हरि जिज्ञासु, १४ मंसिर / २०७८ (डोल्पा) । प्रशस्त् कटनी मण्डली पोखराका पास्टर केशबराज आचार्यलाई जिल्ला अदालत डोल्पाले दुई वर्ष कैद र २० हजार जरीवाना हुने फैसला गरेको छ ।
धर्म परिवर्तनको आरोपमा पक्राउ परेका पास्टर केशव आचार्यलाई २०७८/०८/ ०६ गते मुलुकी अपराधसंहिता २०७४ को दफा १५८ (१)(२) बमोजिमको कसुर ठहर गरी आज २ वर्ष कैद र २० हजार जरीवानाको फैसला सुनाएको हो ।
डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ रुममा गाउँमा पुगेर पास्टर केशवराज आचार्यले पम्पलेटहरु वितरण गरेको, प्रार्थना गरेर विरामी निको हुन्छ भन्ने भ्रम फैलाएको, विरामी येशूको नाममा निको हुन्छ भन्ने लगायतका भ्रमात्मक भिडियोलाई आधार मानि नेपाल सरकारले मुद्धा चलाएतापनि पास्टर केशवराज आचार्यले धर्म परिवर्तन गराएको भन्ने आरोपीत कसुरलाई अस्वीकार गर्नुभएको छ ।
कसुर ठहर गरिएका पास्टर केशवराज आचार्यकोतर्फबाट अधिवक्ताद्धय शेरबहादुर खत्री र घनस्याम उपाध्यायले बहस गर्नुभएको थियो भने नेपाल सरकारकोतर्फबाट साहयक जिल्ला न्यायधिवक्ता खुमबहादुर कुँवरले बहस गर्नुभएको थियो ।
जिल्ला अदालत डोल्पाको फैसला सुनेपछि पास्टर केशवराज आचार्यले आफू निर्दोश हुदाहुँदै सम्मानित अदालतले कसुरदार ठहर गरी कैद जरिवाना गरेर अन्याय गरेको प्रतिक्रिया दिदै उक्त फैसला उच्च अदालत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभएको छ ।
बहुधार्मिक बहुभाषिक देशमा राज्यले ख्रीष्टियन धर्मगुरुलाई आरोप लगाएर कैद जरीवाना तोकेकोमा राष्ट्रिय ख्रीष्टियन महासंघका तर्फबाट प्रतिनिधी भई डोल्पा पुगेका धनराज घिमिरेले राज्यले अन्याय ग-यो भन्दै अब राष्ट्रिय ख्रीष्टियन महासंघले उच्च अदालत जुम्लामा पुनरावेदन गर्ने जानकारी दिनुभयो ।
Discussion about this post