मेरो बीमा कम्पनिको शिखर सम्मेलन MERO BEEMA PRESENTS FUTURISTIC BANKING & INSURANCE SUMMIT 2022 कार्यक्रम लोकार्पण सम्पन्न भएको छ। जुन कार्यक्रममा संचारप्रविधी मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्की होटल मेरीयेटमा आयोजना भएको एक विशेष कार्यक्रममा मेरो बीमाको वेवसाइट www.merobeema.com.np को उद्घाटन गरेका हुन्। कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिना र इंडिया बाट विभिन्न बिज्ञ हरुको उपस्थिति रहेको थियो |
नेपालको इन्स्सोरेन्स एग्रिगेटर “मेरो बीमा” को औपचारिक उद्घाटन २०७९-०४-१३ गते माननीय सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्की बाट होटल मेरीयेट काठमाडौंमा आयोजित Mero Beema Presents Futuristic, Banking & Insurance Summit 2022 कार्यक्रम मार्फत मेरो बीमा को लोकार्पण सम्पन्न भयो। उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद शिलवाल, नेपाल राष्ट्र बैंकको तर्फबाट बरिष्ट डिपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले पनि मन्तब्य राख्नु भएको थियो, यस कार्यक्रमको अध्यक्षता डा बिष्णु प्रसाद गौतमले गर्नु भएको थियो। डा गौतम नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक, स्वरोजगार कोषको पूर्व कार्यकारी अधिकृत, तथा विद्यावारिधि संघका अध्यक्ष हुनुहुन्छ ।डा अमिताभ राजन अध्यक्ष आर बि आइ इंडिया सेवा समिति, मेगा बैंकका निर्देशक तथा लगानी बोर्ड नेपालका सदस्य बाल कृष्ण सीवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्य को उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मा विभन्न बैंक तथा बीमा कम्पनी का प्रमुख कार्यकारी अधिकृत र सूचना प्रबिधि का प्रमुख को उपस्थिति रहेको थियो। इंडिया बाट विभिन्न प्यनललिस्टको रुपमा बिज्ञ हरुको उपस्थिति रहेको थियो | उक्त कार्यक्रम मा २०० जना भन्दा बढीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम मा पूर्व बीमा कर्मी तथा मेरो बीमाका संस्थापक कोष राज सुबेदी ले मेरो बीमाको डिजिटल अवधारणाको बारेमा जानकारी तथा भविष्यमा दिने सुबिधाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रमा ५ ओटा विषय वस्तु “बीमा र बैंक” को Digitalization बारेमा प्यानलमा छलफल गरिएको थियो उक्त कार्यक्रमको IT पार्टनर Kuber World र Event Management “Eventalist” गरेको थियो ।
मेरो बीमा को वेबसाईटको उद्घाटन भिडियो हेर्नुहोस ।
Discussion about this post