हामीलाई चाहना छ ६० वर्षे इतिहास थामेको इसाई चर्चका भूमिपुत्रहरूले स्वर्गराज्यको वर्णन गरेको देख्नु ठूलो चाहना छ।आफ्नै स्रोतसाधनमा सुसमाचारको व्यापक प्रचार भएको दिन नदेखी मर्नुपर्छ मैले र तपाईले सायद।
असीमित सम्पत्ति प्रवाह हुन्छ तब, जब राजधानीको दशरथ रंगशालाको भव्य मैदानमा सभा डाकिन्छ।क्रिस्चियनहरूसँग यस प्रकारको द्रब्य छ, दभ्म छ अनि क्षमता छ भन्ने गलत सन्देशले देशवासीको मस्तिष्क पनि रंगिन्छ जब राजधानीको सडक र भित्ता विदेशी वक्ताको नक्साले सजिन्छ।त्यस पश्चात हामी भन्दै हिँड्छौं, हामीसँग पैसा छैन, विदेशी धर्म मान्दैनौं, अमेरिकन धर्म होइन।हामीलाई चाहना छ ६० वर्षे इतिहास थामेको इसाई चर्चका भूमिपुत्रहरूले स्वर्गराज्यको वर्णन गरेको देख्नु ठूलो चाहना छ।आफ्नै स्रोतसाधनमा सुसमाचारको व्यापक प्रचार भएको दिन नदेखी मर्नुपर्छ मैले र तपाईले सायद।कान्तिपुरी अस्मिताको सवाल होला, राजधानी प्रतिष्ठाको प्रश्न होला।यस्तै शान र सज्जाले बुट्टा भरेको सभा नभई यसलाई कान्तिपुरी भन्नु मिल्दैन होला।गरिब येशूले क्रूसमा झुण्डेको सुसमाचारनै सुसमाचार ठहरिन्न होला।मायोज, कोकोकोला र जोलीको व्यापारिक भिडन्त चलिरहेको राजधानीमा सायद गोस्पललाई पनि धमाकाबिना मानिसको सामु नल्याई हुँदैन होला।मोफसल वासिन्दाहरू हेरेको हेरेकै।गाउँ गाउँबाट यहाँ जम्मा भएका लाखौं मानिसहरूले आआफ्नै निष्कर्षहरू निकाल्छन् होला।अनि त्यो निष्कर्षको आधारमा इसाई धर्मको अर्थ लाउँछन् होला।नतीजा केलाउनु नपर्ने कस्तो होला हाम्रो विचार र कार्य शैली ? परिणाम र सम्भाव्य भ्रान्तिलाई निफन्नै नपर्ने कस्ता होलान् हाम्रा विशाल गतिविधिका व्यस्तताहरू।प्रभुको दृष्टिमा मात्र होइन मानिसको दृष्टिमा पनि आदरणीय…।जुन कुरा सबै मानिसहरूको दृष्टिमा आदरणीय छ …।प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौं ..।. परमेश्वरप्रति र मानिसप्रति म सधैं शुद्ध विवेक राख्ने प्रयत्न गर्छ।(उह जुगमा कुन एक पावल भन्नेले लेखेका कुरा इह जुगमा सान्दर्भिक हुनु आवश्यक छैन सायद, २ कोर ८:२१, रोमी १२:१७, २ कोर ५:११, प्रेरित २:१६)।ख्रीष्ट-मण्डलीका रक्षक र पालक अनि गोठालाहरूले यो देशमा ख्रीष्टको गौरव र मर्यादालाई जोगाउनु पर्ने विषयमा ध्यान दिनुपर्छ।मानिसहरूले के देख्छन् र के बुझ्छन् जनमानसमा कस्तो धारणा सिर्जना हुँदैछ यी सब सरोकारका विषय हुन्।आत्मा बचाउने इच्छा र जाँगर सबैमा छ अवश्य।तर यस प्रकारको माहोलमा प्रभुलाई चिन्नेहरूको भौतिक अपेक्षाले आकाश नाघेको हुन्न र ? उपत्यकाका ए टू जेड लिडरहरूको फेहरिस्त पोस्टरमा देख्दादेख्दै पनि यो आवाज उठाउनु परिरहेको छ।खुल्ला मञ्च र जावलाखेल मैदानमा वर्षौं अघि डाकिएका यस्तै सभाको औचित्यमाथि पनि प्रश्न राख्नु परेको थियो।ख्रीष्ट येशू र उहाँको मण्डलीको छबीलाई यस्तो गतिविधिले नकरात्मक असर पर्नेछ भन्ने पीरमा यति कुरा यो पत्रिकामा बिसाउनै पर्योे।विज्ञहरू सोच्नू होला।
