काठमाडौं । आज शनिबार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित भएकी छन्।
उनले १६६ मत प्राप्त गरेकी हुन्। उनी सत्ता गठबन्धनकोतर्फबाट उम्मेदवार हुन्।
आजको बैठकमा २६४ जना सांसद उपस्थित थिए। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी इन्दिरा राना मगरको १६६ पक्षमा मत परेको थियो। उनलाई सभामुख बनाउने प्रस्तावको विपक्षमा ९७ मत परेको घिमिरेले जानकारी दिए। एक सांसदले भने मत दिएनन्।
सामाजिक सेवामा फराकिलो परिचय बनाएकी उनले यसपटक राजनीतिक रूपमा पनि फड्को हानिन्। सक्रिय राजनीतिमा संलग्न भएको तीन महिनामै इन्दिरा संघीय संसदको उपसभामुख बन्न सफल भइन्। आमासँगै कारागारमा रहन पुगेका निर्दोष बालबालिकालाई शिक्षा र आश्रय दिने काममा ३३ वर्षदेखि सक्रिय ५२ वर्षीया इन्दिरालाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बनाएको थियो। यसअघि राजनीतिक रूपमा कहीँकतै संलग्न नरहेकी उनी पहिलो प्रयासमै संसद सदस्य भइन्।
अशोका फेलो २००५, एसिया २१ याङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, लगायतका उपलब्त्रि हात पारेकी छन्।
Discussion about this post