• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हामीले किन मनाउँदैछौं क्रिसमस ?

by Loknath Manaen
May 7, 2013
in Articles

यो महिना हाम्रो समुदायमा नौला , रंगिन पत्रिका, क्यासेट एलबम, पिकनिक, भोज, भेटघाट र विशेषसभाहरूको महिना हो।क्रिसमस पर्वको कारणले विश्वभरि नै यो समयले ठूलो स्वागत र सम्मान पाउँछ।

अन्धो नकल र होहोरीमा दौडने संस्कारलाई इन्कार गरेर जिन्दगी बिताएको यो पंक्तिकार क्रिसमस चाडको समर्थनमा पनि पछिपरेको छ।विदेशी वक्ताहरूको सभा र क्रूसेडबाट तर्केर कोही सानो वा ठूलो हुँदैन।म पनि भइनँ।तर नेपाली वक्ताहरूभित्र यस्तो सभा चलाउने र बोल्ने क्षमता छ भन्ने एकल आवाज उजाड स्थानतिरै भएपनि सुनाउने काम गर्न यसले छोडेको छैन।नेपाली एकलेसियाको कामकार्वाही नेपाली अगुवाहरूले नै अघि बढाउँदा राम्रो हुन्छ नै।हिम्मत र इच्छा शक्ति हुनुपर्छ।अगुवाहरूले क्रिसमसको बारेमा पनि नेपालको लागि असल नीति नियम र अवधारणा निर्माण गर्नु राम्रो हुने थियो।

नयाँ कपडा सिलाउने , परिवारमा भेटघाट गर्ने, भोजभतेर गर्ने, भजनगीत गाउने, उपहार आदानप्रदान गर्ने एउटा समय र अवसर हामीलाई चाहिन्छ।भातृत्व, सहृदयता, सदासयताको समय आवश्यक छ।सामाजिक प्राणी भएकै नाताले र दशै तिहार नमान्ने समूहमा परेको नाताले पनि हाम्रो आफ्नै विशिष्ट मेला? भेला हुनु आवश्यक छ।

पश्चिमतिर क्रिसमसको अर्थ त्यस्तैत्यस्तै छ।पारिवारिक भेटघाट र हर्षोल्लासको मिठो समय।विभिन्न समुदाय र धार्मिक समुहहरूले पनि यो समयलाई उपयोग गरेका हुनाले अब अमेरिकामा ह्याप्पी क्रिसमसलाई ह्याप्पी होलिडे भन्नु पर्ने भएको छ।ख्रीष्टको नामले कसैलाई चोट नलागोस् भनी।क्रिसमसभित्रको ख्रीष्टलाई झिकेर राम्रै गर्दैछन् उनीहरू।कारण धेरैजसो क्रिसमसको क्रियाकलापभित्र क्राइस्टलाई क्रूसमा फेरि काँटीले उनेको हो कि जस्तो लाग्छ।नाम छ ख्रीष्टको अनि काम , व्यवहार र शैलीहरू सबै उल्टो।पश्चिममा सबैभन्दा बढी मदिरापानको समय यही हो।फलतः सबैभन्दा बढी कार दु्र्घटनाजन्य मृत्युको समय पनि त्यही हो।प्रहरी, प्रशासन अति नै सजग र चिन्तित बन्ने बेला।यौन उन्मादको कीर्तिमान पनि यही बेलाले राखेको छ पश्चिमका मुलुकमा।

परमेश्वर पन्साउने पर्वलाई पोषण गर्ने पक्षमा पटक्क पर्नुहुन्न भन्छौं हामी।यो बेलाको महत्त्व यसरी नै बढ्दै गएको खण्डमा नेपालको निम्ति पनि यो चाडले नाचगान र बाहिरी तडकभडक , आमोदप्रमोद र भौतिक उन्मादको नमुनामा आफ्नो पहिचान बढाएर लैजाने खतरा छ।ख्रीष्ट र बाइबल लतारेर उनकै नाउँमा कुनै क्रियाकलाप हुन्छ भने कम्तीमा पनि त्यो विरोधआभास हो भनेर त मान्नै पर्छ।उनलाई र उनको औतारको समयलाई नबुझेर पनि कोही व्यक्ति कसैलाई ह्याप्पी क्रिसमसको शुभकामना दिन्छ भने त्यो ठण्डा चलन र रिवाज बन्छ त्यसमा ह्याप्पी केही हुन्न केवल हात मिलाउने र मुस्कुराउने अर्थहीन सामाजिक घटना हुन्छ।प्रथमपल्ट चर्च सभामा आउने केही नजानेको व्यक्तिले भेटीको झोलामा रूपैयाँ चढाएको जस्तै।

