४ मंसिर २०८१, मङ्गलबार
काठमाडौँ : धुम्बाराहीस्थित प्रोलिफिक सेकेन्डरी विद्यालयका प्रधानाध्यापक गोपालबहादुर महतलाई नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको हुनाले छ मैना जेल र पाँच हजारको जरिवाना को सजाय दिईएको छ।
उक्त फैसला काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले गरेको हो। महतले पाँच जना नक्कली परीक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आशङ्कामा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको थियो ।
Discussion about this post