• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, June 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

“जहाँ सूर्य र चन्द्र रोकिए…”

by NC Reporter
August 13, 2013
in Articles

“जहाँ सूर्य र चन्द्र रोकिए…”

Written by Daulat Sakar

आज १३ मार्च, बिहाँनीपँख, हाम्रो द्धय बसहरु हामीहलाई बोकेर पूर्वदिशातर्फ ८:४५ बजे सुस्तरी दगुर्न थाल्यो। मित्र कृष्ण रायमाझी अतिथीको रुपमा हामीसँग अनौपचारिक रुपमा जानु भएको छ। पा. एम. बि. राईजी हिजो शुक्रबार याफामा रातभरि काम गर्नु भएको कारण शनिबार हामीसँग भम्रणमा जान सक्नु भएन। एउटा बसभित्र मैंले गाइड गर्नु परेको थियो अनि अर्को बसमा भगनित्वको भावमा मग्न भएर द्धय बहिनीहरु निरु श्रेष्ठ र सबिता गौतमले सानन्द गाइड गर्नु भएको थियो।

येशू ख्रीष्टको सुसमाचारका पुस्तीकाहरु बाड्नमा यी उत्साहित द्धय बहिनीहरुलाई आशमाया गुरुड० दिदीले साथ दिनुभएको थियो। धेरै नेपालीहरुले येशू ख्रीष्टको बारेमा लेखिएका पुस्तिकाहरु लगेका कुराहरु बहिनी निरु श्रेष्ठले मलाई अबगत गराउँदै रहिन। हामीहरु केही चाडै पुगेको कारण मिनी इस्राइल नगएर याद ला शिर्योन संग्रालय हेर्न गयौं। २५ सेकेल समूहमा प्रवेश गर्दा शुल्क तिर्नु पर्ने रहेछ। याद ला शिर्योन संग्रालयको प्रवेश द्धारमा मैंले सामूहिक बिम्बहरु खिच्न चाहेको थिए तर सकिन। भम्रण समूह मेरो नियन्त्रणभन्दा बाहिर गइसकेका थिए। हामीहरु याद ला शिर्योन आँगनको अग्र भागमा गोलाकारमा उभिएका थियौं। हामीलाई गाइड गर्ने युवा यहुदी भाईले यो ट्यांक संग्रालयको बारेमा अंग्रेजीमा बर्णन गर्दै जानुभयो। मैंले नेपालीमा अनुवाद गर्दै गए।

सन् १९४८ मा बिट्र्शि सरकारले यो ठाउँलाई परित्याग गरेपछि जोर्डनले नियन्त्रण र शासन गरेको थियो रे। सन् १९६७ को ६ दिने युद्धमा यहुदी टयांक बटालियनको सैन्य दस्ताले अग्रभागबाट यो भवनलाई २५ मिनेटसम्म लगातर फायरिड० गरेर भवनभित्र प्रवेश गर्दा २ घण्टा अघि नै जोर्डन सैन्यहरुले छोडी सकेको खाली भवनलाई अन्धाधुन्धा टयांकले फायरिड० गरेको भन्दा नेपाली मित्रहरु सबै जना गलल हाँस्नुभएको थियो। म हाँसेको थिए। हाम्रो युवा यहुदी गाइडर भाइको मूहारको सगरभरि स्मित मुस्कुराहटको स-साना खुशीका ताराहरु देखा परेथे।

