• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

भारतलाई चीनको चेतावनी

by Shishir Dahal
August 13, 2013
in Articles

नेपाली भूमिमा फर्की तिब्बतको नारा लागिराखेको बेला, दलाई लामाले धर्मशालामा नेपाली सभासद्को टोली लगायत पश्चिमका चर्चित व्यक्तित्वहरुसंग भेट गरिरहेको बेला, चीनका नीति निर्माताहरु चाहिँ भारतलाई रणनीतिक चेतावनी दिइराखेका थिए। र यस्तो चेतावनी परोक्ष रुपमा झन् प्रखर रुपमा आउन थालेको छ। चाइना इन्षिटच्यूट अफ इण्टरनेशनल स्ट्र्टेजिक स्टडिज (चाइना आइ आइ एस एस) नामक ‘थिङ्क ट्याङ्क’ ले भारतलाई एक पछि अर्को धम्की दिएको छ । चाइना आइ आइ एस एस डट ओआरजी ठेगाना रहेको सो संस्थाको इण्टरनेट साइटमा हालका केही महिना यता भारत विरुद्ध उत्तेजक लेख तथा बिचारहरु प्रकाशित भैराखेका छन्।


भारतलाई चीनको चेतावनी: बेइजिङ्ग के गर्न खाज्दै छ?

चीनले नेपालमा भूमिका र चलखेल बढाउँदै लगेकाले भारत चनाखो भएको छ। आफ्नो सुरक्षामा चीनबाट खतरा बढ्दै गएको महसूस गरी भारत नेपालमा आफ्नो प्रभाव अझ विस्तार गर्न लागिपरेको छ। हिजोआज नेपाली छापाहरुमा यस्ता आशयका खबर तथा विश्लेषण आउने गरेका छन्। सन् १९६२ मा युद्ध लडेका हाम्रा दुइ विशाल छिमेकी चीन र भारतबीच झट्ट हेर्दा अहिले सम्बन्ध सामान्य झैँ देखिन्छ। तर स्थिति निकै जटिल तथा संवेदनशील बनेको आभाष विगत् केही समय यता पाउन थालिएको छ।

चीनको चेतावनीः

नेपाली भूमिमा फर्की तिब्बतको नारा लागिराखेको बेला, दलाई लामाले धर्मशालामा नेपाली सभासद्को टोली लगायत पश्चिमका चर्चित व्यक्तित्वहरुसंग भेट गरिरहेको बेला, चीनका नीति निर्माताहरु चाहिँ भारतलाई रणनीतिक चेतावनी दिइराखेका थिए। र यस्तो चेतावनी परोक्ष रुपमा झन् प्रखर रुपमा आउन थालेको छ। चाइना इन्षिटच्यूट अफ इण्टरनेशनल स्ट्र्टेजिक स्टडिज (चाइना आइ आइ एस एस) नामक ‘थिङ्क ट्याङ्क’ ले भारतलाई एक पछि अर्को धम्की दिएको छ। चाइना आइ आइ एस एस डट ओआरजी ठेगाना रहेको सो संस्थाको इण्टरनेट साइटमा हालका केही महिना यता भारत विरुद्ध उत्तेजक लेख तथा बिचारहरु प्रकाशित भैराखेका छन्।
‘भारत सरकारलाई चेतावनीः दुष्ट नबन’ शिर्षमा गएको अप्रिल महिनामा एउटा लेख प्रकाशित भएको थियो चाइना आइ आइ एस एस डट ओआरजी को उक्त वेबसाइटमा। लेख चीनियाँ भाषामा लेखिएको थियो। ‘भारत आजकाल दुष्ट व्यवहार गर्दैछ। स्थितिको मूल्याङ्कन गलत् ढंगले गर्दैछ। यस्तै बेठीक गतिविधि जारी राख्यौ भने भारत, तिमीले सन् १९६२ को जस्तो स्थितिको सामना गर्नु पर्नेछ, होस् गर,’ उक्त लेखमा भनिएको छ। जोङ्ग झाङ्ग लुइ नामक व्यक्तिले लेखेको भनी ‘बाइलाइन’ प्रकाशित उक्त लेखमा अगाडि भनिएको छ, ‘भारत अहिले फेरि सन् १९६२ को जस्तो भिडन्तको बाटो हिँड्न खोज्दैछ। भिडन्तको बाटो रोज्नु भनेको भारतका लागि महंगो पथ हो’।

