गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार २५ वटा अत्यावश्यकीय सार्वजनिक सेवा क्षेत्रमा निर्धारित क्षेत्रमा हडताल गर्न नपाउने व्यवस्था गरिएको हो । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) को अधिकार प्रयोग गरेर बन्द हडताल निषेध गर्ने आदेश जारी गरिएको बताउँदै उहाँले भन्नुभयो “बन्द हडताल नागरिकको हितविपरीत हो । त्यसैले सार्वजनिक सेवाको क्षेत्रलाई निरन्तर सञ्चालन गर्ने, सेवा प्रवाहलाई सुचारु गर्ने उद्देश्यले हडताल गर्न नपाउने व्यवस्था गरिएको हो । यसलाई लोकतन्त्रको अङ्गका रूपमा लिनुपर्छ ।”
यी क्षेत्रमा हडताल निषेध
१. डॉक तार वा टेलिफोन सेवा,
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा,
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा,
४ हवाई ग्राउण्ड रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा,
५. प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा,
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर-सामानको उत्पादन गर्ने थन्क्याउने वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा,
७. सञ्चार सेवा,
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा,
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा,
१०. पर्यटन आवास, मोटेल होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा,
११. पेट्रोलियम पदार्थ (एल.पि. ग्याँस समेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा
१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू)
१३. औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा,
१४. फोहोरमैलाको सहलन, ढुवानी प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
१५. बैंकिङ सेवा,
१६. बिमा सेवा,
१७. ईन्टरनेट सेव,
१८. दैनिक उपभोग्य वस्तुहरु (खाद्याल, दाल, चामल, नुन, तेल, को पैठारी, दुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा ,
१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा,
२०. मास्क सम्बन्धी सेवा
Discussion about this post