तरणि गगनमा रीस पोख्दै गइ रहेकी थिइन। प्रायः सबैको द्धय गालाहरु, शरीर र पाखुरामा धेरे-थोरै पसिनाका खहरे बग्दै थियो। गाइडर भाइले सरल र स्पष्ट भावमा हामीलाई यो टयांक संग्रालयको बढो जोशसँग आरम्भमा अमेरीकी टयांक र अन्त्यमा इस्राइलको सैन्य टयांकको बखान र विश्लेषण गर्नुभयो। सन् १९६७ युद्धपछि धेरै देशहरुले इस्राइललाई सैन्य टयांकहरु बेच्न इन्कार गरेको हुनाले वाध्यताले आफैले निर्माण गरेको मेरकाभा टयांकको विकास र सुधार गर्न सफल भयो। जुन आपैले निर्माण गरेको मेरकाभा टयांकले शान्तिको लागि गालिल युद्धमा अपूर्व सफलता पायो। मेरकाभा टयांक १,२,३ हुँदै सन् २००४ मा मेरकाभा-४ निर्माण गर्यो। मेरकाभा-४ संसारको सबैभन्दा राम्रो सैनिक टयांक एमबीटि सरहको मानिन्छ। पहिले यहुदी गाइडर भाइ र म मेरकाभा-४ टयांकको छातीमा चढेर यसको विशेषता र अमेरिकी टयांकसँग तुलना गर्दै अमेरीकी टयांक भन्दा यो एडभान्स रहेको आदि बारेमा दश२ जनाको समूहमा टयांकमाथि चढ्न, स्पर्श गर्न, हेर्न लगाएर बताउँनु भएको थियो। गाइडर भाइले एक पल्ट टयांकको बखान गरेपछि मैंले मेरा टुर समूहलाई पूनः टयांकको बारेमा भन्नु परेको थियो। अहाँ क्या मज्जा अनि म ज्यादै रोमान्चित र प्रफुलित थिए आफुले सिकेको र जानेको कुराहरु सँगैको मित्रहरुलाई वर्णन गर्न पाउँदा।

टयांक संग्रालय वा तेगार्ट सुरक्षा किल्लाको दाहिने संज्ञाहरुको पर्खाल रहेछ जहाँ देश स्थापना भएदेखि लेबनान-२ युद्धसम्ममा ४,६९४ जना प्राणोत्सर्ग वीर सैन्यहरुको हिब्रु अक्षरहरुमा नामहरु शिलामा शिलान्यास गरिएको देखिन्थे। गाइडरले भन्नुभयो, “सहाद्त सैन्यहरुको पोष्ट वा स्तरको यहाँ उल्लेख गरिएको छैन् कारण मृत्यु सबैमा समान हुन्छ।” युवा यहुदी गाइडरले मलाई मात्र तेगार्ट सुरक्षा किल्लाभित्र लग्यो तर धेरै मित्रहरु मेरो पछि२ आउनुभयो। भवनभित्र प्रवेश गर्नसाथ लस्करै झुण्डाएर राखिएका विर सैन्यहरुको आत्मनिग्रहका रंगीबिरंगी बिल्लाहरु र रिबनहरु झुण्डाइएका देखिन्छन्। गाइडरले, यी भिन्न रंगका रिबनहरुले फरक२ समयमा बाँच्नको लागि अस्तित्व र युद्धको ह्दयविदारक इतिहासको गहन अर्थ बोकेको बताउँदै गयो।

