• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नयाँ नेपालनिर्माणमा……

by Dr. B. P. Khanal, PhD
August 13, 2013
in Articles

bpनयाँ नेपालनिर्माणमा ख्रीष्टियन प्रतिबद्धता

सुशासन, शान्ति, समुन्नतिका लागि जनता सधैं कामना-प्रार्थना गर्छन्। राष्ट्रप्रतिको यही चासो र चिन्ताको कारण धेरैपल्ट देशको राजनीतिले सुधारको बाटो बिराएको थाह हुँदा जनता आफैं आन्दोलित बनेका छन्। जनताको अपेक्षा प्रजातन्त्र पुनबहालीहोस् र त्यही राजनीतिक फाँटबाट आफ्ना प्रतिनिधिहरू मार्फत राष्ट्रको समग्र हीतकाखातिर विधि निर्माण होस् र विधिको शासन चलोस् भन्ने हो।

तर हामीले भोगेको अनुभवले बताएको कुरो, जनता घरिघरि आन्दोलन लड्छन् र प्राप्त परिणामबाटै धोखाखाएर सडकमा छाडिइन्छन्, अनि उनीहरूका नाउँमा राजनीति गर्नेहरू अन्तत: उनीहरूकै शिरमाथिगीर खेल्छन्। अर्थात्,पटकपटकका आन्दोलनपछि पनि नेपाली जनता सडकको सडकमै छाडिएका छन् र परिणामस्वरूप जनस्तरबाटै अर्को चरणको आन्दोलन गर्नुपर्ने स्थितिमा पुर्याइन्छन्। यसरी विभिन्न समयमा देशको राजनैतिक व्यवस्था परिवर्तनका लागि एकजूट भई जीवन मरणको निर्णायक आन्दोलन लड्न बाध्य पारिएका नेपाली जनताले पछिल्लोपल्ट २०६३ मा विगत भन्दा निकै परसम्म फड्को मार्दै गणतन्त्र स्थापना सम्मको लक्ष्य हासिल गरेकाहुन्। यसपल्ट, पहिलेभन्दा बढी आर्जन गरिएको उपलब्धी लोकतन्त्रको प्रत्या भूतिका लागि तय गरिएको राजतन्त्र रहित गणतान्त्रिक संवैधानिक व्यवस्था हो, जसका लागि राज्यले अब उसो धर्मनिरपेक्षताको धरातलमा खडा भएर आमजनताप्रति समान व्यवहार गर्नका निम्ति नयाँ संविधान निर्माण गर्नुपर्ने छ।

पछिल्लो राष्ट्रिय जनआन्दोलनको सफलतासँगै नेपाली जनज्रि्रोमा खूबै झुण्डिएको उत्साहापूर्ण एउटा विचार हो “नयाँ नेपाल”। संविधान सभाको चुनावबाट यही भावनालाई दुइ वर्ष समयावधि भित्रै मूर्तरूप दिने कसम खाएर ६०१ जना चुनिए। तोकिएको समयमा काम पूरा भएन र पहिले पाएकै मताधिकारको पुनर्पुष्टि नगराइकन फेरि एकवर्षआयु थपगर्ने निर्लजता प्रदर्शन भयो, त्यसपछि पनि दुइपटक सोही लाजमर्दो काम दोहोरियो। यसरी बिताइएका चार वर्षरि एकातिर संविधान सभाका सदस्यहरूले भरपर्दो काम गर्न अर्घेइँ गरिरहेकै समयमा आफ्नो मात्र भलो सोच्ने र त्यही अनुसारको संवैधानिक व्यवस्था स्थापित गराइछाड्ने सोचबाट अभिप्रेरित व्यक्ति-समुहले बेला मौका हेरी सडकदेखि सदनसम्मै स्वार्थसिद्धीका लागि हरसम्भव कसरत गरिरहे-गरिरहेका छन्। अनि अर्को तर्फ आमनागरिकका, जनसरोकारका, अल्पसंख्यक र उपेक्षित तथा प्रताडित व्यक्ति वा समुदायहरूका पक्षमा बोलिदिने, उनीहरूकै निम्ति केही गरिदिने निःस्वार्थ मानिसहरूको खडेरी नै व्याप्त देखियो मुलुकमा।