अरुणाचल प्रदेश तथा आसाम क्षेत्रमा केही अघि भारतले थालेको सैनिक सुदृढीकरण र वायु सेनाको अखडा निर्माणको प्रतिक्रिया स्वरुप चीनबाट यस्तो चेतावनी भारतलाई आएको अनुमान एक थरी विश्लेषकको छ। भारतलाई युद्ध सम्मको धम्कीको भाषा प्रयोग गरी लेख लेख्ने विद्वानको नाम काल्पनिक ठानिएको छ। लेखकको चीनियाँ नाम ‘जोङ्ग झाङ्ग लुइ’ को अर्थ ‘चीन रणनीति’ भन्ने लाग्छ। त्यसैले यस्तो बिचार चीनियाँ कम्यूनिष्ट पार्टी कुनै ठूलै नेताले र्सार्वजनिक गरेको हुन सक्ने ठम्याइँ भारतीय विश्लेषकहरुको छ। त्यसो त चीनका अध्ययन वा अनुसन्धान सम्बन्धी कुनै पनि इन्ष्टिच्यूट वा संस्था हामीकहाँको जस्ता होइनन्। त्यस्ता संस्था चीन सरकार र त्यहाँको शासक कम्यूनिष्ट पार्टी निर्देशनमा हिँड्ने, तथा उनीहरुकै भनाइ गैरसरकारी भान दिने गरी खडा गरिएका हुन्छन्। यो तथ्य जो कोहीलाई थाहा छ।
सन् २००९ को जुन ११ को चीनको सरकारी ‘ग्लोबल टाइम्स’ नामक अखबारले पनि भारतलाई तारो बनाएको छ। ‘भारतको विवेकहीन सैनिक गतिविधि’ शिर्षमा एउटा लेख सो अखबारले छापेको छ। ‘… भारतको हालको गतिविधिले चीन र भारतबीच भिडन्त निम्त्याउँछ। चीनसंग हुने संभाव्य कन्फ्ण्टेशन -भिडन्त) को परिणाम के हुन सक्छ भन्ने कुरालाई भारतले गंभीरतापूर्वक बिचार गरेर मात्र काम गर्नु बुद्धिमानी हुनेछ,’ उक्त लेखमा भनिएको छ। चीन जान लगेको भारतीय खेलाडीको टोलीमा रहेका अरुणाचल प्रदेश निवासी खेलाडीलाई नयाँ दिल्ली स्थित चीनियाँ राजदूताबासले भिसा दिएन। ‘अरुणाचल क्षेत्र चीनको भूभाग हो। चीनियाँ भूमिमा बसोबास गर्नेका लागि चीन जान भिसा चाहिँदैन’ भन्ने जवाफ केही समय अघि सो दूताबासले दिएको थियो। भारतीयहरुको मथिङ्गल त्यसैबेला खल्बलिएको थियो।
अर्को एउटा घटनाले त दिल्लीका शासकहरुको सातो उडाइदियो। सन् २००८ मा भारतका प्रधानमन्त्रीले अरुणाचल प्रदेशको भ्रमण गर्ने कार्यक्रम बन्यो। चीनले ‘विवादित भूमिमा त्रि्रो भ्रमण किन? ‘ भन्ने प्रश्न गर्‍यो। चीनको यो चेतावनी पछि भारत सरकार आफ्ना प्रधानमन्त्रीको अरुणाचल भ्रमण रोक्न बाध्य भयो। अरुणाचलमा भारतले गर्न लागेको जलविद्युत विकास आयोजनामा एशियाली विकास बैँकले सहयोग गर्ने सर्न्दर्भ आउँदा चीनले गरेको विरोध पनि यही सर्न्दर्भमा हेर्नु उचित हुन्छ। यी सबै प्रकरणमा भारत नराम्रोसंग अपमानित भएपनि ऊ लुरुक्क परेर चुप लाग्न विवश बन्यो। चीनको शक्ति र प्रभावका अगाडि केही गर्न वा भन्न सक्ने हैसियत र आँट ऊसंग थिएन, र आज पनि हालत उस्तै छ। अरुणाचल प्रदेशलाई चीनले विवादास्पद भूमि मान्दै आएको छ भने भारत सो भूभागलाई आफ्नो प्रान्त दावी गर्छ।

नेपालको स्थान?

