चैत ३, २०७९ शुक्रबार
एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा रहेको उप्रस्ट्रपतिको चुनाव आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुदैछ l
समर्थनको हिसाब गर्दा यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत पाँच दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।
मतदान सम्पन्न लगत्तै मतगणना सुरू गर्ने र साँझ ६ बजेभित्र निर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ। उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।
रास्वपाले उपराष्ट्रपतिमा मत दिने / नदिनेबारे निर्णय लिन बिहान ११:३० बजे पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बोलाएको थियो तर निर्वाचन आचारसंहितालगायतका कारण बैठक स्थगित भएको छ l
Discussion about this post