काठमाडौ , पोखरा, विराटनगर, धरान सहरहरूमा झिपिकझिपिक बत्ती बल्ने क्रिसमस ट्रि र पसलहरूभित्रका साजसज्जाद्वारा सुपरमार्केटका मालिकहरूले के भन्न चाहेका हुन् ? अचानक एक हप्ताको लागि ख्रीष्टलाई ती सुविधाभोगी मानिसहरूले अप्नाएकै हुन् ? चर्चप्रति नाक कुच्याउने मानिसहरू किन क्रिसमसभोज, भेटघाटको आयोजना गर्दै, ह्याप्पी क्रिसमस भन्दै २४ दिसम्बरको मध्यरातमा डिस्को लाइटमा मस्त नाच्दैछन् ? ती सबै म्यूजिक र डान्सबाट बाइबलको र ख्रीष्टको प्रचार भएजस्तो त लाग्दैन।ईसाइहरूले पनि यही समयलाई तोकेर चर्चहरूमा भोजभतेर लाउँदा समाजमा भ्रामक, गलत सन्देश प्रेषण हुनेछ।अन्ततोगत्वा क्रिस्चियनहरू अनैतिक, अनुशासनहीन समुदाय भन्ने धारणा मौलाउने छ।

कतिपय कट्टरपन्थी ब्यापटिस्टहरू र एलसा – द्दाइका जनहरू यसमा हामीभन्दा अगाडि छन्।उनीहरूले क्रिसमस चाड नमनाउने निर्णय लिए र ख्रीष्टको जन्म फलानो दिनमा मनाउनुपर्छ भन्ने परम्पराका विकास नै गरेनन्।

अब हाम्रा चर्चतिर लागौं।त्यहाँ बाहिरको जस्तो भ्यालेन्टाइनी उद्दन्डता छैन।शालीन ढङ्गमा ख्रीष्टजन्म मनाइन्छ र बालक ख्रीष्टको चर्चा हुन्छ।बाहिरका मानिसहरू जस्तै उफ्रिपाफ्री हुँदैन।गाउँछौ , बोल्छौं, खान्छौं अनि खुशी मनाउँदै घरघर जान्छौं।एउटो बालकको जन्म चर्चभित्र पनि घनघोर उत्सवको घटना भइहाल्यो।अब के गर्ने ? रमाइलो लाग्छ।खानाको लागि रकम संकलन हुन्छ, कार्ड लेखालेख हुन्छ, क्यारोलमा कुदाकुद पनि हुन्छ।गाउन थाल्छौं पुराना गीतहरू।एक हप्ताको लागि।अनि गाउन बन्द गर्छौ।बालक ख्रीष्टलाई एक वर्षको लागि थन्काउँछौं।जोशसँग गाएका गीतहरू अचानक बन्द हुन्छन्।एघार महिनाको लागि सब बन्द।कस्तो खुशी हो त्यो, झट्ट सुरु गर्ने अनि झट्ट बन्द गर्ने ? चुपचाप सुतिरहेको बालकप्रति किन यस्तो अचाकलीको मोह ?

हामीले आफ्नो मुक्तिको दिन यो बालकलाई भेटेको कि क्रूस चढ्ने वयस्क येशूलाई ? हामीले महत्त्व दिएको दिनलाई बाइबल नयाँ करारले महत्त्व दिएको छैन।जन्मको समयको विवरणपछि सम्पूर्ण नयाँ करारका पुस्तकहरू येशूको बप्तिस्मापश्चातका समयमा केन्द्रित छन्।सबको नजरको अघि जब उहाँको स्वर्गारोहण भएको थियो त्यसपछि त मण्डलीको वृद्धि, शुद्धि र ख्रीष्टराज्यको समृद्धिको चर्चाले मात्र स्थान ओगटेको छ।ख्रीष्टको दोस्रो आगमन सबैभन्दा बढी उल्लेख भएको विषय भयो नै ( हरेक पच्चीसपदमा एकपल्ट भन्दा पनि हुन्छ।पूरा पूरा अध्याय वा पत्र समेत पनि यो विषयमा समर्पित।) नयाँ करार मतियोस एक र दुई अनि लुकास एक र दुई अध्यायमा ख्रीष्टजन्मको घटना विवरण हामी पढ्न पाउँछौं।

तर नयाँ करारको कथाले जोड पक्रेको छ त्यो घटनाको ३० वर्षपछि अर्थात उहाँको बप्तिस्मा भएपछि।त्यहाँ हामी शैतानलाई भेटछौं , फरिसीहरू, रोगीहरू, भूत लागेकाहरू, येशूको शिक्षा सुन्नेहरू, येशूसँग वादविवाद गर्नेहरूलाई देख्छौं।पछि येशू यरूशलेमतिर तानिनुभएको हामी देख्छौं जहाँ ठूलो खतराले उहाँलाई पर्खिरहेको छ।त्यो त खास दुश्मनको गौंडा थियो।तर उहाँलाई कलवरी जानु नै थियो।नाङ्गा आदम- हवाको लाज ढाक्नु आफू नाँगिएर मर्नु नै थियो।यरूशलेममा उहाँले आकुल- व्याकुल अवस्थामा बोल्नुभयो, ” यसैकारणले म यस घडीसम्म आइपुगेको छु ( मारिनको लागि)” ( योआनेस १२: २७) ।गेत्समनीमा पसीना बगाएर मृत्युको तीतो कचौरा हटाउइमाग्ने प्रार्थना गर्नुअघि नै उहाँको आत्मा यरूशलेम सहरमा जल्न र वेदनाले भरिन थालिसकेको थियो।पापीहरूको घिनलाग्दो पाप आफूमाथि खन्याउने कुरो अति नै कष्टकर थियो परमेश्वर पुत्रको लागि।क्रिसमसको रौनकमा यो सत्य धेरै हदसम्म हराएको, ओझेल परेको जस्तो लाग्छ।

