एउटा अनौठो घटना घटयो। एउटा थोत्रो बाकसमा स्मिथले एउटा बाइबल फेला पारे। तिनले बाइबललाई खुबै पढे, त्यसमाथि विश्वास गरे र वचनअनुसार जिउन थाले। वचनले तिनको जीवनमा यस्तो क्रान्ति ल्याइदियो कि ती विद्रोही र डाँका भनेर चिनिने स्मिथ सन्तको रूपमा रूपान्तरण भए। ती बच्चाहरू र विधवाहरूलाई पनि तिनले वचन सिकाए। समय बित्दै गयो। ती बच्चाहरू ख्रीष्टियान बने। त्यस समुदायले अत्यधिक उन्नति गर्दै गयो। झण्डै बीस वर्षपछि एउटा अमेरिकी पानी जहाज त्यस टापूमा आइपुग्यो जसले यूरोप र इङ्गल्याण्डमा खुसीको खबर पुर्यायो।
Mutiny on the Bounty नामक पुस्तकमा एउटा घतलाग्दो साँचो कथा उल्लेख गरिएको छ। ख्रीष्टाब्द १८८७ मा कप्तान विलियम ब्लाईको नेतृत्वमा ताहिती नाम गरेको टापूतर्फ एउटा पानी जहाज प्रस्थान गर्यो। दस महिनापश्चात् उक्त जहाज आफ्नो गन्तव्यमा पुग्यो र खजुरका बिरुवाहरू बटुल्न तिनीहरूले त्यहाँ ६ महिना बिताए। त्यस अवधिमा त्यहाँका स्थानीय युवतीहरूसित नाविकहरूको माया बसिसकेको थियो। कप्तारन ब्लाईले नाविकहरूलाई जहाजमा चढी घर र्फकन आज्ञा दिँदा तिनीहरू मानेनन्, बरु तिनीहरूले विद्रोह गरे। विद्रोहका अगुवा फ्लेचर र तिनलाई साथ दिने नाविकहरूले कप्तान र तिनका मित्रहरूलाई एउटा डुङ्गामा हाली महासागरमा होमिदिए। तिनीहरू मर्नुपर्थ्यो तर मरेनन्। तिनीहरू कुशलसाथ इङ्गल्याण्ड आइपुगे। विद्रोहीहरूलाई समात्न एउटा दल उक्त टापूमा पठाइयो र चौध जना समातिए। तर, नौ जनाचाहिँ पिटकैर्न नामक टापूमा भागिसकेका रहेछन्।
त्यस टापूमा तिनीहरू यति बिग्रिए कि त्यस ठाउँलाई तिनीहरूले नरक बनाए। त्यहाँ उपलब्ध बिरुवाबाट बनाएका रक्सी सेवन तिनीहरू बिग्रनुको मुख्य कारण थियो। झगडा, मद्यपान, हत्या तिनीहरूका जीवनका सामान्य क्रियाकलापहरू बनेका थिए। तिनीहरूका चरित्रहीन व्यवहारको कारणले कोही मारिए भने कोही मरे र अन्त्यमा अलेक्ज्याण्डर स्मिथ नाम गरेको व्यक्ति मात्र बाँचे र तिनका साथमा विधवाहरू र स-साना नानीहरू मात्र बाँकी रहे। त्यसपछि एउटा अनौठो घटना घटयो। एउटा थोत्रो बाकसमा स्मिथले एउटा बाइबल फेला पारे। तिनले बाइबललाई खुबै पढे, त्यसमाथि विश्वास गरे र वचनअनुसार जिउन थाले। वचनले तिनको जीवनमा यस्तो क्रान्ति ल्याइदियो कि ती विद्रोही र डाँका भनेर चिनिने स्मिथ सन्तको रूपमा रूपान्तरण भए। ती बच्चाहरू र विधवाहरूलाई पनि तिनले वचन सिकाए। समय बित्दै गयो। ती बच्चाहरू ख्रीष्टियान बने। त्यस समुदायले अत्यधिक उन्नति गर्दै गयो। झण्डै बीस वर्षपछि एउटा अमेरिकी पानी जहाज त्यस टापूमा आइपुग्यो जसले यूरोप र इङ्गल्याण्डमा खुसीको खबर पुर्यायो। ब्रिटिस सरकारले दण्ड दिने मनसाय त्यागिदियो। त्यो ख्रीष्टियान समुदाय भइसकेको थियो। त्यहाँ कुनै रोग, पागलपना, अपराध, निरक्षरता थिएन। जीवन सुरक्षित थियो। नैतिक स्तर संसारका अन्य कुनै ठाउँको भन्दा त्यहाँको उच्चतर थियो। के ले यो अविश्वसनीय परिवर्तन ल्यायो? बाइबल ।
