डलीसित भएको ग्यालिलियोको झगडालाई धर्ममाथि भएको विज्ञानको एउटा महान् विजयको रूपमा आज गलत व्याख्या गरिन्छ । प्रकृतिबादीहरुका  लागि आज विज्ञान राजा भएको छ, प्रक्रिति यसको सृष्टिकर्ता र यदि परमेश्वर अस्तित्वमा हुनुहुन्छ भने उहाँ अप्रासङ्गकि हुनुभएको छ । तर, ग्यालिलियो स्वयंले भने त्यसरी बुझेका थिएनन् किनकि परमेश्वरको वचन बाइबलमाथि तिनको दृढ विश्वास थियो । परमेश्वर राजा हुनुहुन्छ र उहाँ यस विश्वको सृष्टिकर्ता हुनुहुन्छ, प्रकृति  होइन भनी तिनले राम्ररी बुझेका थिए । ग्यालिलियोले प्रस्टसँग बताएका छन्, “प्रक्रितिको पुस्तक स्पष्टतः बुझिने गणितको भाषामा लेखिएको छ । 5” तिनले थपेका छन्, “स्वर्ग  कसरी जाने भनी हामीलाई देखाउन बाइबल लेखियो, स्वर्गहरू कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।” 6

ग्यालिलियो बाइबलको विश्वसनीयतामाथि भरोसा गर्ने एक वैज्ञानिक थिए । सुर्यकेन्द्रित सिद्धान्त बाइबलीय शिक्षासित मेल खान्छ भनी तिनले देखाउने प्रयास गरे । अरस्तुको दर्शनद्वारा अन्धो तुल्याइएको बाइबलको अर्थ खोलाइको तत्कालीन सिद्धान्तहरूसित तिनी सङर्घष गर्दै थिए । बाइबलमाथि आलोचना गरेकोले तिनीमाथि दोष लागेको होइन, तर क्याथोलिक आज्ञाहरू नमानेकाले । विश्वास र विज्ञानबीच भएको सम्बन्धबारे तिनका विचारहरूलाई यो उद्धरणले स्पष्टतः बुझ्न मद्दत गर्छ, “गहिरो विश्वास गर्ने एउटा वैज्ञानिक भएको नाताले बाइबलको अर्थ खोल्न थाल्दा विज्ञान र विश्वासबीच देखा परेको मतभिन्नता लिएर ग्यालिलियो बाँच्न सकेनन् । तिनी एक सामान्य विश्वासी भएकोले तिनले इश्वरशास्त्रीहरूको अवरोधको महसुस गरे । … तिनलाई अदालतमा उभ्याइनुको कारणहरूमध्ये बाइबलको अर्थ खोल्ने तिनको प्रयास एउटा थियो । कोपरनिकसको प्रणालीलाई लोकप्रिय तुल्याउन खोज्नु अर्को कारण थियो ।” 7

बाइबलमाथि तिनले कति विश्वास गर्थे भनी बुझ्न तिनी आफैले लेखेको पत्रको अंश पढे पुग्छ, “र्सवप्रथम, मेरो विचारमा बाइबलको सही अर्थ बुझिएमा पवित्र बाइबलले कहिल्यै असत्य बोल्न सक्दैन भन्नु ज्यादै धर्मपरायण हो भने यसको पुष्टि गर्नु ज्यादै बुद्धिमान् ।” 8

 बाइबल परमेश्वरको प्रेरणा पाएर लेखिएको अकाट्य प्रकाश हो । सृष्टिकर्ता र उहाँको वचनप्रति प्रेमद्वारा प्रेरित विश्वासीले बाइबलीय शिक्षाको विरुद्धमा हरेक विचारलाई होशियारीपुर्वक तौलनुपर्छ । बाइबलको शुद्ध शिक्षाहरूको विपरीत खडा हुने हरेक अवधारणालाई त्यागिनुपर्छ ।

निष्कर्षमा, ग्यालिलियोको मुद्दाको विषयमा चर्चा गर्दा यो बुझेको हुनुपर्छ कि मण्डली र ग्यालिलियोबीचको कलह विज्ञान र धर्मबीचको झगडा थिएन । यो त, अरस्तुले बुझेको विज्ञान र ग्यालिलियोले देखेको विज्ञानबीचको द्वन्द्व थियो । ग्यालिलियो एक सच्चा बाइबल विश्वासी थिए । क्याथोलिक मण्डलीले ग्यालिलियोको विरुद्धमा चालेको कदम पुर्णतः गलत थियो । मण्डलीले यस्तो गल्ती फेरि नदोहोर्याओस ।

सन्दर्भ श्रोतहरू:

1. http://www.probe.org/site/c.fdKEIMNsEoG/b.4226523/k.9989/Modern_Myths.htm

2. http://www.probe.org/site/c.fdKEIMNsEoG/b.4226523/k.9989/Modern_Myths.htm

3. तुल्सीदास महर्जन (२०५९, अल्बर्ट आइन्स्टाइन र अन्य वैज्ञानिकहरू (काठमाण्डौः इन्द्रेणी अफसेट प्रेस), पृष्ठ सङ्ख्या ५३

4. http://christiananswers.net/q-eden/galileo.html

5. http://christiananswers.net/q-eden/galileo.html

6. http://christiananswers.net/q-eden/galileo.html

7. http://www.answersingenesis.org/articles/tj/v14/n1/galileo

8. http://christiananswers.net/q-eden/galileo.html

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In