सोझो हेर्दा चीन भारतसंग रिसाउनुको कारण अरुणाचल प्रदेशको विषय हो भन्ने देखिन्छ। तर कारण यो एउटा मात्र होइन। नेपाली भूमिबाट चीन विरोधी गतिविधि बढेको, दलाई लामाले बढी चलमल गर्न थालेको, नेपालमा चीन विरोधीहरु प्रोत्साहित भएको जस्ता पक्षलाई चीनियाँहरुले अत्यन्तै गंभीर रुपमा लिएका छन्।

चीनियाँ कम्यूनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उप-मन्त्री ली होङ्ग चाईले २००९ फेब्रअरीमा, नेपाल भ्रमणमा रहेका बेला भनेका कुरा पनि संझना गर्नु यहाँनेर उपयुक्त हुन्छ। ‘कुनै पनि विदेशी शक्तिले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न चाल्ने कुनै पनि प्रकारको कदमको हामी प्रतिकार गर्र्छौँ,’ भनेका थिए चाईले त्यसबेला। उनले थप यसो पनि भनेका थिए, ‘चीनको परम्परागत् तथा प्राचीन मित्र नेपालको आन्तरिक मामलामा हस्तक्षेप हामी सहने छैनौँ’। १२ बुँदे दिल्ली संझौता देखि यताका समयमा नेपालको आन्तरिक राजनीतिमा भारतको प्रत्यक्ष हस्तक्षेप त अब गोप्य कूटनीतिको विषय नै रहेन, सबै कुरा पारदर्शी भएर बाहिर आएकै छन्। चीनले अहिले भारतलाई दिइराखेको चेतावनी र धम्कीलाई यस सर्न्दर्भमा समेत जोडेर हेर्नु उपयुक्त हुन्छ। नेपालको आन्तरिक राजनीति दिन प्रति दिन दिशाहीन तथा अन्योलग्रस्त बन्दै गएको छ। चीनको प्रभाव नेपालमा बढ्यो भनेर भारतीयहरु चिन्ता व्यक्त गर्दैछन्। ठीक यसैबेला चीनले भारतमाथि रणनीतिक दबाव बढाउँदै लगेको छ। विगत्लाई हेर्दा चीन भारत सम्बन्ध वा शत्रुतामा नेपालको भूमिका वा नेपालको सर्न्दर्भ कहिँकतै जोडिएको पाइन्न। तर घटनाहरुको सिलसिला र त्यसबाट आएको परिणाम, खास गरी १९६० र त्यसपछिका दशकहरुको स्थिति विश्लेषण गर्दा तस्बिर जटिल तथा अनौठो देखिन्छ। यस पर्रि्रेक्षमा यी प्रसंग पनि स्मरण गर्नु ठीकै होलाः सन् १९६१ को अक्टुबरमा कोदारी राजमार्ग निर्माण गर्ने संझौतामा पेकिङ्ग (अहिले बेइजिङ्ग) मा हस्ताक्षर भयो। लगत्तै भारतले नेपाल विरुद्ध नाकाबन्दी गर्‍यो। त्यसको केही समय पछि चीनले भारतमाथि आक्रमण गरी युद्ध शुरु गर्‍यो। युद्ध शुरु भएको लगत्तै भारतले नेपालमाथिको नाकाबन्दी हटायो। १९६२ मा भएको चीन भारत युद्ध पछिका झण्डै तीन दशक नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेपकारी भूमिका लगभग शून्य रहृयो।

भारतीयहरु के भन्दैछन् ?