बाइबलको जीवन परिवर्तन गर्ने क्षमताको सम्बन्धमा भएको एउटा नमुना हो यो। यथार्थमा बाइबलको प्रभाव विश्वव्यापी छ। मानवीय क्रियाकलापहरूको हरेक पक्षलाई बाइबलको शक्तिले असर गरेको छ। साहित्य, भाषण, नीजामति कानुन, राजनीति, कला, सङ्गीत आदिमा बाइबलको अद्भूत प्रभाव देख्न पाइन्छ। अमेरिकालगायत धेरै राष्ट्रहरूले तिनीहरूको कानुन बाइबलको पुरानो करारमा पाइने नीजामति व्यवस्थाको आधारमा बनाएका छन्। यसलाई ध्यान नदिने राष्ट्रहरू बर्बरतापूर्ण राष्ट्रहरू हुन्। चर्चित कलाकारहरूले विभिन्न क्षेत्रमा आफ्नो कलाको उत्पादनमा बाइबललाई आधार बनाएका छन्। वास्तवमा पाश्चात्य सभ्यता प्रत्यक्षरूपमा बाइबल र यसका शिक्षाहरूमा स्थापित छ। संसारको पात्रो र यसका प्रायः विदाका दिनहरू बाइबलबाट प्रादुर्भाव भएका छन्। ब्रिटिस टापूहरूका रगत पिउने जङ्गलीहरूलाई शिष्टतामा उठाउने देन बाइबलले नै गर्यो। सम्पूर्ण उच्च कलाहरूका प्रगतिलाई बाइबलले नै प्रभाव पारेको छ। कलाको क्षेत्रमा हेर्दा बाइबलका प्रसिद्ध दृष्यहरूको वर्णन गर्ने विश्वका बहुचर्चित चित्रहरू आजसम्म सुरक्षित छन्। ती रचना गर्नेहरूमा लिओनार्दो दा भिन्ची, रेम्ब्रान्ट, राफेलर, मिखाएल एङ्गेलो आदि पर्दछन्। सङ्गीतको क्षेत्रमा बाइबलले जति प्रेरणा दिएको छ त्यति अन्य कुनै पुस्तकले दिएको छैन। लाखौं मानिसहरूलाई अन्धकारमय जीवनबाट परिवर्तन गरी उज्यालोमा ल्याउने काम बाइबलले नै गरेको छ। आज व्यक्ति, परिवार, समाज, प्रान्त र राष्ट्रलाई गलत मार्गबाट फर्काई असल मार्गमा डोर्याउने काम बाइबलले नै गरेको छ। बाइबलले अनगिन्ती पाटोमा पारेको प्रभावमध्ये यहाँ हामी चार ओटालाई ध्यान दिनेछौं।
१. साहित्यमाथि बाइबलको प्रभाव
यहूदी धर्मबाट ख्रीष्टिय-मतको प्रादुर्भाव भएको हो। यहूदी धर्मको सुरुआतबाट नै लिखित वचनमाथि जोड दिइएको छ। तर, समूहगत रूपमा कक्षामा सिकाइने प्रणालीको जरा भने सुधारवाद अभियानमा गडेको छ। बाइबल साहित्यलाई वृद्धि गर्न ख्रीष्टियानहरू नै शिक्षाका अगुवाहरू बने। छापाखानाको उदयले यस उन्मुखतालाई झन् बढवा दियो। संसारका धेरै भाषाहरूलाई लिपिबद्ध गर्नेहरू ख्रीष्टियान मिसनरीहरू नै थिए। हार्वड, प्रिन्सेटोन, याले, कोलम्बियाजस्ता अमेरिकाका ख्यातिप्राप्ता विश्वविद्यालयहरू ख्रीष्टियानहरूद्वारा नै स्थापना गरिएका थिए। वास्वतमा अमेरिकाका अघिल्ला १२६ ओटा क्याम्पस र विश्वविद्यालय येशूको महिमा र सुसमाचारको वृद्धिका निम्ति स्थापना गरिएका थिए।१ आफ्ना छोराछोरीहरूलाई सिकाउनु पर्छ भन्ने बाइबलको आज्ञालाई ख्रीष्टियानहरूले गम्भीरतापूर्वक लिएकाले नै यो प्रगतिशील परिणाम देखा परेको हो। मिल्टन र सेक्सपिएरजस्ता पाश्चात्य जगत्का चर्चित लेखकहरूका कृतिहरूले बाइबलमा जरा गाडेका छन्।