यद्यपि नयाँ संविधानबाटै नयाँ नेपालको निम्ति आवश्यक आधार तयार गरिन्छ, तर साँचो अर्थमा नयाँ नेपाल निर्माणको अभियान कसले चलाउने? यद्यपि देशको राजनीति समग्र मुलुककै विकासको बाटो तय गर्ने शक्तिहो, तर यहाँको अबिरल अस्थीर राजनीतिले त्यो लक्ष्य हासिल होला भनेर विश्वास गरिरहन सकिन्छ के त? यद्यपि विशुद्ध राजनीतिक प्रकृतिका समुहहरूलेमात्र देश विकासको निम्ति सही निर्णय लिनुपर्छ भन्ने मान्यता र्सवसाधारणमा विकास भैरहेको अवस्थामा सर्वसाधारण मानिसहरूकै पहलमा मुलुकमा व्याप्त समस्याहरूको निराकरण गर्न सकिन्छ भन्ने दर्शन र विश्वासमा आधारित सकेको योगदानदिने प्रतिबद्धता जाहेर गर्नु उचित हुन्छ किहुँदैन?

माथि कुरो उप्काइएझैं, जब आशागरिएको पक्षबाट अपेक्षाकृत काम हुँदैन, तब नै नपत्याइएका व्यक्ति-समुहले केहीगर्ने हैसियत बटुल्छन्। देशको वर्तमान संक्रमणकालिन अवस्थामा राज्यको तर्फाट निर्णायक तथा सुधारोन्मुख कामकार्वाही नहुनु, एकपटकलाई विश्वास सुम्पिइएका राजनैतिक दलहरू आफैंले देखेको “ठीक” का पछि लागेर दिइएको जिम्मेवारीबाटै निर्लज परहेजी देखिइनु, र समाजसेवीहरू, अधिकारकर्मीहरू, सञ्चारकर्मीहरू, नागरिक समाजका अगुवा भनिएकाहरूसमेत आ-आफ्नै स्वार्थका निमित्त केहीनबोल्नु वाबोल्न-तम्सिइनुले जे सन्देश दिइराखेको छ, त्यसलाई एउटा सकारात्मक मोडतिर डोर्याउने उपायको खोजीहुनु अन्यथा ठहर्दैन।

राजीतिक अन्यौल लम्बिइँदै जाँदा मुलुकमा त्यसले दूरगामी असर पार्दछ। त्यो राष्ट्रिय राजनीतिक जीवनमामात्रै होइन, दूरदराजमा बाँच्ने हरेक मानिसहरूमा समेत गम्भीर अन्यौल सृजना गर्दछ। अहिले जनजीवनसित जोडिएका बेरोजगारी, अशिक्षा, गरीबिजस्ता समस्याहरू राजनीतिक अराजकताकै परिणाम हुन्, जसले भ्रष्टाचार, विभेद, अपहरण, हत्या र विधिहीन शासनलाई निर्बाध मौलिइने वातावरण तयार गरिदिएको हुन्छ। तर, के त? के राजनीति गर्न भनेर त्यस क्षेत्रमा पसेकाहरूले मुलुकलाई मात्रै बर्बादी ल्याइदिने कोशिस गरिरहेको यस अवस्थामा जनता सधैं चूपचाप तिनका कर्तुतहरूलाई स्वीकार गरिरहने छन् त के नेपालीजनता सधैं राजनीतिका नेताले बोलेको ढाँट पत्याएरै बसिरहला त? त्यसो भैरहने छैन। दिन आउँछ, जनता सही-गलतआफै छुट्टयाउन उठ्नेछन्।अहिलेसम्म केही चाल नपाएझैं अज्ञानता प्रदर्शन गरिरहेका नेपालीजनता उठ्नेछन्, आफ्नो गाउँठाउँ र समुदायको हितकालागि आफै केहीगर्ने हैसियत अब जनताले खोज्नेछन्। हुन पनि आफ्ना तमाम समस्याहरू सुल्झाइ दिन अर्को मान्छेको मुखताकेरै बस्नु ठीक होइन, यो कुरो देशकै विकास निर्माण गर्ने कार्यमा समेत लागू हुन्छ। राज्यको तर्फबाट सामान्य समर्थनमात्रै पाएपनि देश विकास गर्नसकिन्छ भन्ने उदाहरण दक्षिण कोरियाका जनताले प्रमाणित गरेका छन्। लाग्छ, नेपाली जनताले पनि यो तथ्य बुझ्ने छन् र मुलुक बनाउने अभियानको थालनि आफै गर्नेछन्। त्यो दिन पनि अब टाढा छैन, अहिले मुलुकमा कतै कतै जनता आफै राष्ट्रको नैतिक, सामाजिक, आर्थिक तथा भौतिक पुननिर्माणका लागि उठ्न थालेका छन्।