सतही रुपमा हेर्दा चीनले भारतमाथि दवाव बढाउनुको कारण विवादित अरुणाचल प्रदेश हो। तर भारतीय विशेषज्ञ र विश्लेषकहरुले चीनको अहिलेको रणनीतिलाई वृहत्त पर्रि्रेक्षमा हेरेको पाइन्छ। सरकार बाहिरका केही विश्लेषकहरुले नीति निर्माताहरुलाई सजग गराइराखेका छन्। नयाँ दिल्ली स्थित इन्ष्टिच्यूट अफ डिफेन्स स्टडिज याण्ड एनालिसिस (आइडिएसएस) ले भारत सरकारलाई र्सतर्क हुन आग्रह गरेको छ। सो इन्ष्टिच्यूटकी सह-प्राध्यापक अबन्ती भट्टाचार्यले सोही संस्थाको रणनीतिक विश्लेषणमा मे १८, २००९ मा यस्तो सल्लाह दिएकी छन् ‘… भारतले दक्षिण एशियामा आफ्नो प्रभाव रक्षा गर्न विदेश नीति कार्यान्वयनको रणनीतिमा गंभीर पुनरावलोकन गर्नु जरुरी छ’। चीनले सिक्किमको ‘फिङ्गर एरिया’ भनिने २.१ वर्ग किलोमिटर भूभागमा दुइ वर्षअघि आफ्नो स्वामित्व दावी गरेदेखि, सिक्किम भारतमा विलय गरिएकोमा चीनले अहिलेसम्म औपचारिक रुपमा मान्यता नदिएको विषयलाई भारतीयहरुले गंभीरतापूर्वक हेर्न थालेका छन्।

भारतीय भूमिमा बसेर चीन विरुद्ध अवाञ्छित गतिविधि गर्दै आएका दलाई लामालाई अब नियन्त्रण गर्नु पर्छ भन्ने सुझाव पति भारतीय रणनीतिकारहरुले दिएका छन्। आइडिएसएसका प्राध्यापक पी. स्तोबद्नले भारत सरकारलाई यस्तो सुझाव दिएका छन्, ‘दलाई लामाले अब हार स्वीकार गरी ल्हासा र्फकनु उचित हुन्छ। लामाका समस्याको समाधान नयाँ दिल्ली र पश्चिमा राजधानीहरुमा होइन, बेइजिङ्गमा छ भनेर भारत सरकारले पनि बुझाउनु पर्छ’। दक्षिण एशियामा प्रभाव बिस्तार गर्ने रणनीतिमा रहेको बेइजिङ्गको विगत्को कार्यशैली विश्लेषण गर्दा चीनले चाहेको के हो भन्ने सम्म अनुमान गर्न सकिन्छ। तर के गर्न खोजेको हो र कसरी गर्ने हो भन्ने अनुमान लगाउन निकै गाह्रो छ। एउटा पक्ष चाहिँ प्रष्ट छ, चीन आक्रामक भएर आएको छ र त्यो कुरा भारतका शासकहरुले राम्ररी बुझे जस्तो देखिन्छ। तर महत्वपूण प्रश्न भनेको ‘कुरा बुझ्नु’ मात्र होइन। स्थितिको विश्लेषण सही समयमा, ठीक ढंगले गर्न सक्नु आवश्यक हुन्छ। यदि त्यसो गरिएन भने चेनयीले सन् १९६२ मा भनेको जस्तो स्थिति नआउला भन्न सकिन्न, दक्षिण एशियामा। ‘आसाममा ब्रेकफाष्ट खाएर, दिल्लीमा लञ्च खाने, अनि डिनर खान कन्याकुमारी पुग्ने’ चेन यीको त्यसबेलाको यस्तै हुकारको गन्ध अहिले बेइजिङ्गबाट आइराखेको छ। दक्षिण एशियाको राजनीतिक नक्शा बितेका ६२ वर्षा चौथो पटक परिवर्तन हुन लागेको त होइन भन्ने आशंकालाई पनि बल मिलेको छ, यो समग्र परिदृश्यले ।

Republished in new layout on 8/13/2013

Previous Comments

Thank you for the comment
written by Tanka Subedi , September 20, 2009

Dear Balbhadra Ji
Thank you for your comment. we will take it as positive comment.
yours
Pastor Tanka Subedi

Non sense Article
written by Rev Balbhadra JB Rana , September 18, 2009

Dear Pastor Tanka Ji,
It makes nonsense to give chance for articles like this… We check on your website for Church and kingdom related news and activities… Your website seems to be so much deviated towards so much secular news yet the name of your website is Nepalchurch.com
Pls Don’y mind for my comment
Rev Balbhadra JB Rana
Hebron

धन्य मेलमिलाप गराउनेहरु
written by prakash bagale , September 17, 2009

यो लेखले हामिलाई अबस्था बिश्लेषण गर्न सहायोग पर्याउँछ। हामि परमेश्वरका छोरा छोरी कहलिएका हरुले यि दुई छिमेकि विच मेलमिलाप होस् भनि प्रार्थना, साथै मेलमिलाप हुने खालको भुमिका खेलौं।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In