काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनरत न्यायाधीशहरुले तिहारपछि आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका छन्।
मङ्गलबार छलफलमा बसेका न्यायाधीशहरुले तिहार बिदाको अन्तिम दिन बन्दीको मुद्दा सुनुवाइ गर्ने र तिहारपछि पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेका हुन्।
तिहारको बिदा सकिएलगत्तै सामूहिक छलफल गरेर आन्दोलनको स्वरुप निर्धारण गर्ने एक न्यायाधीशले बताए। आफूहरुको एकमात्र अजेण्डा प्रधानन्यायाधीश राणाको राजीनामा भएको उल्लेख गर्दै उनले यसबाट पछि नहट्ने निर्णय भएको सुनाए।
प्रधानन्यायाधीश राणाले सम्मानजनक बहिर्गमनका लागि गरेको प्रस्तावमाथि छलफल भएको तर त्यो स्वीकार गर्न नसकिने निष्कर्षमा पुगेको ती न्यायाधीशले बताए। वार्ता टोलीमा रहेका तीन न्यायाधीशलाई यो बीचमा राजीनामा गराउन पहल गर्ने जिम्मेवारी दिइएको उनले बताए।
Discussion about this post