विश्वासको यात्रा

पौलसको परिश्रम पनि पत्याउनैपर्छ, “हाम्रो परिश्रम व्यर्थै जाला भन्ने डरले तिमीहरूका विश्वास थाहा पाउनलाई मैले तिमोथीलाई पठाएँ”। हाम्रो, मेरो र तपाईको विश्वास अहिले कहाँ छ ? कसमाथि छ ? कस्तो छ ? कत्रो छ ? कुन हालतमा छ ? रायोको दाना जत्रो छ कि छैन? ख्रीष्टमाथि छ कि छैन ? यो सबै पत्तो लाउनु तिमोथीहरू त पठाउनु पर्दैन होला हगि ?

 Written by Sarju Rijal


विश्वासको यात्रा

लोकनाथ मनेन

 प्रभुको यो भनाइ सुन्दा मीठो लाग्छ। गर्दा पसीना आउँछ – “जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्”। विश्वास सरल पनि हो र अति कठिन पनि। “प्रार्थनामा जेसुकै माग्छौ त्यो पाएका छौ भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।” मैले बेलाबेलामा मागेको छु। रायोको गेडो जत्रो विश्वास भए पो …। अर्को वाक्य, सुनिरहूँ, पढिरहूँ र झुमिरहूँ जस्तो लाग्छ प्रभुले बोल्नु भएको “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ”। कति मिठो “छोरी” भन्नुभएको। सुटुक्क प्रभुको कपडा छुने महिला। सायद दाँतमा घुम्टो टोकेकी। कसैले नदेखोस्, नचिनोस्। लुकीलुकी प्रभुलाई छुने लजालु स्त्री। उनको विश्वासको लोभ कसले गरेन इतिहासमा? सुटुक्क प्रभुको कपडाको फेर।

प्रभुलाई धेरैले विश्वास गर्थे। तर धर्म-गुरुहरू रिसाउँथे धुमधाम। “फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ? “भनी उनीहरूले सिपाहीहरूलाई डाँटे। सिपाहीले येशूलाई पक्रेर, घोक्राएर नल्याएकोमा रिस। समात्नक गएका पहरेदारहरूले उल्टो येशूलाई र्सकाएका थिए। धर्म-गुरुहरू गर्जे, “कुन धर्म-गुरुले विश्वास गर्यो त्यसलाई?”। तर दुइ-चार महिनामा हेर्नू त? “परमेश्वरको वचन बढ्दैगयो… पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे”। उहाँ स्वर्गमा फर्किनुभएपछि यस्तो भयो।

“जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ”। यो कुरो साँचो हो भने हामीले सुनाउने काम छाड्नु हुँदैन। हरेश खानु हुँदैन। हाम्रो विश्वास कमजोर नहोस् भनेर पावलले यसरी लेखे एकचोटी, “सतर्क रहो, विश्वासमा दृढ भइरहो, साहसिलो र सामर्थी बन।” हाम्रो नाम विश्वासी। विश्वासी, विश्वासमा दृढ हुनुपर्छ। दृढ, अर्थात् पक्का, बलियो, ठोस। आँखाले केही देख्दैपछि उफ्रने, पत्याउने र गटट कुद्नेस बानी कन्ट्रोल गर्नुपर्छ। “किनकि हामी विश्वासद्वारा हिँड्छौं, देखिने कुराको आधारमा होइन।” थोमा भन्ने चेलालाई साह्रो केके जाति हेर्नु मनपथ्र्यो। शंकाको रोगले थोमालाई च्याप्दै लगेको तीन दिन जति भाथ्यो। प्रभु आउनुभो, उसले खोजेको कुरो देखाउनुभो र थोमालाई धुरुधुरु रुवाइदिनुभो। मित्र हो, सन्त हो, मन र आत्मामा देख्ने  अभ्यास गर्नुहोस्। सबै कुरा आँखाबाट होइन। हामी अब्राहामको नाम धेरै लिन्छौं। उनलाई आदर गर्छौ। उनीजस्तो हुनु पनि मनपर्छ। कुरा सफा छ, “जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्।” यति ठूला व्यक्तिको सन्तानै बन्न पाइने रहेछ। छक्क लाग्छ। दान, दक्षिणा, पूण्य, कर्म, पूजाआजा, कुदाकुद, पसीना, परिश्रमले इश्वरको मन जित्नन नपाइने भो। सरी। बाइबल मान्दैन। उद्धार विश्वासद्वारा मात्र। “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ? कर्महरूद्वारा होइन।” हाम्रो धर्मको नाउँ ‘विश्वास’ हो। हामी ‘विश्वासी’। विश्वास ख्रीष्टमाथि। “मेरो आफ्नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो”। नयाँ करारमा जता फर्के पनि विश्वास। भित्र, बाहिर, तल, माथि, चारैतिर विश्वास, विश्वास अनि विश्वास। -“ख्रीष्ट येशूमा तिमीहरूको विश्वास र सबै सन्तहरूप्रति तिमीहरूका प्रेमको विषयमा हामीले सुनेका छौं।” विश्वासको बीचमा यो प्रेम अचानक कताबाट आयो? विश्वास र प्रेमले हातेमालो गर्नुपर्ने रैछ। हामी कतिजना विश्वासमा रापिला छौं तर एकता र माया, ममतामा चिलिम। पावलको यो उक्ति हामी नेपाली विश्वासीहरूमा राम्रो गरी लागू हुनु आवश्यक छ। ठूलाठूला सहरका ठूलाठूला सरहरूको खटपट भइरहन्छ। गाउँ, गाउँका विश्वासीहरू चौपट्ट मिल्छन्। विश्वास र प्रेम। यसमा ब्यालेन्स राख्नुू पर्ने रहेछ।

पौलसको परिश्रम पनि पत्याउनैपर्छ, “हाम्रो परिश्रम व्यर्थै जाला भन्ने डरले तिमीहरूका विश्वास थाहा पाउनलाई मैले तिमोथीलाई पठाएँ”। हाम्रो, मेरो र तपाईको विश्वास अहिले कहाँ छ ? कसमाथि छ ? कस्तो छ ? कत्रो छ ? कुन हालतमा छ ? रायोको दाना जत्रो छ कि छैन? ख्रीष्टमाथि छ कि छैन ? यो सबै पत्तो लाउनु तिमोथीहरू त पठाउनु पर्दैन होला हगि ?