म सम्झिरहेथें एक महिलालाई।रूपकी खानी।पुरुषहरूकी प्रिया।पुरुष स्पर्श र आलिंगनमा मात्र जीवनको अर्थ पाएकी यी नारीमा त्यस दिन मैले भिन्नै जोश देखें।कुदिरहिछ बेतोड।मलाई पछाडिबाट भन्नु मन लागेको छ, ए बैनी, ए दिदी गाग्रो छुट्यो हौ। मतलब छैन उसलाई, कुनै मतलब ।छिमेकीलाई कराउँछे्, “आओ, एक मान्छेलाई हेर …”। चारित्रिक हिसाबले पुरुष सर्न्दभमा नै समाजलाई हैरान बनाएकी यी स्त्रीले अब फेरि कस्तो मान्छे पाई ? सधैं गोप्य राख्थी सम्बन्धहरू, किन आज सबलाई बताइरहिछ ? अछूत सामरी गाउँमा जिज्ञासाको हलचल उठ्यो।बिना बोलावट, बिना नियुक्ति र बिना अभिषेक प्रभु येशूको प्रचार भएको यो पहिलो घटनामा सामेल भइरहिछ, इतिहास कोरिरहिछ् ऊ।बाइबल पानामै शानदार स्थान ओगट्ने भई अब उसले।यहुदी ठूला, सामरी साना भन्ने धोकालाई येशूले चकनाचूर पार्नुभो।आफ्नो समय र समाजको पुरानो रीतलाई जानीजानी उखेल्नुभो।
तिर्खाउनुभाथ्यो, पानी माग्नुभो, कुरा वास्तवमा त्यति नै थियो।तर यी स्त्रीलाई चौपटै रहर जातपातको कुरा झिक्नु, “तपाई यहुदी भएर मेरो हातको पानी माग्नुभा ?” प्रभुले तिर्खा भुल्नुभो।महिलामा विकार देख्नभो।तिर्खा र पानी जस्तो संवेदनशील विषयमा जातपातको खिचलो झिक्ने असभ्यता त्यहाँ, त्यो देशमा पनि विद्यमान रहेछ।हिन्दु सामाजिक कुरीतिको सर्वोच्च प्रतीक र संरक्षक राजसंस्थालाई हटाएपछि सामन्त वर्गले आफ्नो स्वार्थसिद्धीको निम्ति विकास र उपयोग गरेको त्यही प्रकृतिको पछौटेपन अब नेपालबाट मेटाउन सकिन्छ भन्ने धारणा नेपालमा पलाएको छ।यस्तो क्रानितकारी विचार देशलाई सिकाउनसक्ने माओवादीलाई यो कुरामा धन्यवाद (अरू कुरामा पनि धन्यवाद दिन पाए हुन्थ्यो)।देश धर्म निरपेक्ष हुनुपर्छ भन्ने मुद्दा उठेकोले परम्पराको खाटमाथि लमतन्न परी भगवान नामको सिरानीमा शिर टेकाइ जनतालाई युगौं गुमराह गर्ने सामन्तीहरूको निन्द्रा भङ्ग भएको छ अब।नेपालले यति ढिलो चाल पाएको कुरा बाइबलमा उहिल्यै लेखेको रहेछ।प्रभुलाई अझ ठूलो धन्यवाद।उहाँ हामीलाई सुन्दर, सभ्य व्यवहारहरू सिकाउन आउनुभो।पानी पनि खाइदिनुभो र दुई दिन ती सामरीहरूसँग घुलमिल गरी बस्नु पनि भो।क्रान्तिकारी येशूका यी पक्ष र शिक्षाहरू क्रान्तिकारी नेपालभित्र उल्लेख हुनु जरूरी छ।
आफूलाई हैरान लागेको अर्को कुरो- इसाई संघ संस्थाहरूले विक्रम सम्वतलाई माथि उचालेको अनि इश्वीसम्वतलाई तल खसालेको प्रसङ्ग।अचम्म लाग्छ, चन्द्र शमशेरको चतुर्याभइँ, राणाजीहरूको बदमासीको इतिहासलाई भुलेर इसाईहरूले पनि सम्पूर्ण पृथ्वीभरि शानसँगचलिरहेको इश्वी सम्वतलाई प्रयोग गर्न हिचकिच मानेको अवस्था देखिन आएको छ।यो गम्भीर कुरो हो।भारतको विक्रम सम्वत् नेपालको साँचो सम्वत् होइन।राणाहरूले १९५८ वि.स.देखि यसलाई भित्राएका हुन्।त्यस अघि यही देशको नेपाल सम्वत् मग्न ८८८ वर्षम्म चलिरहेको थियो।वि.स. १९५६, ५८ तिर गोर्खापत्रमा यो सम्वत्लाई सुटुक्क प्रयोग गर्दा पनि चन्द्र शमशेरले अघिल्तिर “नेपाल सम्वत” नै लेख्ने झूटो काम गरेका थिए।राणाजीहरूलाई आफू भारतीय भनाउनु ठूलो रहर थियो।उनीहरूले राजस्थानतिर गईगई उतैको वंशावलीले आफूलाई चिनाउन खोजेको कथा धेरै पुरानो होइन।नेपालमा हिन्दू धर्म फैलाउन, भारतको सम्वत् चलाउन, भारतमै विवाह गर्न गराउन उनीहरू सधै उत्सुक।यही क्रममा भारतले समेत फालेको विक्रम सम्वतलाई जब्बरजस्ती यता भित्र्याए।हुकुमीतन्त्रको यो फैसला छलपूर्ण भए पनि सोझा जनतामा प्रतिकार गर्ने कुनै उपाय थिएन।समयको प्रवाहमा त्यो नै नेपाल देशको सम्वत हुनपुग्यो।नेपालको जनजीवनमा राणा दुष्प्रभाव बढी नै छ।