प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १५ जना नयाँ मन्त्रीहरू थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन्। अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन्।
यी हुन् प्रचण्ड सरकारका नयाँ अनुहारहरु :
रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री
राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जा मन्त्री
विमला पौडेल राई, परराष्ट्र मन्त्री
शिशिर खनाल, शिक्षा मन्त्री
डोलप्रसाद अर्याल, श्रम मन्त्री
ध्रुवबहादुर प्रधान, कानून मन्त्री
सुदन किराती, पर्यटन मन्त्री
अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री
पदम गिरी, स्वास्थ्य मन्त्री
हरि उप्रेती, रक्षा मन्त्री
राजेन्द्र राई, भूमि मन्त्री
अब्दुल खान, वन मन्त्री
तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री
सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री
दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री
Discussion about this post