• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

वर्षा यामको भोजन

by NC Reporter
September 13, 2013
in Articles

Written by जया प्रधान 

समयमा खानपान तथा सरसफाइमा ध्यान दिन नसकेमा पाचन क्रियामा गडबडी हुने, पखाला लाग्ने, थकाइ लाग्ने, शरीरको स्फूर्ति कम हुनेजस्ता लक्षण् देखा पर्न सक्छन्। व्यायाम, आराम तथा सुत्ने समय, पहिरनबाहेक मौसमसापेक्ष खाद्यपदार्थको छनोट, खाने समय, पकाउनेजस्ता कुरालाई ध्यान राख्न सकेमा अवश्य पनि यस समयमा देखिने स्वास्थ्य समस्या कम गर्न सकिन्छ।


वर्षा यामको भोजन

जया प्रधान

वर्षा यामले गर्मी मौसमको उकुसमुकुसलाई केही हदसम्म कम गरे पनि यस मौसममा शरीर स्वस्थ नरहने, आलस्य हुने, विभिन्न रोग-व्याधिको प्रकोप बढ्नेजस्ता समस्या हुन सक्छन्। मौसम परिवर्तनको साथै खानपान, व्यायाम, आरामको उचित व्यवस्था तथा योजना गर्न सके यस समयमा देखिने स्वास्थ्य समस्यालाई केही हदसम्म कम गर्न सकिन्छ।

बर्सको मौसम रोगका कीटाणुहरूको वृद्धि र विकासको लागि अनुकूल मौसम भए पनि मानिसको लागि स्वास्थ्यको दृषटिकोणले त्यत्ति उपयुक्त समयको रुपमा लिन सकिंदैन।

समयमा खानपान तथा सरसफाइमा ध्यान दिन नसकेमा पाचन क्रियामा गडबडी हुने, पखाला लाग्ने, थकाइ लाग्ने, शरीरको स्फूर्ति कम हुनेजस्ता लक्षण् देखा पर्न सक्छन्। व्यायाम, आराम तथा सुत्ने समय, पहिरनबाहेक मौसमसापेक्ष खाद्यपदार्थको छनोट, खाने समय, पकाउनेजस्ता कुरालाई ध्यान राख्न सकेमा अवश्य पनि यस समयमा देखिने स्वास्थ्य समस्या कम गर्न सकिन्छ।

मौसम परिवर्तनको केही दिनअगाडिदेखि बिस्तारै समयानुकूल खाद्यपदार्थहरु दैनिक भोजनमा समावेश गर्दै लग्दा शरीरलाई समायोजन गर्न जति सजिलो पर्छ, तुरुन्तै दैनिक भोजनमा नयाँ खाद्यपदार्थहरु समावेश गर्दा भने गाह्रो हुन्छ। गर्मी मौसममा चिसो खाना खान रुचाउँछन् भने बर्सा चिसोभन्दा तातो खाना मनपराउँछन्। मौसमअनुसार एकैचोटि दैनिक भोजनमा नयाँ प्रकारका खाद्यपदार्थहरु समावेश गर्दा सहजरुपमा यी खाद्यपदार्थहरुको पाचन, शोषण तथा सदुपयोग हुन नसक्ने वा गाह्रो हुन सक्छ। यसप्रकार शरीरले आवश्यक परिमाण खाना प्राप्त गरे तापनि शरीरभित्र यसको उचित सदुपयोग हुन सक्दैन। परिणाम स्वरुप शरीरमा पौषटिक तत्त्वको कमी भई रोगप्रतिरोधात्मक शक्ति कम हुने, शरीर कमजोर हुने र रोगका कीटा्णुले सहजरुपमा हमला गर्न सक्छ। मौसम परिवर्तनको पूर्व अनुमान गर्दै दैनिक भोजनमा समय सुहाउँदो खानाको छनोट, खानाको व्यवस्था, खाना खाने बानीमा परिवर्तन ल्याउन सकेमा अवश्य पनि शरीरले नयाँ परिवर्तनसँग सजिलै समायोजन गरी शरीर स्वस्थ राख्न सक्छ।