भवनभित्र दाहिने मोडिदै गाइडरलाई पछ्यादै म गए देशभक्तीको द्धार भनिने अन्ध्यारो कोठामा पुगियो। जहाँ वीर इस्राइली सहिद सैन्यको एक२ बिम्ब आकृतिहरु, नाम, उमेर र सहाद्त भएको दिन पढन् पाइन्छ। सहिदहरुप्रति श्रद्धा गरिएको ह्दयस्पर्शी समधुर गीत र धून सुनी रहुँ लाग्छ। रजनिमय कोठाभित्र मेरा पछि२ मित्रहरु हुनुहुन्थ्यो। गाइडरले मौनतामा रहने आग्रह गर्दै थिए। हामीले प्रवेश गरेको दिशातिरको भित्तामा पासपोर्ट साइजका फोटाहरु स्क्रिनमा देखिदै थिए। गाइडरले भन्दै गए, “अघि बाहिरको पर्खालमा सहादत हुने सैन्यहरुको नामहरु मात्र थियो तर यहाँ यी बिम्ब आकृतिहरुमा सहादत हुने प्रत्येक सैन्यहरुको नाम र सम्पूर्ण विवरणहरु छ र सबै पढी सक्न साढे चार घण्टा समय लाग्छ।” भन्यो। हामीहरु उभिएको धरातल र ती विद्युतिय स्क्रिनमा देखिने बिम्बहरु बिचमा केही दूरी वा खाडल थियो। गाइडरले, “यो खाडल वारि हामीहरु जीवित छौं तर खाडल पारि ती वीर सैन्य मित्रहरु हामीलाई उज्यालो भविष्य दिएर सधैंको निम्ति अस्ताइ सकेका छन। यो खाडल वा दूरीले हामीहरु बाँच्ने र मर्नेहरु बिचमा कहिल्यै भेट हुन नसक्ने दूरत्व राखेको छ।” भन्ने गूढार्थ कुराहरु बतायो।

गाइडरको पछि२ म , मेरो पछि२ अरु मित्रहरु लाग्नुभएको थियो। हामीहरु दायाँबायाँ मोडिदै अघि गयौं। एक अन्धकार कोठामा माथि सगरबाट उज्यालो प्रकाशले पूर्ण साम्राज्य जमाएको थियो। सायद हामी उभिएको सतह पारदर्शि कञ्चन प्लाष्टिकको कडा थियो। तल गहिरो खाडलमा पानी छल्कदै गरेको स्पष्ट देखिन्थ्यो। अनि कोठाको चारैतिरको पर्खालचाहि माथिसम्म नै फलामको तर खौंरो खिया पर्दै गएको र पानीका बुँदहरुले तल खाडलमा मूहान बन्न पुग्दो रहेछ। हाम्रो गाइडरले मलाई यसको रहस्य बताउँदै गयो, “यी चारैतिर प्रयोग गरिएका फलामहरु ती बाहिर रहेका टयांकहरुबाट बनाइएका हुन र यी फलामका भितामा देखिएका प्वालहरु युद्धमा शत्रु पक्षबाट लाग्न पुगेका अमेट आघातहरु हुन। अनि तल खाडलमा देखिएका पानीका मूहानबाट यी फलामका भिताहरुमा पानीका बुँदहरु रसाउदँदै माथि जान्छन् र रसिदै तल झर्छन। यसैले यसलाई आँशुको धराहरा (Tower of Tear) भनिन्छ।” मलाई पारदर्शी शिशा अगाडि उभिन लगाएर, “निःशब्द पलभर अनिमेष हेरि रहनु, द्धय नयनहरुबाट आँशु झरिरहेका भ्रम हुनेछ।” भन्यो। वाँह, त्यो काँचमा मेरो अस्पष्ट आकृति देखिन्थ्यो र झरि रहेको पानीको वुँदहरु साच्ची नै मेरा द्धय नयनका डिलबाट अश्रुपात झै दिग्भ्रम हुन्थ्यो। “पहिले उभिएकै स्थानमा उभिएर, तल खाडलमा हेर, चार कुना आकृतिमा पानीमाथि एउटा ज्योति देखिन्छ, होइन? यसको अर्थ त्यो ज्योति जीवन हो। यो ज्योति कहाँबाट आयो भनी सबैले अनायासै शीर उठाएर माथि हेर्छौ? अनि माथितिर दृष्टि गौचर गर्नु नै आशा हो” उसले मेरो जिगमिषालाई शमन गरिदियो।

