ललितपुर । ख्रीष्टियन समुदायमा एउटा ज्वलन्त इतिहास बोकेको नेपालको खीष्टियन समुदायको अभिभावक संस्थाका अध्यक्ष रेभ. हनोक तामाङले ख्रीष्टियन समुदायमाथि चौतर्फी आक्रमण भइरहेको बेला ख्रीष्टियनहरुको आफनो अमुल्यको मतको प्रर्दशन गर्नुपर्ने अब बेला आएको बताउनु भएको छ ।
कन्सेप ईन्टरनेशनल अमेरिकाको आयोजना र ख्रीष्टियन जर्नालिष्ट फेलोशिप नेपालको संयोजनमा साेमबार राजधानीमा आसन्न निर्वाचनमा ख्रीष्टियनहरुको सहभागीता विषयक विचार गोष्ठिमा आफनो भनाई राख्दै एनसीएफ नेपालका अध्यक्ष रेभ तामाङले ख्रीष्टियनहरुको पहिचान, हकहित र अधिकार स्थापित गर्नका लागि पनि यो चुनावमा आफनो अमुल्यको मतको प्रर्दशन गर्नुपर्ने बेला आएको बताउनु भएको हाे ।
कार्यक्रममा कन्सेप ईन्टरनेशनल कार्यकारी समितिका उपाध्यक्ष पास्टर रमेश मैनालीले कन्सेस ईन्टरनेशनलको भिजन, मिसन र यसका कार्य क्षेत्रका बारेमा प्रस्तुती गर्नुभयो भने सीजेएफको तर्फबाट पत्रकार निरोज तोलाङेले इसाई पत्रकारको वर्तमान अवस्था र अवसरको वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आसन्न निर्वाचनमा ख्रीष्टियनहरुको व्यापक सहभागीता र पहुँच कसरी पुर्याउन सकिन्छ, हामी ख्रीष्टियनहरु निर्वाचनमा कसरी प्रस्तुत हुने र नेपालको समग्र मण्डलीलाई कसरी सुसुचित गर्न सकिन्छ भन्ने बारे एनसीएफ नेपालका अध्यक्ष रेभ हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्ली राम पौडेल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उपमहासचिव तथा प्रवक्ता ज्ञानेन्द्र सापकोटा, राष्ट्रिय मण्डली महासंघका अध्यक्ष सुभाष सुब्बा लिम्बु र राष्ट्रिय गिर्जाघर महागुठीका अध्यक्ष रेभ प्रकाश सुब्बाले आ-आफ्ना मन्तब्य दिनु भएको थियो ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका रामशरण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रकाश विसुन्के, नेकपा एकीकृत समाजवादीका यूवा नेता टिकाराम नेपाली, जन जागरण पार्टीका अध्यक्ष डा.वि. पि. खनाल, सामाजिक एकता पार्टीका वरिष्ठ उपाध्यक्ष विरबहादुर तामाङ र राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका दलपति जितेन्द्र घिमिरेलगायतकाहरुले आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि ख्रीष्टियनहरुको व्यापक सहभागीताकाे अपील गर्नुभयो ।
Discussion about this post