पुस-३, ‘बाताबरण स्वच्छ राख्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उत्तरी धादिङ खनियाबास गाउँपालिका वडा न -३ मा पर्ने निमलच्यात गाउँ, पालिका कै पहिलो नमुना स्वच्छ तथा सफा गाउँ घोषणा गरिएको छ । निमलच्यात टोल सुधार समितिको प्रमुख आयोजना, शान्ति नेपाल र खनियाबास गा पा स्वास्थ शाखाको सह आयोजना मा भएको उक्त समारोहमा प्रमुख अतिथिको रुपमा गाउँपालिका उपप्रमुख योमाया तामाङ, शान्ति नेपालको तर्फबाट कार्यक्रम निर्देशक पि आर शर्मा, कार्यक्रम सम्योजक इन्द्रमान शाक्य, गाउँपालिका स्वास्थ सयोजक, जनप्रतिनिधिहरु, विभिन्न आमा समुहका प्रतिनिधिहरु, स्वास्थ्य कर्मीहरु लगायत अन्य सरोकारबाला ब्याक्तीहरुको उपस्थितिमा नाच गान र्याली सहित हर्षोउल्लास का साथ कार्यक्रम सम्पन्न भयो । टोल सुधार समितीका अध्यक्ष मिगमार तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रमको उद्घोषण जङ्ग बहादुर तामाङ, कार्यक्रम सयोजन शान्ति नेपालका मन्जु तामाङ्ले र स्वागत डाफे स्वस्थ आमा समुहले गर्नुभएको थियो भने सो ठाउँमा डाफे स्वास्थ आमा समूह विभिन्न सामाजिक काममा निकै नै सक्रिय मानिन्छन् ।
शान्ति नेपालले बिगत ६ बर्ष देखि नै धादिङ जिल्लाको उत्तरी क्षेत्र साबिक दार्खा, रि, झार्लाङ, लापा, सेर्तुङ र तिप्लिङ गा बि स मा कार्यक्षेत्र बनाएर स्वास्थ तथा सरसफाइ क्षेत्रमा पहिला गा बि स सङ्ग त्यस पछि गाउँपालिका सङ्ग साझेदारी गर्दै सरकारको विभिन्न अभियानमा जस्तै खुल्ला दिसा मुक्त क्षेत्र घोषणा लगाएत विभिन्न अभियानमा सङ्लग्न भै कार्यगर्दै आएको र विभिन्न आमा समुहहरुको माध्यमबाट आमा दिदी बहिनीहरुलाइ स्वास्थ तथा सरसफाइ सम्बन्धि शिक्षा साथै त्यस तर्फ डोर्याउदै समाजको रुपान्तरणमा टेवा पुर्याउदै आएको छ ।
यहि अभियान कै शिलशिलामा निमलच्यात टोलमा एक घर एक धारा, सफा शौचालय, सफा घर आगन, फोहोर फाल्ने डस्टबिनको ब्यवस्था, सुधरिएको चुलो को प्रयोग, भाडा सुकाउने मचाङ् र फोहोर जलाउने ठाउँको ब्यवस्था आदि जस्ता मापदण्ड पुर्याएर स्वच्छ र सफा गाउँ घोषण गर्दै बाकी अझै थप कुराहरूलाई गाउँ बासिहरुले पूरा गर्ने प्रतिबद्धता सहित घोषणा कार्यक्रम सप्पन्न भएको छ । समाज परिवर्तन गर्नको लागि समाजका ब्यक्तिहरु आफै सक्रिय भै लागेमा अवस्य परिवर्तन सम्भब छ भन्ने गतिलो उदाहरण सो गाउँले देखाएको सहभागीहरुको भनाइ रहेको छ ।
प्रकाश घले
Discussion about this post