गाइडरले दैनिकी स्मारक कोठामा लग्यो जहाँ केहि फराकिलो र १२ वटा विभिन्न आकारका डोलो खम्बाहरु थिए जसले इस्राइलको १२ जातिको अद्धितीय एकता भन्ने भावना देखाउँन खोजिएको थियो। टिभी स्क्रिनबाट मान्छेका अर्ध कदमा श्याम स्वेत बिम्बहरु देखिन्थे। ती बिम्बहरुका नजिकै हिब्रु अक्षरहरु हरेक सहिदको बारेमा लेखिएका देखिन्थे। गाईडरले भन्यो, “ईस्राइलको स्थापनाकालदेखि आजसम्म टयांक पल्टनको सैन्यहरु विरतापूर्वक युद्ध गर्दा सहाद्त प्राप्त गरेका दिन, जन्म, पल्टन, मृत्यु आदि व्यक्तिगत विवरण पढ्न र आवाज सुन्न पाइन्छ।” हामीहरु यो संग्रालयबाट बाहिर निस्कि सकेका थियौं। गाइडरले हामीसँग विदा माग्यो। यसरी करिब डेढ घण्टा हाम्रो मनहरुलाई विमुग्ध तुल्याएर ऊ अनायासै आएको थियो र अनायासै हाम्रो दृष्टिपटबाट ऊ बिलुप्त हुन पुगेको थियो। विदा हुनुभन्दा अघि मैंले उसको हातमा चिसो पिउनु भनेर पचास सेकेल थमाइ दिएको थिए। तर उसले लिनु अस्वीकार गर्दै थियो, “प्लिज असेप्ट टु इट” भन्ने आग्रहलाई नकार्न नसकि थापेर ऊ गयो। मैंले बाकी समय नेपाली मित्रहरुलाई यो संग्रालयको बारेमा बताउँदै गए।

धेरै मित्रहरु चारैतिर छरप्रस्ट भइ सक्नु भएको थियो। मँसग त बहिनीहरु निरु श्रेष्ठ, सबिता गौतम, दिदी आशमाया गुरुड०, भाइ विदुर श्रेष्ठ, मित्र कृष्ण रायमाझी, बहिनी दावा सेर्पा, सिता राई र दिलकुमारी तामाड० मात्र पो रहेछन्। तर मज्जाले घुमेर टयांकहरु हेरियो, टयांकहरुमाथि चढेर धितमरुन्जेल बिम्बहरु खिचियो। मोबाइल भिजुलाइजेशन मित्र कृष्ण रायमाझीले गर्नुभएको छ ।दिउसो उषाले उग्र रुप धारण गर्दै गएकी थिइन। धेरैको पेटमा मुसा दगुर्न थाली सकेको थियो। हामीहरुले नचाहादा नचाहादै यो टयांक संग्रलयलाई विदा दिनु पर्यो। मिनी इस्राइल प्रवेश गर्नुभन्दा अघि खाना खाने विचार सबैले गरेका हुनाले हामीलाई लिएर डाइभरले बसलाई एउटा रमर्णिय अग्ला२ हरियाम्मे रुखहरु भएको उद्यानमा लगेर छोड्यो। मैंले टुर आयोजकको तर्फबाट मिनरल वाटर, जुस र नुडल्सहरु लगेको थिए द्धय बहिनीहरु निरु श्रेष्ठ र सबिता गौतमले सबैलाई दिनु थाल्नु भयो। धेरैले आपूसँग ल्याएको खानेकुराका पोकाहरु खोल्नु लाग्नुभयो। सुजन भाइ, निशा बहिनी, बिष्णु बहिनी र दावा सेर्पा बहिनीले ल्याएको खाने चिजहरु खाएर मेरो पेट टन्न भइ सकेको थियो। अन्य मित्रहरुले ल्याउनु भएको खानेकुराहरु त चाख्न सक्ने पेटमा स्थान नै थिएन। अनि खानेकुराहरु नलिइ आउनुहुने मित्रहरु पनि भोकैचाहि रहनु भएन। सबै जनाले बाढेर खाएका थियौ। यथार्थमा लिनुमा भन्दा दिनुमा बढो आनन्द छ।