जाडो मौसममा भन्दा गर्मी तथा बर्सा पाचनक्रिया त्यति सक्रिय नहुने भएकोले कस्तो प्रकारको खाना छनोट गर्दा शरीरले आवश्यक पौषटिक तत्त्व प्राप्त गर्न सक्छ भन्ने कुरा पनि जान्न आवश्यक पर्छ। लगातार पानी पर्दा हावा चिसो हुने भएकोले यस समयमा चिसो पेयपदार्थभन्दा तातो पेयपदार्थ जस्तै- सूप, रस -तरकारी, मासु) बढी उपयुक्त हुन्छ। साकाहारी भएमा विभिन्न प्रकारका सागसब्जीको रस तथा मांसाहारी भएमा चिल्लोरहित मासुको रस खान सकिन्छ।

यसैगरी पकाएको खानेकुरामा आवश्यकताअनुसार मसलाको पनि प्रयोग गर्न सकिन्छ। मसलाको प्रयोग भन्दैमा बढी पीरो, अमिलो तथा चिल्लो भने उपयुक्त हु“दैन। कतिपय यस्ता मसलाहरु छन्, जस्तै- जीरा, तेजपात, धनिया“, हिंग, मरिच, अदुवा, लसुन, तुलसीको पात, मेथी, निमको पात, करीको पात, ल्वा· आदिले खाना रुचिकर मात्र नबनाई पाचन गर्नमा समेत मद्दत पुर्‍याउ“छ।

साधारणतया फलफूल मौसमअनुसारको खाए तापनि यस समयमा कम पानी भएको फलफूलको छनोट गर्दा बेस हुन्छ। यदि घाँटी, जोर्नीहरु दुखेको छ भने त्यस्तो अवस्थामा अमिलो साइट्रस फलफूल -ऋष्तचगक ँचगष्तक) नखाँदा बेस हुन्छ। यसैगरी ठूलो आकारको गेडागुडी जस्तै- भटमास, सिमी, चनाभन्दा मुग, मसुरोको दाल प्रयोग गर्दा पचाउन सजिलो हुन्छ। यस मौसममा धेरै तेल-घिउ प्रयोग गरेको, तारेको, गुलियो खानेकुराभन्दा हल्का, पचाउन सजिलो किसिमको खाना भए बेस हुन्छ। यस समयमा साधारणतया रुघाखोकी लाग्ने, घाँटी दुख्नेजस्ता समस्या हुन सक्ने भएकोले चिसो खाद्यपदार्थका साथै अमिलो खालको फलफूलको प्रयोग सकेसम्म कम गर्नुपर्छ।

विशेषगरी रातो मासुभन्दा सेतो मासु खानु बेस हुन्छ। किनभने रातो मासु पकाउन र पचाउन गाह्र्र्रो हुन्छ। त्यसमा पनि चिल्लोरहित मासु अझ मसिनो पारेको अर्थात् किमा भएमा झनै राम्रो हुन्छ। मासु पकाउ“दा तेजपात, अदुवा, लसुन, जीरा, दालचिनी, ल्वांग, बेसार आदि मसलाको प्रयोग गर्दा स्वादिलो हुनुको साथै पचाउन पनि सजिलो हुन्छ।

यस मौसममा हावाको आद्रता मात्र नबढी शरीरमा पनि पानीको परिमाण बढ्ने हुनाले अन्य समयमा जस्तो पानीको मात्रा बढाउनु पर्दैन। शरीरमा पानीको परिमाण बढ्नाले श्वास-प्रश्वास तथा पचानक्रियामा गडबडी हुन सक्छ। त्यसकारण यस समयमा तिर्खा लाग्दा मात्रै पानी पिउनु बेस हुन्छ। तर केही विशेष अवस्था जस्तै- मिर्गौलाको पत्थरी भएको बेला भने पानी प्रशस्त पिउनुपर्ने हुन्छ।

