• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नारीप्रति येशूको दृष्टिकोण

by Kamal Adhikari
April 7, 2015
in Articles

kamaladhikariयेशूको समयको यहूदी व्यवस्थामा लेखिएको थियो, “व्यवस्थाका वचनहरू नारीहरूलाई सुम्पनुभन्दा बरु ती जलाइऊन्। कुनै पुरुषले उसकी छोरीलाई व्यवस्था सिकाउँछ भने त्यो उसलाई कामुकता सिकाएजस्तै हो।”स्त्रीहरूलाई कतिसम्म तल खसालिएको थियो भनी अर्को वाक्यले प्रस्ट पार्छ, “सबै कुरामा नारी पुरुषभन्दा निम्न स्तरको हुन्छे।”येशूको समयमा यहूदी पुरुषले यसरी प्रार्थना गर्थे, “परमेश्वरलाई स्तुति होस् कि उहाँले मलाई अन्यजाति बनाउनुभएन, परमेश्वरलाई स्तुति होस् कि उहाँले मलाई नारी बनाउनुभएन, परमेश्वरलाई स्तुति होस् कि उहाँले मलाई अबुझ बनाउनुभएन।”अर्को ठाउँमा लेखिएको छ, “छोरा हुनेहरू सौभाग्यका हुन्, तर छोरी हुनेहरू अशुभ हुन्।

… छोरोको जन्ममा सबै प्रसन्न हुन्छन्, तर छोरीको जन्ममा सबै खिन्न हुन्छन्। … जब छोरो संसारमा जन्मन्छ तब संसारमा शान्ति आउँछ, तर जब छोरी जन्मन्छे केही पनि आउँदैन।” येशू यस संसारमा हुनुहुँदा तत्कालीन समाजले नारीहरूप्रति कस्तो अमानवीय दृष्टिकोण राखेको रहेछ भनी माथिका यी केही भनाइहरूले प्रस्ट पार्छन् ।नारीलाई व्यक्तिको रूपमा होइन, सम्पत्तिको रूपमा हेरिन्थ्यो।सार्वजनिक धार्मिक जीवनबाट सबै नारीहरू वञ्चित थिए। कुनै पनि कारणले पतिले आफ्नी पत्‌नीलाई सम्बन्धविच्छेद गर्न सक्थ्यो। तर, कुनै पनि आधारमा पत्नीले सक्दिनथी। नारीसँग धेरै बोल्नेको भाग्य अन्त्यमा नरक हुन्छ भनी सिकाइन्थ्यो। नारीहरू घरमा बस्नुपथ्र्यो, तिनीहरूले घुम्टोले अनुहार ढाक्नुपर्थ्यो र पुरुषहरूसँग बसेर खान पाउँदैनथ्ये। चाडपर्वमा सहभागी हुनु तिनीहरूको उत्तरदायित्व थिएन। नारीहरूलाई साधारणतः शिक्षा दिईंदैनथ्यो। यसरी समाज र धर्म दुबै क्षेत्रमा यहूदी पुरुषहरूले स्त्रीहरूको भूमिकालाई कठोरतापूर्वक सीमित पारेका थिए। यस्तै समाजमा दुइ हजार वर्षअगि येशू जन्म लिई आउनुभयो। नारीहरूको सम्बन्धमा उहाँ एक क्रान्तिकारी (आमूल परिवर्तनका लागि समाजमा उथलपुथल ल्याउनुहुने व्यक्तित्व) हुनुहुन्थ्यो। नारीहरूप्रति उहाँका शिक्षा र क्रियाकलापहरूले व्यवस्थाका तत्कालीन अगुवाहरूलाई क्रोधित तुल्याए। उहाँको कदम अभूतपूर्व थियो। येशू ख्रीष्ट नारीहरूको पक्षमा वकालत गर्नुहुने एक सशक्त अगुवा हुनुहुन्थ्यो। उहाँ पुरुषहरूको संसारमा बाँच्नुभए तापनि स्त्री र पुरुष समान् छन् भनी सिकाउनुभयो जुन यहूदी सांस्कतिक मान्यताको विपरीत थियो। येशू मानवजातिको मुक्तिको लागि मात्र जन्मनुभएन, तर समाजमा विद्यमान लैङ्गकि विभेदका पर्खालहरू चकनाचुर पार्न पनि आउनुभयो। उहाँको आदर सबै थरीका नारीहरूप्रति फैलिएको थियो जुन उहाँको समय र संस्कृतिमा अनपेक्षित थियो। उहाँको पुस्ता र संस्कृतिका पुरुषहरूको विपरीत उहाँले सिकाउनुभयो कि पुरुष र स्त्री परमेश्वरको दृष्टिमा समान छन्। स्त्रीहरूले पनि परमेश्वरको क्षमा र अनुग्रह पाउन सक्छन्। परमेश्वरको राज्य विस्तारको लागि नारीहरू पनि पूर्णरूपमा सहभागी हुन सक्छन्। येशूका यी शिक्षाहरू क्रान्तिकारी थिए जसले अन्य व्यक्तिहरूलाई मात्र होइन, स्वयम् येशूका चेलाहरूलाई स्तब्ध पारे। नारीहरूको उत्थानको निम्ति उहाँका मनग्य क्रान्तिकारी कदमहरूमध्ये हामी यहाँ चारओटालाई ध्यान दिनेछौं।