१ बजे दिउसो हाम्रो बस मिनी इस्राइलको द्धारमा पुगी सकेको थियो। हामी सबै जनाले मिनी इस्राइलको भूमध्य सागरको दक्षिण तर्फ हुदै उत्तर दिशामा रहेको हिमाल खोरमोनसम्म पुगेर धेरै२ स्मृति प्रतिबिम्बहरु खिचेका छौं। यसरी दुई घण्टासम्म मिनी इस्राइल दोहोर्र्या तेहोर्ई घुमेर हाम्रो यात्रालाई मैंले नचाहेर पनि सबै मित्रहरुलाई समय भयो लौ जाऊ भन्नु परेको थियो। भम्रण त एक मृगमरीचिका मात्र हो। सामूहिक सहयोगको भावना सृजना गर्नु नै हाम्रो लक्ष्य थियो।

३ बजे मिनी इस्राइललाई मनभरी२ बोकेर बिदा हुन हाम्रा द्धय पाइलाहरु अगाडि बढ्दै गए। करिब आधा घण्टाको यात्रामा म चढेको बसभित्र नेपाली गीतहरुले सबै मग्न थिए। अनायासै मैंले मेरो मोबाइलमा भएको काठमाडौं, शालोम चर्चका आदर्णिय पा. ज्योतिकुमार सुनुवारले गाउनु भएको “जीउनलाई कसैको माया चाहिन्छ” बोलको भजन गीतले लघु यात्रा दूरीलाई स्वदेशमा छोडिएका आफन्तहरुको याद दिलाउन सफल भएको थियो। बसले हामीलाई ३:४० बजे गोधूलि परिवेषमा तेल अभिभ सहर पुराएर छोडी दियो। हामीहरु एक२ गर्दै तेल अभिभको चिल्ड्र्न पार्कबाट घट्दै गयौं। शायद थपिनुको अर्थ नै घट्नु रहेछ होला।

यो मिनी इस्राइल टुरमा विशेष गरेर बहिनीहरु गीता अधिकारी, रोजा ओली, निरु श्रेष्ठ, सबिना गौतम, भाइ छिरीड० लामा, भाइ रोमन ढकाल, भाइ टिका डुंगेल र मैंले नाम स्मरण गर्न नसकेका धेरै मित्रहरुको संज्ञाहरु मेरो ह्दयमा शेषांशको रुपमा पाहुना बनी सधैं रहेनेछन्। अनि उहाँहरु मेरो लागि साधुवादको पात्रहरु बन्न पुग्नुभएकोछ। उहाँहरुको सहयोग र साथले यो भम्रण सफलीभूत र घनीभूत बन्न पुग्यो। यति मात्र कहाँ हो र मित्रहरुले आगामी नँव वर्ष २०६७ सालमा मरुभूमिको मरुद्यानको रुपमा चिनिएको एक मात्र एलात सहरको मृगतृष्णा मेटाउने इच्छाहरु अव्यक्त रुपमा देखाउँनु भएको छ। के मैंले उहाँहरुको….?

मिनी इस्रायल (Mini Israel):

१. परिचयः तपाई र मेरो सम्पूर्ण इस्राइल भम्रण गर्ने समय र आर्थिक छैन्। अपसोच नमान्नुहोस् तर तपाईसँग दृढ संकल्प र केही आर्थिक खर्च गर्ने खुल्ला मनचाहि पक्कै हुनु पर्छ नी। अनि तपाईले सबै इस्राइल घुमेको अनुभव गर्न सक्नु हुन्छ मिनी इस्राइल पुगेर देख्न, भोग्न, स्पर्श गर्न र फर्केर आएर तपाईले आप्ना मित्रहरुलाई मिनी इस्राइलभित्र सबै इस्राइल सानाम्मे देखिन्छ भन्न सक्नुहुनेछ। त्यस समय तपाई अरु मित्रहरुभन्दा भिन्न सगरमाथाको उचाईमा पुगेको अनुभव गर्नुहुनेछ।