राणालाई नढोग्ने व्यक्ति नेपाली नै गनिन्नथ्यो हिजोसम्म।उनै राणाजीहरूले नेपालका मानिसहरूलाई गरिब, झुत्रे, पछौटे ठानेर भारतबाट सबै कुरा आयात गर्ने क्रममा यहाँको लागि उचित सम्वत पनि बाहिरैबाट झिकाए।शंखधर स्वाख्वा भन्ने रैतीको नाउँमा चलेको नेपाल सम्वत चलाउनु राणाहरूलाई दिगमिग लागेको हुनसक्छ।राजा महाराजाको नाउँमा चलेको मल्ल सम्वत त थियो नेपालमा तर पृथ्वी नारायणबाट पराजित राजाको पूख्यौली सम्वत किन चलाउने भन्ने अभिमानको समस्या उब्जियो सायद।तर हाम्रो लागि दुःखलाग्दो विषय हो नेपालभित्रका क्रिस्चियन संघ, संस्थाहरूले विक्रम सम्वतलाई कसिएरै प्रयोग र प्रस्तुत गर्ने गरेका छन् (इश्वी पनि नराखी)।उनीहरू (आफ्नो भन्नु सकिने) इश्वी सम्वत चलाउन किन अप्ठेरो मान्छन् ? जुन सम्वतको विश्व इतिहास छ, हाम्रा प्रभुसँग सोझै सम्बन्ध छ त्यसलाई प्रयोग गर्न, प्राथमिकता दिन हामीले डर मान्नु हुँदैन।कम्यूनिष्ट चीनले इश्वी सम्वतलाई व्यावहारिक ठानेको छ।आफ्नो विशाल विश्वव्यापी सम्बन्धहरूको लागि खुलेआम त्यसलाई प्रयोग गरेको छ।विक्रम सम्वतलाई उहिल्यै मिल्काएर धर्म निरपेक्ष भारतले इश्वी सम्वतलाई अनिवार्य रूपमा प्रयोग गरिरहेको छ।विश्वस्तरमा पाइला चलाउन प्रत्येक नेपाली योग्य छ भनी हामीले विश्वास गर्नुपर्छ र हाम्रो क्रियाकलापबाट घोषणा गर्नुपर्छ।संविधान सभाको निर्वाचनपछि यो विषय पनि छलफलमा जानेछ भनी हामी आशा राखौं।निर्वाचन पश्चात धेरै शक्तिशाली माइक्रोसकोपको सामना गर्नुपर्ने यो सम्वत आयु सायद धेरै लामो छैन।(यसको खास उपयोगिता हिन्दु धर्मावलम्बीहरूको निम्ति छ, चाडपर्व आदिको हिसाब लाउन)।राष्ट्रहरूको सम्बन्ध र समय जोड्न, कामकाजमा छरितोपन ल्याउन (ग्रेगोरियन) इश्वी सम्वत सबलाई कामलाग्दो छ।नेपाल र नेपालीलाई ग्रामिण मानसिकतामा जब्बरजस्ती राख्ने विभिन्न रणनीतिमध्ये यो पनि एउटा थियो भनी हामीले बुझ्नु आवश्यक छ।हरेक नेपाली आधुनिक संस्कृति, व्यवहार र चलनको योग्य छ।राणाहरूको कुटिल अभियानलाई २१सौं शताब्दीमा निरन्तरता दिइरहनुमा धेरै औचित्य देखिँदैन।
Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7
Comments from previous site:
written by Bhojraj Bhatta , September 16, 2008
“हामीलाई चाहना छ ६० वर्षे इतिहास थामेको इसाई चर्चका भूमिपुत्रहरूले स्वर्गराज्यको वर्णन गरेको देख्नु ठूलो चाहना छ।आफ्नै स्रोतसाधनमा सुसमाचारको व्यापक प्रचार भएको दिन नदेखी मर्नुपर्छ मैले र तपाईले सायद।”
Dear Daju,
Thank you for the courage to speak, even as we see the “A to Z” leaders of the valley checking their brains at the doors. I hope and pray that we will see the day when the wish you expressed shall be fulfilled. How long can we be so greedy of power, fame and money and hope that the heaven will be so gracious to ignore our willful folly?
In line with what you have been thinking, I trid to put few words on papger at http://www.hopec.org/board/boa…opeccol/BR Bhatta – Article – False Teachers.pdf
written by Paulas Panday , September 15, 2008
Thank you so much for writing the article, I agree with what you are saying.
Discussion about this post