साहित्यमाथि बाइबलले यति प्रभाव पारेको छ कि पृथ्वीको धरातलबाट सबै बाइबललाई मेटिदिने हो भने पनि अन्य पुस्तकहरूमा उधृत बाइबलका उद्धरणहरूलाई एकत्रित गरी बाइबलको अपरिहार्य शिक्षामा बाधा नपर्ने गरी पुनः बाइबलको रचन गर्न सकिन्छ भनी बाइबल विद्वान्हरू विश्वास गर्छन्। पाश्चात्य जगत्को साहित्यभित्र नाप्नै नसकिने गरी बाइबलले प्रवेश पाएको छ। वास्तवमा पाश्चात्य साहित्यलाई बाइबलले जति अन्य कुनै पुस्तकले प्रभाव पारेको छैन। बाइबलको जन्मदेखि आजसम्म बाइबलले असङ्ख्य पुस्तकहरूको रचना गर्न प्रेरित गरेको छ। विश्वविख्यात नाटककारसाथै नोबेल शान्ति पुरस्कार विजेता एली विजेलले अवलोकन गरे, “प्रेरणा पाएको पुस्तक बाइबल पनि प्रेरणाको एउटा श्रोत हो। सामाजिक र नैतिक धरातलसाथै साहित्यिक सिर्जनामा यसको प्रभावको लागि कुनै समानता छैन।”२
२. आधुनिक विज्ञानको उदयमाथि बाइबलको प्रभाव
आधुनिक विज्ञानको जरा ख्रीष्टिय-मतमा फैलिएको छ। अन्य धेरै धर्मले भाग्यवाद र भ्रमवाद जस्ता दृष्टिकोणलाई सिकाउने भएकाले ती दृष्टिकोणबाट विज्ञानको जन्म हुन असम्भव छ। एउटा बौद्धिक परमेश्वर अस्तित्वमा हुनुहुन्छ जो बौद्धिक सत्यताको स्रोत हुनुहुन्छ भनी बाइबलले सिकाउँछ। यही अवधारणाले वैज्ञानिक नियमका सम्भावनाहरूलाई उजागर पार्न प्रेरित गर्योण। केप्लर, पास्कल, बोइले, पाश्चर, न्यूटनजस्ता आधुनिक विज्ञानका संस्थापकहरू बाइबल विश्वास गर्ने ख्रीष्टियानहरू थिए। आधुनिक विज्ञानको उदय र विकासमा ख्रीष्टियान विश्वासले खेलेको अपरिहार्य भूमिकालाई अहिले विज्ञानका इतिहासकारहरूले महसुस गर्न थालेका छन्। विज्ञान मानव-जातिका लागि स्वभाविक कुरो होइन। विज्ञानका लेखक लोरेन ऐज्लेको भाषामा विज्ञान एउटा आविष्कृत सांस्कृतिक संस्था हो जसलाई हुर्कनका लागि अद्वितीय माटाको खाँचो पर्छ।३ आधुनिक विज्ञानको उदय न ता पूर्वीय क्षेत्रमा न अफ्रिकामा नै भयो, तर पाश्चात्य मानव सम्यतामा। किन यस्तो भयो? पाश्चात्य संस्कृतिमा भएको ख्रीष्टियान विश्वासको अद्वितीय योगदानले गर्दा नै यस्तो भएको हो। उही लेखक थप्छन्, “विज्ञानको परिक्षणात्मक विधिलाई स्पष्ट र स्वच्छ तरिकाले जन्म दिने त ख्रीष्टियान जगत् नै हो।”४
३. सभ्यतामाथि बाइबलको प्रभाव