“सबै सतावट र तिमीहरूले सहिरहेका कष्टहरूका बीचमा तिमीहरूको स्थिरता र विश्वासको निम्ति परमेश्वरका मण्डलीहरूका माझमा हामी ज्यादै गर्व गर्र्छौ।” आदरणीय पाठक, यहाँ पनि कुरो त विश्वासकै छ। तर सतावट र कष्ट भन्ने अप्ठेरो र कष्टकर शब्द पनि विश्वासको साथसाथै आइदिएर पो अलि खल्लो भो। के गर्नु ? यस्तै छ मण्डलीको अनुभव र इतिहास। सतावट येशूले भोग्नुभो, चेलाहरूले भोगे। विश्वासको निम्ति उडिसा, गुजरात, भूटान, पाकिस्तान, नेपाल अनि विश्वभरिका मुलुकहरूमा हाम्रा दाजु, भाइ, दिदी, बहिनीहरूले भोग्नु पर्ने भोगिराछन्। मारिँदैछन्, पिटिँदैछन्, थुनिँदैछन् र थुकिँदैछन्। बाइबलमा हुन्छ है भनेको कुरो नै हुँदैछ। तर “सबै सतावटमा स्थिरता”। रुमेनियाका राष्ट्रपति चाउचेस्कुलाई नव गठित सरकारले बीस वर्षघि गोली हानी मार्न पर्यो। चाउचेस्कुले क्रिस्चियनहरूलाई पनि धेरै सताएका थिए। नेपालको पञ्चायत सरकार पनि बीस वर्षघि नै खतम भयो। रेडियो नेपालमा नामहरू घन्काईघन्काई नेपाली क्रिस्चियनहरूलाई जेल हाल्नेहरू खत्तम। उनीहरूको नामोनिशान मेटिएको आफ्नै आँखाले देख्ना पायौं। तर, उनीहरू दण्डित हुन्छन्, खण्डित हुन्छन् कि परिवर्तित नै हुन्छन् त्यो हाम्रो चासो नबनोस्। प्रभु जान्नुहुन्छ। योजना उहाँको। “तिमीहरूले सहिरहेका कष्टहरूको बीचमा तिमीहरूको स्थिरता र विश्वास”, यो हो गाँठी कुरो। हाम्रो प्रार्थना यति हो, प्रभु, मबाट तपाईलाई धोका नहोस्, मेरो विश्वासको जहाज नडुबोस्।
“विश्वास र स्वच्छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन्”। यो पदको कुरो सफा छ। विवेकलाई ताजा राख्नुनपर्छ। विवेकलाई कुनाकाप्चामा कोचर्नु हुँदैन। विवेकलाई खाटको मन्तिर घुसार्नु थालेपछि विश्वासमा असर पर्छ। यो विवेक भन्ने कुरो कहाँ हुन्छ, कस्तो हुन्छ, कत्रो हुन्छ थाहा छैन। तर त्यो छ। त्यसले मलाई भनिरहन्छ, एइइइइ बौला के गर्दैछस् ? के गरेको ? काँ गाको ? के भनेको ? यो ठीक भएन, यो ठीक भयो, तैंले ठगिस्, तैंले झूट बोलिस्, तैंले राम्रो गरिस्, नराम्रो गरिस्, आदि। मेरो विश्वासको जहाज ठूलो न ठूलो फुटबल मैदान जत्रो होला तर विवेकको कुरा इन्कार गरे भने त्यो जहाजको नाम टाइट्यानिक हुने रहेछ। होशियार। पुर्पुरो ठोक्दै बस्नु नपरोस्। विवेकलाई इन्कार गर्नुभनेको विश्वासको जहाजमा प्वाल पार्नु भनेको रहेछ।

