बिहीबार भएको मतदानमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। देवराजले नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्। पार्टीमा ईमान्दार छवि बनाएका सांसद देवराज एमाले अध्यक्ष केपी ओलीका चहेता नेता हुन् ।
अष्टलक्ष्मी शाक्यले शुभेच्छा दिदै भनिन् ”यतिन्जेल उहाँले पार्टीप्रतिको इमान्दारीका लागि आफूलाई चिनाउनुभयो। अब नयाँ भूमिकामा पनि उहाँले आफूलाई सफल पार्नुहोस् भन्ने शुभेच्छा छ।”
ताप्लेजुङमा जन्मिएका घिमिरे निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका हुन्। ताप्लेजुङबाट झापामा बसाइसराइ गरेको घिमिरे परिवार अहिले पनि बिर्तामोडमा भाडाको घरमा बस्दै आएको छ। उनका बुवा आमाबाट जन्मिएका १२ छोराछोरीमध्ये घिमिरे माइलो हुन्। घिमिरेकी श्रीमती टीकादेवी बस्नेत भने रिटार्यड शिक्षिका हुन्। २०५६ मा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्। उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्ज समेत हुन्।
Discussion about this post