मंसिर २७, २०८१
काठमाडौँ—अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने निर्णय गरेको छ ।
फिफाले पछिल्लो समय विश्वकपका प्रत्येक संस्करण फरक-फरक महादेशमा गर्ने निर्णय गरे अनुसार सन् २०३४ को विश्वकप एसियामा हुने क्रममा साउदी अरेबियाले मात्रै त्यसको आयोजनाका लागि दाबेदारी पेस गरेको थियो ।
साउदीले विश्वकपका लागि आफ्ना प्रमुख सहर रियाद, जेद्दा, अलखोवर, अभा र नियोमका तीन रंगशालालाई स्तरीकरण गर्ने तथा भव्य ११ वटा नयाँ बृहत् रंगशाला बनाउने योजना अघि सारेको छ । त्यस्तै १ लाख ८५ वटा होटलका कोठा, विमानस्थल, सडक, रेललगायतमा आधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित आयोजना पनि सार्वजनिक गरेको छ ।
यी माथिका निर्माणकार्यको लागी ठुलो जनशक्तिको खाचो पर्दछ। हाल साउदी अरबमा १ करोड ३४ लाख आप्रवासी श्रमिकहरु कार्यरत छन् जसमा ४ लाख नेपाली श्रमिक पनि छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले भने साउदीमा कार्यरत आप्रवासी श्रमिकको कमजोर मानवअधिकार र रक्षासँग जोडिएको विषयमा अर्थपूर्ण रूपमा सम्बोधन नगरी विश्वकप आयोजकको जिम्मेवारी दिइएको भन्दै साउदी र फिफाको कडा आलोचना गरेका छन् । एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच, इक्विडेम, फेयर स्क्वाएरलगायत संस्थाहरूले मानवअधिकारको गम्भीरतालाई नजरअन्दाज गरिएको बताएका छन् ।
Discussion about this post