” परमेश्वरको ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ” भन्ने प्रतिज्ञा पाएका अति नै धर्मी, वयोवृद्ध शिमियोनले सानो बालक येशूलाई बोकेर परमेश्वरलाई भने,

” मेरा आँखाले तपाईको उद्धार देखेका छन्।” ( लुकास २: २५- ३२) ।

योसेफलाई खबर आएको थियो , ” त्रि्री स्वास्नीले एउटा पुत्र जन्माउनेछिन, उहाँको नाउँ येशू राख्नेछौ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” ( तियोस १: २१)

म आफूलाई काँडेतारको कोर्रा लाएर सोध्न माग्छु , घृणित, कष्टकर मृत्युद्वारा मलाई दिने उद्धार नै सानो बालकको जन्म र जीवनको सम्पूर्ण उद्देश्य थियो भने, गुड फ्राइडेमा चाहिँ म किन बौलाउन नसकेको ? रुन र कराउन अनि छाती पिट्न नसकेको ? क्रिसमसको बेलामा मेरो सबै शक्ति र भक्ति समाप्त भएर त होइन ? पापबाट बचाउन आउने व्यक्तिको जन्मको बारेमा जति हल्ला हुँदैछ पापबाट बचाउन क्रूसमै टाँगिएको दिनको सम्झनाको दिनमा तिनै चर्चहरू चामचुम्म भएको किन होला ? एकलेसियाका अगुवाहरूले सोच्नुपर्छ।

सबले गर्दैछन् , सबले मनाउँदैछन्।थाहा छ।तर तपाईलाई परमेश्वरले मौलिक सोचको अधिकार पनि त दिनुभएको छ।नयाँ साल २००७ मा गुड फ्राइडे ( उहाँको मृत्युको सम्झना) र इस्टर ( ख्रीष्ट पुनर्जीवित भएको घटनाको सम्झना) लाई पनि हामीले धुमधाम उत्सवको विषय बनाउनु कस्तो होला ? त्यो निर्णयलाई बाइबलले पनि त प्रचुर समर्थन दिनेछ।

( साभार पत्रिका निस्तार, बिराटनगर)

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7

Comments from previous site:
may be not that biblical in date and time of Christmas but it bears a witness
written by Pabitra Bhandari , October 31, 2009

may be not that biblical in date and time of Christmas but it bears a witness among people. It can be a time to introduce nonchristians about Christ, his birth, and ultimately regarding the salvation he provided. Historicaly, Christmas was started because of its need to counter a pagan festival of that time. Even the rememberance of the cross in the early church the Lord supper were not just time to cry of the departure of our Lord but celebration and feast too… which later became a symbolic sacrament. Whatever you say, Christmas reminds of the birth of God in human life for us…

hamile kina manauchhau kirismass?
written by durga bdr thada magar,nawal parasi,now bahrain , May 26, 2008

dear sir loknath manaenji parbhuma jaimahi tapailai,chirstian haruko mahan chad kirismass ko barema yahale ati ramro lekhnu bhayeko raichha,parbhule tapailai aasis diun,khushi lagyo yaha haruko website visit garna ra kehi kura haru janna pauda good luck all the best god bless to you by

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

ANS invites EoI from interested individuals/firms to conduct Social Audits

October 18, 2026

JOB DETAILS Expression of Interest (EoI): Social Audit Job posted on 16th October, 2026-31st October, 2026 Arise and Shine Nepal (ANS) Details / requirements:   Arise and Shine Nepal (ANS) Call for Expression of Interest (EoI) Arise and Shine Nepal (ANS) is a non-profit organization. Arise and Shine is an initiative to address the prevailing social and economic needs among Nepali youth within the Lalitpur district of Kathmandu Valley. ANS responds to the problems of prevailing negativeenvironment  of bullying, unhealthy relationships, substance abuse, petty crimes, disinterest in school studies to name a few on the young people. ANS addresses these problems of young people by operating a Youth Center that is safe, loving, and informal, where they wish to come regularly to spend their free times by playing games, music, meeting friends, reading books etc. ANS also engages young people in activities that develop their skills that shape them, empowers them and gives them better opportunities in their career. Moreover, ANS has been started from 2009 and legally registered in 2016 at SWC (Social welfare council), ANS has been working to empower and engagement for the Holistic development in marginalized communities based in youths through support in Holistic Development. Currently, ANS is supporting the youths of more than 2170 vulnerable youths in the rural & urban communities in 3 districts of Nepal. We are an NGO with a vision to create a safe, healthy, and a peaceful community where all young people have hope of a better future. A social...

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

Recent Posts

  • ANS invites EoI from interested individuals/firms to conduct Social Audits
  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In