काठमाडौं– स्थानीय तहको चुनाव वैशाख ३० गते हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको छ । निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि, जेठ ४ गते चुनाव गर्ने विषयमा दलहरूबीच सहमति जुटेको थियो ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि मिति प्रस्ताव गरेको थियो ।
Discussion about this post