भेजिटेबल ससमा बनाइने मिटबल

आवश्यक सामग्री

कुखुराको मासुको किमा ३०० ग्राम

पाउरोटीको धूलो ३ टेबल चम्चा

फिटेको अण्डाको सेतो भाग १ वटा

सलादको पात ६ वटा

कलिलो हरियो मटरकोसा ८ वटा

सर्स्र्यूं १ टेबल चम्चा

तेल २ चिया चम्चा

लसुन-अदुवाको पेस्ट १ चिया चम्चा

जीराको धूलो आधा चिया चम्चा

गोलभेंडाको प्युरी ४ टेबल चम्चा

कागतीको बोक्रा -धूलो) १ चिया चम्चा

ओरिगानो -इचभनबलय) आधा चिया चम्चा

बेसार आधा चिया चम्चा

नुन स्वादअनुसार

मरिच आधा चिया चम्चा

बनाउने विधि

· एउटा ठूलो बावलमा किमा, पाउरोटीको धूलो, अण्डाको सेतो भाग, सर्स्र्यूं, बेसारको धूलो, स्वादअनुसार नुन हाली राम्ररी मोल्नु पर्छ।

· यसरी मसला हाली मोलेको किमाबाट करिब १२ वटा जति गोला डल्ला बनाउनुपर्छ वा मिटबल बनाउनुपर्छ।

· एउटा अर्को भाँडोमा सलादको पात र हरियो मटरकोसालाई पानीको बाफमा नरम हुने गरी पकाउनुपर्छ।

· एउटा प्यानमा तेल तातो पारी अगाडि बनाएको मिटबल पकाउनुपर्छ। मिटबल बराबर ओर्काइफर्काई पकाउनु पर्छ। सबैतिर खैरो-खैरो भएपछि मिटबल निकालेर फराकिलो प्लेटमा हाल्नुपर्छ।

· त्यसपछि फेरि प्यानमा बा“की रहेको तेलमा मरिच, अदुवा-लसुनको पेस्ट, ल्वा·, हालेर केही बेर पकाएपछि यसमा गोलभेंडाको प्युरी, कागतीको बोक्रा, ओरिगानो, जीरा हाली छोपेर मधुरो आ“चमा ५ मिनेट जति पकाउनु पर्छ। आवश्यकताअनुसार नुन पनि हाल्न सकिन्छ।

· त्यसपछि यसमा अगाडि उमालेको सलादको पात र हरियो मटरकोसा हालेर हल्कास“ग चलाउनु पर्छ।

· यसरी बनेको सस -कबगअभ) मा अगाडि बनाएको मिटबल हाली माथिबाट बिस्तारै मिटबलमा सस पर्ने गरी चलाउनुपर्छ।

पाकेपछि यसलाई तात्तातै भात, रोटीसँग र्सव गर्दा बेस हुन्छ। यस परिकारमा विभिन्न प्रकारका मसलाको प्रयोग गरिने भएकोले यो परिकार स्वादिलो हुनुका साथै केही मसलाले पाचनक्रियामा पनि सहयोग पुर्‍याउ“छ। साथै यस परिकारमा बोसोरहित कुखुराको किमा प्रयोग गरिएकाले सजिलै खान सकिन्छ। यसमा प्रयोग गरिएको सलादको पात र मटरकोसा कलिलो भएकाले यस खाद्यपदार्थमा पाइने फाइबरले पाचनक्रियामा टेवा पुर्‍याई कब्जियत हुनबाट बचाउँछ।

यसरी तयार पारिएको परिकार चार व्यक्तिका लागि दिन सकिन्छ। एक व्यक्तिले यसबाट करिब २००-२२० क्यालोरी, केही चिल्लो, प्रोटिन, क्याल्सियम, सोडियम प्राप्त गर्न सकिन्छ । भेजिटेबल ससमा बनाइएको यस किसिमको परिकार वषर्ायामको लागि उपयुक्त मानिन्छ ।

Republished in new layout on 8/14/2013

Previous Comments

keep on
written by prakash bagale , July 11, 2009

keep on writing such kind of information which help us to be aware according to season. Thank you very much.

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In