लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन्। ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन्। यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए।
सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन्। देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नु नयाँ प्रधानमन्त्रीका लागि मुख्य चुनौती हुनेछ। किनकी चार दशकपछि बेलायतको मुद्रास्फीति सबैभन्दा उच्च छ।
विभिन्न मन्त्रालयको पद सम्हालेकी ट्रस एक वर्षअघि विदेशमन्त्री बनेका थिइन्। उनले आफ्नो राजनीतिक यात्रा दक्षिणपन्थी कन्जरभेटिभमा लाग्नुअघि मध्यमार्गी लिबरल डेमोक्र्याटको सदस्य बनेकी थिइन्। सन् २०१६ मा उनले बेलायत युरोपियन युनियनमा रहनको लागि अभियान चलाइन् तर बेलायतीले ब्रेजिक्टलाई समर्थन गरेपछि कित्ता परिवर्तन गरिन्।
Discussion about this post