फाल्गुन ११ २०६७ (फेब्रुअरी २३) बुधबारका भञ्ज्याङ मेथोडिस्ट चर्च, भैसेपाटीमा नमुना ख्रिष्टियन समुदायको आयोजनामा समाजप्रति मण्डलीको दायित्व तथा भूमिका विषयमा कार्यशाला सम्पन्नय भयो।
उक्त कार्यशाला बिहान ११ बजे देखी बेलुकि ४ बजे सम्म भएको थियो। पा. तिमोथी जेसनको सञ्चालनमा फेमिली अफ गड चर्चका पा. टंक सुबेदीको प्रार्थनाद्वारा कार्यक्रम सुरु भएको थियो।
कार्यशालामा सहभागीहरूलाई पास्टर प्रकासराज बगालेले स्वागत र परिचय गराउनुभएको थियो। कार्यशालामा मुख्य सहजकर्ता यूएमएनका कार्यक्रम निर्देशक साहा बहादुर गुरुङ र सहयोगी सहजकर्ता फेमिली अफ गड चर्चका पास्टर प्रकाश राज बगाले हुनुहुन्थ्यो।
उक्त कार्यशालामा मण्डलीहरुको समाज प्रतिको दायित्व के छ र मण्डलीहरुले स्थानिय समुदायसँग मिलेर कसरी बिकासको काम गर्ने भन्ने विषयलाई बाईबलबाट र विभिन्न खेलहरुबाट सहजिकरण गरिएको थियो।यस कार्यशाला पछि सहभागिहरुले आफ्नो मण्डली र समुदाय बिच मध्यस्तकर्ताको भुमिका खेलेर समाज रुपान्तरणमा सहभगि हुनेछन्।
लगभग २० वटा मण्डलिहरुबाट ४२ जनाको सहभागिता भएको थियो। अन्तमा नमुना ख्रिष्टियन समुदायका अध्यक्ष पा. सामुएल सोदेम्बाले धन्यबाद व्यक्त गरेर प्रार्थनाद्वारा कार्यशाला विसर्जन भएको थियो।
Republished in new layout 7/8/2013


















Discussion about this post