१. येशूले समाजमा तिरस्कृत नारीहरूलाई भेट्नुभयो। यूहन्ना ४ अध्यायमा सामरी स्त्री र येशूको वार्तालापको वर्णन गरिएको छ। तिनी सामाजिक दृष्टिकोणबाट मात्र नभई जातिय दृष्टिकोणबाट पनि अपहेलित थिइन्। तिनी एक अनैतिक सामरी स्त्री थिइन्। कडा सांस्कृतिक मूल्य मान्यताको विपरीत एउटा पुरुषलाई जस्तै येशूले तिनलाई आदर गर्नुभयो। उहाँ यहूदी जातिको हुनुभएकोले उहाँलाई सामरीसँग बोल्ने अनुमति थिएन। उहाँ पुरुष हुनुभएकोले उहाँ स्त्रीसँग सार्वजनिक रूपमा बोल्नुहुन्थेन। उहाँ शिक्षक हुनुभएकोले उहाँले स्त्रीलाई इश्वरशास्त्र सिकाउनु हुँदैनथ्यो। तर, येशूले उक्त सामरी स्त्रीलाई इश्वरशास्त्रको बारेमा सार्वजनिक रूपमा सिकाउनुभयो। यस वार्तामा येशूले जानाजानी तीनओटा सांस्कृतिक निषेधाज्ञाको बेवास्ता गर्नुभयो। सामरी स्त्रीसँग भएको येशूको बातचितबाट अन्य क्रान्तिकारी कदमहरू पनि उदाङ्गो भएका छन्। एकान्तस्थानमा एउटा व्यक्तिसँग भएको येशूको यो वार्तालाप सबैभन्दा लामो कुराकानी हो। त्यो पनि नारीसँग † उहाँ एउटा मुख्य अगुवा हुनुभए तापनि एउटी सामान्य स्त्रीसँग बातचितको लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुभयो। परमेश्वर आत्मा हुनुहुन्छ भन्ने सत्यतासाथै आफू मसीह भएको यथार्थता पनि येशूले तिनलाई नै प्रकट गराउनुभयो। यस कुराकानीले तारिफ गर्न योग्य नतिजा लिएर आएको छ। तिनी महिला प्रचारक बनिन् र तिनले पुरुष र स्त्रीहरू दुबैलाई सुसमाचार सुनाइन् । तिनको गवाहीको परिणामस्वरूप तिनको गाउँका धेरै सामारीहरूले येशूमाथि विश्वास गरे। सामरी स्त्रीका अतिरिक्त समाजमा तिरस्कृत अन्य स्त्रीहरूलाई पनि येशूले भेट्नुभएको छ। बाह्र वर्षदेखि रक्तस्रावले पीडित स्त्रीलाई येशूले निको पार्नुभयो (लूका ८:४३-४८)। येशूको पाउमा अत्तर घस्ने पापीनी स्त्रीलाई येशूले भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसित जाऊ” (लूका ७:५०)। तत्कालीन समाजमा नारीहरू ज्यादै हेपिएका, चेपिएका उत्पीडन वर्गमध्ये एक थियो। तर, तिनीहरूसँगको भेटघाट, बातचितले येशूले तत्कालीन समाजमा नारीप्रति भएको दृष्टिकोणमा परिवर्तन ल्याउन चाहनुभएको तथ्य प्रस्ट हुन्छ। उहाँ सुधारात्मक परिवर्तन ल्याउने व्यक्तित्व हुनुहुन्थ्यो।