मिनी इस्राइल लार्तुन नजिक आयोलोन उपत्यकामा पर्दछ यथार्थमा, मिनी इस्राइल एउटा सानो उद्यान वा बगैचा मात्र हो। जसलाई राम्ररी घुम्न केवल एक घण्टा समय लाग्दछ। यो एउटा कुनामा भएर पनि धार्मिक, पर्यटकीय र विकासको गतिलाई आफुभित्र प्रवल रुपमा राख्न समक्ष देखिन्छ। इस्राइलभित्र रहेको धार्मिक स्थलहरु, मन्दिरहरु, भवनहरु, नदी, पहाड, हिमाल आदिको वास्तविक आकृतीलाई सानो गरेर हुबहु नक्कल गरी निर्माण गरेर राखीएको छ मिनी उद्यानभित्र…।

मिनी इस्राइल डेबिडको तारा आकृतिमा ६ कोणहरु आकृतिमा निर्माण गरिएको छ। यी ६ कोणहरुले इस्राइलका प्रमुख ६ सहरहरु तेल अभिभ, जेरुशलेम, हाइफा, गालिल, नेगेभ र केन्द्रलाई प्रतिकात्मक रुपमा भन्न खोजेको देखिन्छ। यो उद्यानभित्र बेन गुरीयन यअरपोर्ट, मृतसागर, पुरानो सहर यरुशलेम, इलात, तेल अभिभ, हाइफा, अक्को, नासरत, तिबेरियास, हिमाल खेरमोन आदि काटीकुटी उस्तै गरि निर्माण गरिएकोछ।

यहुदी, क्रिश्चियन र मुस्लिम त्रय धार्मिक आस्थाका बढो त्रिकोणात्मक रुपमा मिलाप देखाउने उदेश्यले निर्माण गरिएको उद्यानको सुनौलो सपना देख्‌ने व्यक्ति भने ऐइरान गाजीत हुन। गाजीत जब उनी घुम्न भनी निदरल्याण्ड पुगेथे। एक दिन उनले निदरल्याण्डको प्रख्यात मादुरोदाम मिनीएचरबाट प्रभावित भएर इस्राइल जन्मभूमि फर्किएपछि उनी र उनका मित्र मिलेर यो मिनी इस्राइलको सपनालाई सन् नोभेम्बर २००२ मा मूर्त रुप दिएका हुन। आरम्भको नारा, यी सबै सानाम्मे देखिनेछन् (See, It all Small) राखिएको पाउदछौं। यो उद्यानको निर्माणकर्ता, कालीगढहरु, नमूना निर्माताहरु इस्राइलभित्रको १०० जना जो सामाजिक, धार्मिक र अन्य विज्ञहरुमध्येबाट छानिएका हुन। यहाँ भर्खर सोभिएत संघबाट आएका आप्रावसी यहुदीहरुका शिल्प र कलाहरु पस्फुरित हुन पुगेका स्प्रष्ट देख्न सकिन्छ।

नमूनाहरु:

यो पार्कमा ३५० साना ठूला भवनहरु, ३० हजार आकृतीहरु, ५ सय जनवारहरु, १५ सय बोन्साइ जातका साना-ठूला रुखबिरुवाहरु जुन अग्रोनोय नर्सरीबाट ल्याएर रोपिएका हुन, ४७ सय कारहरु, १०० मोटरबाइक, १४ वटा रेलहरु, ३ वटा हेलीकप्टरहरु, ३२ वटा एअरक्राप्टहरु, १७५ वटा पानीजहाज र २३० वटा ट्र्कहरु स्थापना कालमा थिए भने वर्तमान यी सबै टुटफुट भएका कारणले नदेखिन सक्छन्।

२. बाइबल र आयोलोन उपत्याका (बेंशी) (Bible n Ayolon Valley):