मानव-जातिले जानेको उच्चतम आदर्शहरूलाई बाइबलले प्रस्तुत गरेको छ। यी ती आदर्शहरू हुन् जसले सही सभ्यताको आकार दिए। विश्वको इतिहास अध्ययन गर्ने सबैका लागि पाश्चात्य जगत्मा बाइबल र यसको शिक्षाको प्रभाव सुस्पष्ट छ। विश्व घटनाहरूमा पाश्चात्य जगत्मा बाइबलले खेलेको प्रभावकारी भूमिकालाई कसैले बिर्सन सक्दैन। संसारमा अन्य कुनै पुस्तकले भन्दा बाइबल धर्मशास्त्रले सभ्यतामाथि बढी प्रभाव पारेको तथ्य इतिहासमा र्छलङ्ग छ। वास्तवमा संसारको कुनै पनि महान् नैतिक र धार्मिक कृतिले ख्रीष्टियान सिद्धान्तमा नैतिकताको गहिराइलाई उछिन्न सक्दैन। पाश्चात्य जगत्मा बाइबल बुद्धिजीवी, नैतिक र आत्मिक मानिसहरूको ज्यादै उपलब्ध, भरपर्न योग्य श्रोत र निर्णायक पुस्तक बनेको छ।
एउटा समाजमा जब बाइबलको प्रभाव बलियो हुन्छ त्यस समाजको सारा पाटोमा सकरात्मक ढङ्गमा यसले असर गर्छ। यसको विपरीत जब समाजले परमेश्वरतर्फआफ्नो पिठिउँ फर्काउँछ त्यो समुदाय दुष्टताको भुमरीमा फस्न थाल्छ। मूर्तिपूजा गर्ने इङ्गल्याण्डलाई आफ्नो मूर्तिपूजा त्यागी सभ्यताको बाटोमा हिँड्न लगाउने प्रेरणा बाइबलले नै दिएको थियो। जर्मनको स्वतन्त्रता र उन्नतिको कारण बाइबल नै हो भनी कवि गोथेले उल्लेख गरेका छन्।५ प्रजातन्त्रको गढी भनेर चिनिने संयुक्त राज्य अमेरिकाको उन्नतिको जग र स्रोत बाइबल नै हो। “जनताका लागि जनताद्वारा जनताले चलाउने शासन-पद्धति नै प्रजातन्त्र हो” भन्ने अब्राहाम लिङ्कनको अक्षय परिभाषा सुधारवादका बिहानको ताराको रूपमा चिनिने जोन विक्लिफको बाइबलको परिचयबाट उधृत गरिएको हो। नव ब्रिटानिका विश्वकोशमा ग्रडी डेभिस लेख्छन्, “पाश्चात्य जगत्का सारा प्रमुख भाषाहरूमा बाइबलले परमेश्वर, ब्रम्हाण्ड र मानव-जातिबारे यसको धारणालाई ल्यायो।”६
४. परोपकारी अभ्यासहरूमाथि बाइबलको प्रभाव
बाइबलीय शिक्षामा आधारित रहेर थालनी गरिएका परोपकारी संस्थाहरू संसारमा अनगिन्ती छन्। येशूको आगमनअगि प्राचीन संसारमा संगठित परोपकारी प्रयास नगण्य थियो भनी इतिहासकारहरूले हामीलाई बताएका छन्। समाजमा सबैभन्दा पीडित र निन्दनीय व्यक्तिहरूलाई मद्दत गर्नु येशूको सेव-कार्यको एउटा महत्त्वपूर्ण पक्ष थियो। बाइबलमा उल्लिखित असल सामरीको दृष्टान्त परोपकारसम्बन्धी एउटा उत्कृष्ट उदाहरण हो। ऐतिहासिक रूपले कुनै धर्ममा जब ख्रीष्टिय-मतले प्रवेश पायो तब ख्रीष्टका आज्ञाहरू मान्नेहरूले गरिब, पीडित, रोगी र आश्यकतामा परेकाहरूलाई मद्दत गर्न थाले। वर्तमान समयका अधिकांश अस्पतालहरू, परोपकारी संघ-संस्थाहरू, अनाथालयहरूसाथै बचाउ मिसनहरू ख्रीष्टियानहरूद्वारा नै स्थापना गरिएका हुन्। परमेश्वरको प्रेमलाई व्यावहारिक रूपमा देखाउनुपर्छ भन्ने बाइबलीय आज्ञाअनुसार तिनीहरूले यसो गरे। कमजोर, दुर्बल र पीडितहरूको सेवामा परमेश्वरले सधैं चासो राख्नुनहुन्छ। तर, दुष्ट समाजले कमजोर, सहाराहीन र कष्टमा परेका सदस्यहरूलाई प्रायः सधैं नष्ट गर्छन्। यो सत्य हो कि येशूको नामभन्दा बाहिर पनि परोपकारी संस्थाहरू नखुलेका होइनन्, तर बाइबलको प्रभावमा खुलिएका संस्थाहरूको तुलनामा ती नगण्य छन्। पीडितहरूप्रति भएको ख्रीष्टियानहरूको प्रेमलाई डी. सूज व्यक्त गर्छन्, “अफ्रिकामा एउटा ठूलो अनिकाल पर्यो वा जातिय संहारको खबर आयो भने अन्य संस्कृतिका धेरै मानिसहरू बेचैन हुँदैनन्। जस्तो एउटा चिनियाँ उखानले बताउँछ, ‘परदेशीहरूका आँसु केवल पानी हुन्।’ तर पाश्चात्य जगत्मा बसेका हामीहरू सहायताको लागि हतारिन्छौं। … हामीले यसो गर्नुको एउटा कारण हो हामीले ख्रीष्टियान उत्तरदायित्वलाई महसुस गरेका छौं। … प्राचीन ग्रीक र रोमीहरूले यसमाथि विश्वास गरेनन्। ‘हो, यो समस्या हो, तर यो हाम्रो समस्या होइन’ भन्ने आज विद्यमान अन्य संस्कृतिमा साधारणतः अङ्गालिएको विचारलाई तिनीहरूले अङ्गाल्थे।”७
मानव धरतीले बाइबललाई नपाएको भए आजको यस प्रगतिशील मानव सभ्यतालाई देख्नर पाईंदैनथ्यो। मानिस उन्नतिको खुडुकिलोमा होइन फेदीको वरिपरि घुमिहिँड्थ्यो।लाखौं मानिसहरूको दृष्ट मार्गमा सुधारात्मक अवरोधले ठाउँ पाउँदैनथ्यो। कैयौं असम्भ समाजहरूको बर्बरतापूर्ण अवस्थामा नै अन्त्य हुन्थ्यो। र, यो लेख तपाईंले पढ्न पाउनु हुन्नथ्यो हिब्रूका लेखक लेख्छन्, “परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुइधारे तरवारभन्दा बढी धारिलो हुन्छ” (४:१२) । प्रेरित पत्रुस थप्छन्, “परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, विनाशी होइन तर अविनाशी वीर्यबाट तिमीहरू नयाँ गरी जन्मेका छौ” (१ पत्रुस १:२३)। मानव-जातिको चौतर्फी पाटोमा भएको बाइबलको ऐतिहासिक प्रभावलाई कसैले इन्कार गर्न सक्दैन। बाइबलले ल्याएको आशिष्लाई अमेरिकी लेखक बेट्टी मिलर व्यक्त गर्छन्, “हाम्रो समाजमा हामीले प्राप्त् गरेको हरेक असल आशिष् प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परमेश्वरको अनुग्रह र बाइबलको प्रभावबाट आउँछ।”८
सन्दर्भ श्रोतहरू:
1. D. James Kennedy, The Bible and Civilization (Florida: Coral Ridge Ministries).
2. Elie Wiesel, quoted by Josh McDowell, The New Evidence That Demands a Verdict (Nashville: Thomas Nelson Publishers, 1999), p.14.
3. Loren Eiseley, quoted by Ravi Zacharias and Norman Geisler, eds, Who Made God? (Grand Rapids, MI: Zondervan, 2003), p.50.
4. Ibid., 3.
5. Quoted by Vernon C. Grounds, The Reason for Our Hope (Chicago: Moody Press, 1945), p.84.
6. H. Grady Davis. “Biblical Literature and Its Cultural Interpretation”, The New Encyclopedia Britannica, Vol. 14, 1994. p.904.
7. The Impact of Christianity in www.faithfacts.org
8. Betty Miller, The Positive Influence of the Bible in America in WWW.BIBLE.COM
कमल अधिकारी
Republished in new layout on 8/9/2013
Discussion about this post