चैत २३,२०७९
सिजनको अन्तिमसम्मका लागि इंग्लिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई अन्तरिम मुख्य प्रशिक्षक बनाउने तयारी गरेको छ । प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपश्चात यस सिजनको बाँकी खेलका लागि लाम्पार्डलाई जिम्मेवारी दिने तयारी गरेको हो ।
ग्राहम पोटरको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार बेहोरेको छ । थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
४४ वर्षीय लाम्पार्डले यसअघि चेल्सीको टिम सम्हालिसकेका छन् । लाम्पार्डले २०१९ देखि २०२१ सम्म चेल्सीको जिम्मेवारी सम्हालेका थिए ।
यो सिजनमा ५५० मिलियन युरो खर्चेर खेलाडी अनुबन्ध गरे पनि ग्राहम पोटरको नेतृत्वमा क्लबको नतिजा सन्तोषजनक नआएपछि क्लबले लाम्पार्डलाई भित्र्याउन लागेको हो ।
लाम्पार्डको २०१९ देखि २०२१ को कार्यकालमा चेल्सीलाई ८४ खेलमा ४४ जित दिलाएका थिए । चेल्सीले उनलाई अहिले भने केही सकरात्मक नतिजाको अपेक्षा सहित टिममा भित्र्याउने तयारी गरेको हो ।
Discussion about this post