शनिबार, फागुन २७, २०७९
जर्मनीको दोस्रो ठूलो सहर ह्याम्बर्गमा बिहीबार राति एउटा चर्चमा फायरिङ्ग भएको छ । घटनामा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ र धेरै घाइते भएको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीका अनुसार आक्रमणकारीले करिब १० मिनेटसम्म गोली चलाएको थियो।
आक्रमणकारी पनि मारिएको प्रहरीको अनुमान छ । एक अधिकारीले भने–हामीलाई कोही फरार भएको खबर आएको छैन । गोली चलेको जानकारी पाएको १५ मिनेटमै हामी घटनास्थलमा पुग्यौँ । हामीले चर्चको माथिल्लो तलामा बन्दुकको आवाज सुन्यौं। त्यहाँ पुग्दा शव भेटियो। हामीलाई लाग्छ कि यो आक्रमणकारीको हो। हाल आक्रमणकारीको पहिचान खुल्न सकेको छैन ।
यो हलमा ग्रोस बोर्स्टेल क्षेत्रको चर्च जेहोवाज विटनेसेस किंगडम भएको प्रहरीले जनाएको छ। आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै ठोस जानकारी प्राप्त भएको छैन। उनले घटना किन गराए भन्ने पनि थाहा छैन । ह्याम्बर्ग पुलिले ट्वीटमा भनिएको छ – यो गोलीबारीमा धेरै मानिसहरू गम्भीर रुपमा घाइते भएका छन्। हामी ठूलो संख्यामा सुरक्षा बलको साथ साइटमा छौं।
Source: NBC News
Discussion about this post