पाठकज्यूहरूले देख्नुठ, बुझ्नुभो होला हामी नयाँ करारको सुरुदेखि लिएर ‘विश्वास’ भन्ने शब्द एकएक पुस्तकको एकएक पद हेर्दै अगि बढ्दैछौं। अब पालो २ तिमोथीको। “मैले उत्तम लडाइँ लडेको छु। मैले दौड सिद्ध्याएको छु। मैले विश्वासलाई बचाइराखेको छु।” पावलको बहुमूल्य विश्वास। जीवनको अन्तिम घडी, मृत्युदण्डको मुखैमा पुग्दा यो कुरो लेख्ना सके यी विश्वासका योद्धाले। जोगाएर राख्नुज पर्ने, बचाएर राख्नु  पर्ने विषय हो एक विश्वासीको विश्वास। प्रभुले सोध्नुभो लूकामा, ‘मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र ?’। विश्वासको निक्कै ठूलो अभाव हुन्छ कि क्या हो त्यसबेला ? यसकारण होला अब अर्को पुस्तकमा हामी पढ्छौं एउटा छुच्चो वाक्य, “तिनीहरूलाई कडासित हप्काऊ, ताकि तिनीहरू विश्वासमा पक्का होऊन्,”। हिजाज आँट कसको छ कसैलाई हप्काउने ? माया कसको छ त्यति बिघ्न विश्वास पक्का होस् भनी हकारपकार गर्ने ? गीतमा घन्काउने, डान्समा थर्काउने, स्तुति प्रशंसा उफ्रीउफ्री -बातैपछि कान खाने खाल्को हल्लेलुयाह र आमेन। त्यै हो फेमस र पपुलर व्यक्ति। विश्वासमा जति नै कच्चा होस् स्टेजमा फुर्तिलो हुने नै हुन् बाउको छोरो, आमाकी छोरी प्रभुको राज्यमा आजकल। विश्वास अत्यन्त गोप्य, भित्री र प्राइभेट सम्बन्धको सानो धागो हो जसले हामीलाई अदृश्य परमेश्वरसँग जोडिराखेको छ। अँध्यारो दिनमा संकटको छालले बटार्नु थालेपछि चर्को सोरले हल्लेलुयाह भन्ने विश्वासको तरंग जब स्वर्ग पुग्छ, त्यसबेला पो स्वर्गमा बस्नुहुने पिता मुसुमुसु हाँस्नु हुन्छ सायद। जाँच त्यही हो। कडा हप्काइबाट पक्का विश्वास आउँछ नयाँ करारको पानामा। ड्रम पिट्दै, गिटार फिट्दै स्टेज थर्केपछि प्रमाणित हुन्छ तर हाम्रो विश्वास यहाँको झ्याम कि झ्याम गानामा।
मेरो ट्यालेन्ट र वरदानमाथि विश्वास हैन। “प्रभु येशूमाथिको तिम्रो विश्वासको विषयमा र सन्तहरूप्रति तिम्रो प्रेम…”। प्रभुको राज्यको काममा हुरुकहरुक भई सबलाई जुरूकजुरूक पार्ने मित्र हो, वरिपरि उभेका मानवहरूप्रति निठूरी नबन्नू है भने जस्तो लाग्यो यो पदले हामीलाई। “सन्तहरूप्रति तिम्रो प्रेम”। प्रभुमाथि विश्वास, अरूमाथि प्रेम। हिब्रूहरूको पुस्तक विश्वासको लागि नाम कमाएकै पुस्तक हो। “विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। परमेश्वर हुनुहुन्छ, खोज्नेलाई प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।” फेरि पक्का विश्वास। रिसमा पड्‌किने, घमण्डमा कड्किने, तर विश्वासको काम-कुरोमा घाँटीभित्रभित्रै हिक्रिक्क ? फ्यातुलोपन हो हाम्रो समस्या। पक्का आवाज, पक्का उच्चारण, दरिलो विश्वास, कडा हप्काइ गर्नसक्ने रेभरेण्ड र डाक्टर चाहियो यहाँ।
आफ्नो आस्था, मत र धर्म सिद्धान्तमा निश्चित हुनुपर्छ। पक्का। “शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, विश्वास पनि कामहरूदेखि अलग हु“दा मरेको हुन्छ।”आजदेखि हाम्रो मरेको विश्वासलाई गाडिदिनेछौं। प्रभुको अघि घुँडा टेकी पश्चाताप गरेर हामी भनौं, ‘प्रभु, मैले तपाईको बदनाम गरे, म पनि मरे, विश्वास पनि मारे अनि अब म विश्वासी भन्ने लायकको रहिनँ। तपाईसँग पृथ्वीमा पाप क्षमा गर्ने अझै पनि अधिकार छ अनि मलाई पापको क्षमा माग्ने अझै पनि अवसर छ। म विश्वास गर्छु मेरो अविश्वासलाई क्षमा गर्नुहोस्। मलाई मेरो शत्रु शैतान, दियाबलसले चपाउनु, निल्नु खोज्दैछ, विश्वासमा दहि्रला भएर त्यसको विरोध गर्ने मलाई सामर्थ्य दिनुहोस्।’

वास्तवमा पुराना चेला र हामीमा ठूलो अन्तर छैन। उनीहरू हामीहरू एउटै अनुग्रहका सन्तान हौं। पाएको कुरो एउटै हो। पत्रुस निर्धक्क लेखीपठाउ“छन् आफ्नो पत्र। उनी कसलाई लेख्छन् ? “हाम्रो जस्तै अनमोल विश्वास प्राप्त गर्नेहरूलाई। “अर्थात् यो युगमा बाँच्ने इसाईहरूलाई। हामीलाई पनि। त्यो अनमोल विश्वास, बहुमूल्य विश्वास…..। तर विश्वासको पूजा होइन यो। ‘कसमाथि विश्वास राखे सो म जान्दछु र मलाई निश्चय छ….’। ‘म विश्वास गर्दछु एक पिता स्वर्ग र पृथ्वी सिर्जनुहुनेमाथि अनि उहाँको एकले पुत्र हाम्रा प्रभु येशू ख्