पुरानो करार बाइबलमा मृगको बास्स्थान अनि प्राचीन एक सहर रहेको विश्वास गरिने आयोलोन उपत्याका आपैमा एक अनुपम देखिन्छ। यो भूभाग यहोशुले १२ कूलहरुलाई भागवण्डा लगाउँदा दान कूलको भागमा परेको थियो। तर दान कूलले एमोरीहरुलाई यस भूभागबाट धपाँउन सकेनन् (न्यायकर्ता १:३५) र एक लेबी कूललाई एक सहर दिएको (१ इतिहास ६:६९) थियो। यो उपत्याका बेत शेमेशदेखि धेरै टाढा छैन् (२ इतिहास २८:८)। यो विभाजित यहुदा र इस्राइल द्धय राज्यको सिमाना (१ शामूएल १४:३१) थियो।

अगुवा यहोशू र इस्राइलीहरुले एमोरीहरु बिरुद्ध युद्ध गर्दा आयोलोनको बेंसीमा युद्ध मोर्चाबाट नै इस्राइलीहरुले सुन्ने गरी यहोशूले परमप्रभुलाई , “हे सूर्य, तँ गिबोन डाँडामाथि र हे चन्द्र तँचाहि आयोलोनको बेंसीमाथि अडिरह…” बिनित भावमा याचना गरेथे। अनि “…सूर्य र चन्द्र रोकिए…।” (यहोशू १०:१२,१३) ।

३. लार्तुन ( Latrun):

आयोलोन उपत्याकामा अवश्थित लार्तुन सान्निध्यमा रहेको अर्को एक हेर्नलायक मनोरम स्थल यरुललेमदेखि २५ किमी र तेल अभिभबाट ३५ किमी दूरीमा पर्दछ। लार्तुन शब्दको उत्पति ले तोरोनबाट ब्युत्पति भएको हो जसको अर्थ बहादुरहरुको किल्ला हुन्छ। सन् १९४८ को अरब-इस्राइल युद्धमा अरबहरुको युद्ध नीति लार्तुन उपत्याकाको बाटो बन्द गर्नु र पश्चिम यरुशलेममा बसोबास गरेका यहूदाहरुको बीचमा खाद्य सामाग्रीहरुको अभाव सृजना गर्नु रहेको थियो। सन् १९६७ मा ज्यानको आहुती दिएर यहुदीहरुले लार्तुनसहित आयोलोन उपत्याकामाथि विजय प्राप्त गरेका थिए।

४.याद ला शिर्योन संग्रालय(Yad la Shiryon Museum):

यसलाई कार्यालय भाषामा द आमर्ड र्कोप्स मेमोरिएल साइट एण्ड म्यूजिएम एट लार्तुन (The Armed Corps memorial site and museum at Latrun) भनिन्छ। यो इस्राइलको टयांक प्रयोग गर्ने सैन्य जवानहरुले सहादत प्राप्त गरेका र युद्ध टयांकहरुको संग्रालय हो जुन संसारको टयांक सग्रालयहरुमा एक मानिन्छ। यो वर्तमान देखिएको टयांक स्रग्रालय पहिले एक विशेष सुरुक्षा किल्ला मानिन्थ्यो र पछि प्रथम विश्व युद्धपछि बिट्र्शि सरकारको पुलिस स्टेशन बन्न पुगेको थियो। यो याद ला शिर्योनको आँगनमा विगत इतिहासको काल खण्डमा विभिन्न देशहरुले युद्धताका प्रयोग गरेका टंयाकहरु संग्रह गरेर राखिएका छन्।