आफू वरिपरिको वातावणप्रति आफै जिम्मेवार हुनुपर्दछ, आफू बस्ने घरको सुव्यवस्था, सुधार तथा उन्नति गर्ने कार्य पनि आफ्नै हो। यही मर्ममा उभिएर नेपाली जनताले आपसमा परिश्रम, स्वयम् सेवा र सामुहिक भावना तथा सहकारिता बढाउने हो भने, राजनीतिले तहसनहस बनाएको मुलुकलाई सहजै निर्माण गर्न सकिन्छ। संभवतःयही तथ्यबोध गरी कसैन कसैले त निस्वार्थरूपमा देशको निम्ति केहीगर्ने शक्तिको सृजना त गर्नै पर्दथ्यो, र सो कार्यमा पहिलो पाइला नेपाली ख्रीष्टियन समुदायले टेक्न खोजेको छ। एकमात्र सत्य परमेश्वरका अनुयायी भएको नाताले आफ्नो माटो र आफ्ना मानिसहरूको सेवागर्ने श्रेय बटुल्न अहिले नेपाली ख्रीष्टियन समुदाय अग्रसर हुनुपर्ने नै थियो। देशभर समस्यैसमस्या छाएको बेला, सबै मानिसहरूमा र्सबत्र निराशा छाएको बेला, केही गर्लान् भनी आशा गरिएका अगुवाहरूले समेत नैराश्यजनक व्यवहार गरिरहेको बेला ख्रीष्टियन समुदायको तर्फाट यो अग्रसरता देखाइनु अत्यन्तै समयोचित ठहर्दछ। त्यसकारण थोरैमात्र भएपनि नागरिक कर्तव्यप्रति सचेतता राखेको हैसियतले अहिले देशव्यापिरूपमा बेरोजगारी, जातीयविभेद, भ्रष्टाचार, अशिक्षा, महिलाहिंसा जस्ता मुलुकका अहम समस्याहरूलाई जनस्तरबाटै समाधानको बिन्दुसम्म पुर्याउने अठोट सहित थालिएको यस “नयाँ नेपालनिर्माणमा ख्रीष्टियन प्रतिबद्धता” अभियानप्रति तपाईंले पनिआफ्नो ठाउँबाट सकेको योगदान जुटाउन उठ्नु ज्यादै श्रेयस्कर हुन्छ।

Republished in new layout on 8/7/2013

Previous Comment

‘नयाँ नेपालनिर्माणमा ख्रीष्टियन प्रतिबद्धता”
written by Hari, Malaysia… , June 13, 2012

Yes, we Christian must do something for Nepal. But do not forget that, “The Fear of the Lord is the beginning of Knowledge.” We’ll support you Mr. BP Khanal.. God Bless all the Nepalese…

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In