प्रिय पास्टर तथा अगुवाज्युहरू:
देशको लागि प्रार्थना गर्न भेला हौँ। राजनीतिक अस्थिरताको अन्त्य, राष्ट्रिय एकता, निष्पक्ष चुनाव र नयाँ संविधानको लागि।
फिलिप्पी ४:४-७
प्रभुमा सधैँ आनन्द मनाओ, फेरि भन्दछु, आनन्द मनाओ। ५ तिमीहरूले सबैसँग राम्रो व्यवहार गर। प्रभु चाँडै आउनुहुन्छ। ६ केही कुरामा पनि फिक्री नगर। तर तिमीहरूलाई खाँचो परेको कुरा प्रार्थनामा परमेश्वरलाई भन अनि धन्यवाद दिंदै बिन्ती चढाओ। ७ परमेश्वरको शान्ति कसैले बुझ्नै नसक्ने छ। यही शान्तिले तिमीहरूको हृदय र मनलाई ख्रीष्ट येशूमा जोगाएर राख्नेछ।
मिति: आइतबार अप्रिल १४, २०१३; बैशाख १, २०७०
समय: बिहान १० देखि दिउँसो २ बजेसम्म
स्थान: नेपाल धर्म-शास्त्रीय सङ्घ भवन (ATEN), नयाँ बानेश्वर, बुद्धनगर;
(असमर्थताको लागि सम्पर्क फोन: ४७८२४६१; ९८४१९५७९२७ राजकुमार श्रेष्ठ)
प्रार्थना अगुवा: एस्टर लामा
आफू पनि आउनुहोस्, साथीलाई पनि ल्याउनुहोस्। बाइबल कलेजका विधार्थीहरूलाई पनि स्वागत छ। कृपया बाईबल कलेजका प्रिन्सिपलहरुले पनि विधार्थीहरूलाई प्रार्थनामा भागलिनको लगि उत्साह दिन “नेपाल प्रार्थना अभियान” विनम्र अनुरोध गर्दछ।
कृपया अन्तिम घडीमा नआइदिनुहोला। यसले राम्रो साक्षी दिँदैन। हस् त, आइतबार प्रार्थनामा भेटौँ।
येशू ख्रीष्टमा,
राजकुमार श्रेष्ठ
नेपाल प्रार्थना अभियान समितिको आज्ञाले
Discussion about this post