सुरक्षा किल्लाको दायाँ पर्खालमा इस्राइल स्थापना कालदेखि ट्याकंमा सहभागी भएर देशको निम्ति सहादत हुने सैन्यहरुको नामहरु शिलामा शिलान्यास गरि राखीएका छन्। सुरक्षा किल्लाको अग्लो धराहरोलाई आँशुको धराहरा भनिन्छ। धराहरामा ट्यांक (Tank on the Tower) हेर्न लायक छ भने अनि सानिध्यतामा त्रय देशहरु अमेरीकाको शेरमन, सोभिएत संघको टि-३४ र बेलायतको क्रोमवेल त्रय रुग्ण भग्नावषेश टंयाकहरु यादगार स्वरुप केही उच्च स्थलमा राखिएका रहेछन्। सन् १९४८-१९६७ सम्म अरब इस्राइल युद्धताका प्रयोग गरिएका युद्ध टयांकहरु १५० भन्दा बढी याद ला शिर्योन संग्रालयमा देख्न, स्पर्श गर्न र चढेर बिम्बहरु खिच्न बिलखबन्दमा नपरी पाइदा रहेछन्।

५. त्राप्पिस्ट आश्रम (Trappist Monestery):

सन् दिसेम्बर १८९० मा फ्रान्स, जर्मन र प्लेमिसका सन्यासीहरुले एउटा आश्रम घरको निर्माण गरेर सो घरलाई श्रद्धा स्वरुप त्राप्पे अब्बेएको नाममा त्राप्पिस्ट मोनेस्टेरी नामाकरण गरे। त्राप्पिस्टहरु रोमन क्याथोलिक सन्यासीहरु हुन जसले सन्त बेनेडिक्टको सिधा आज्ञाहरु पालना गर्दछन्। त्राप्पिस्ट नाम ला त्राप्पे अब्बेए भन्ने व्यक्तिको नामबाट आएको हो जुन फ्रान्सका बासिन्दा हुन्। यी सन्यासीहरुले सो आश्राम वरिपरिको खाली जग्गामा दाखबारी लगाए। आज विभिन्न प्रकारको रक्सि उत्पादन गरि अब्बेए शोप (Abbey shop)बाट विक्री वितरण गरिएको पाइन्छ। यी सन्यासीहरुकोले आप्नो जीवनमा त्रय करारहरु पालना गर्नुपर्दछ। १. स्थायीपन, २. भक्ति र ३. आज्ञाकारिता। मौनताको जीवनयापन गर्नु यिनीहरुको मूख्य लक्ष्य हो। तर यिनीहरुले मौनताको करारचाहि खादैनन्। त्राप्पिस्ट सन्यासीहरु आवश्यक भएमा मात्र बोलचाल गर्छन नभए सांकेतिक भाषाको प्रयोग बढी गर्दछन्। सन्यासीहरुले मौनताको जीवन यापन गर्नाले ईश्वरको सामिप्य र प्रेमको गहिराईमा पुगिन्छ भन्ने दृढ विश्वास गर्दछन्।

लघुतामा: आयोलोन उपत्याका (बेंसी)मा रहेको लार्तुन, त्राप्पिस्ट आश्रम, याद ला शिर्योन र मिनी इस्राइल नपुग्नु भनेको नै इस्राइलको अधुरो यात्रा गर्नु जस्तै हुन पुग्नेछ।

पा. दौलत साकार
नेपाली नँव जागृति सेवाकार्य
नेभे शानन-१५
तेल अभिभ, इजरायल

Republished in new layout on 8/13/2013

Previous Comment

written by daulat sakar , March 30, 2010

आदर्णिय नेपालचर्च डट सम्पादकज्यू
न्यानो जय मसिही अभिवादन ।

जहाँ सूर्य रचन्द्र रोकिए…लेखमा लेखकको नाम र ठेगाना हजुरले प्रकाशित गर्नु छुटाउनु भएकोमा सो प्रति ध्यानाक्रार्षित गराउनु चाहान्छु ।
धन्यवाद ।
ब्रदर दौलत साकार
इस्राइल्बाट ।
यस्तो हुनु पर्ने ….

“जहाँ सूर्य र चन्द्र रोकिए…”

पा. दौलत साकार
नेपाली नँव जागृति सेवाकार्य
नेभे शानन-१५
तेल अभिभ, इजरायल

धन्यवाद ।

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In