२. येशूले नारीहरूलाई सिकाउनुभयो । एकपटक येशू बेथानीमा जानुहुँदा मार्थाले “उहाँलाई आफ्नो घरमा स्वागत गरिन्” (लूका १०:३८) । तर तिनकी बहिनी मरियमचाहिँ “येशूका पाउनेर बसेर उहाँको वचन सुन्दथिन्” (लूका १०:३९) । पुरुषले स्त्रीलाई सिकाउनु त परको कुरो सार्वजनिक रूपमा स्त्रीसँग बोल्न पनि हुँदैनथ्यो भनी यहूदी रब्बीहरूले सिकाएको भए तापनि येशूले नारीहरूलाई सिकाउनुभयो। यो उहाँको क्रान्तिकारी कदम थियो।तत्कालीन यहूदी समाजमा स्त्रीले पुरुषको पाउनेर बसेर सिक्नु आश्चार्यलाग्दो दृष्य थियो। यो यहूदी व्यवस्थाको विपरीत थियो। तरै पनि येशूले मरियमलाई हप्काउनुभएन। मार्थाले गुनासो गर्दा येशूले मरियमको पक्षमा बोल्नुभयो, “असल कुरा मरियमले छानेकी छे, जो उसबाट खोसिनेछैन” (लूका १०:४२)। सेवा-सत्कारको कामलाई रोक्नू भनी येशूले आदेश दिनुभएन, तर मरियमप्रति भएको मार्थाको धारणालाई भने उहाँले विनम्रतापूर्वक सुधार्नुभयो। परिश्रमी हुनु वा हाम्रा जिम्मेवारीहरूप्रति हामी सचेत हुनु गलत हो भनी येशूले यहाँ सिकाउनुभएको होइन। तर, प्राथमिकतालाई भुल्नु हुँदैन भन्ने उहाँको आशय हो। नारीहरूले पनि परमेश्वरको वचन सिकी लागू गर्न सक्छन्। ख्रीष्टको दृष्टिकोणमा शिक्षा प्राप्तीको लागि कुनै लैङ्गकि भेद छैन।

३. येशूले चेलाहरू बनाउने अभियानमा नारीहरूलाई पनि सामेल गराउनुभयो। ती बाह्रजना मात्र चेला थिए भनी कतिपयले सोच्ने गर्छन्, तर त्यो साँचो होइन। येशूलाई पछ्याउनेहरूमध्ये कतिपय स्त्रीहरू थिए। लूका लेख्छन्, “त्यसपछि उहा“ शहर-शहर र गाउँ-गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रैजना चेलाहरू थिए। कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिएः मग्दलिनी भन्ने मरियम, जसबाट सातओटा भूत निस्केका थिए, हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँका सेवा गर्दथे” (लूका ८:१-३)। येशूको सेवा-कार्यको निम्ति आर्थिक सहयोग गर्नेहरूको उल्लेख यहाँमात्र गरिएको छ। विचारणीय कुरो त यो छ कि तिनीहरूले आर्थिक सहयोग मात्र गरेनन्, तर तिनीहरू येशूलाई पछ्याउँदै उहाँको साथ-साथ हिंड्थे। विवाहीत स्त्रीहरू येशूको साथमा हिंड्नु तत्कालीन समाजमा उदेकलाग्दो कुरो थियो। पुरुषहरूलाई जस्तै स्त्रीहरूलाई पनि येशूले स्वागत गर्नुभयो। ७० चेला सुसमाचारको लागि पठाइएको, पुनरुत्थान हुनुभएका प्रभुसित जम्काभेट गर्ने ५०० जना र माथिल्लो कोठामा प्रार्थना गर्ने १२० जनाको बारेमा हामी बाइबलमा पढ्छौं। प्रार्थना गर्ने १२० जनामध्ये स्त्रीहरू पनि सामेल थिए भनी लूका बताउँछन्, “कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे” (प्रेरित १:१४) । येशू गेतसमनीको बगैंचामा पक्राउ पर्नुहुँदा चेलाहरूले उहाँलाई त्यागे तापनि स्त्रीहरूले भने उहाँलाई क्रुससम्मै पछ्याएका थिए भनी मर्कुस लेख्छन्, “त्यहाँ टाढैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए। उहाँ गालीलमा हुनुहुँदा यिनीहरूले उहाँलाई पछयाउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए” (१५:४०-४१)। यो कुरो साँचो हो कि येशूका बाह्रजना चेला केवल पुरुष थिए। तर चारओटा सुसमाचारलाई नियाल्दा यो प्रस्ट छ कि उहाँलाई पछ्याउनेहरूमध्ये कतिपय स्त्रीहरू थिए जसले बार्ह जनासँगै उहाँको सेवा गर्थे। कतिपय स्त्रीहरूको नामसमेत बाइबलले दिएको छ। तत्कालीन समाजको मान्यता विपरीत भए तापनि उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो। स्त्रीहरूलाई पनि चेलाहरूको वृत्तमा राख्नुकभई येशूले क्रान्तिकारी पहल गर्नुभयो।

४. पुनरुत्थानपश्चात् येशू पहिलो पटक स्त्रीकहाँ देखा पर्नुभयो । क्रूसको दृष्यबाट सबैभन्दा पछि जानेहरू स्त्रीहरू नै थिए र रित्तो चिहानमा पहिलो पटक दर्शन गर्नेहरू पनि स्त्रीहरू थिए भनी बाइबलले बताउँछ। पुनरुत्थान हुनुभएका हाम्रा प्रभुलाई पहिलो चोटि देख्न पाउने व्यक्ति मरियम मग्दलिनी थिइन्। चारओटै सुसमाचारले साक्षी दिन्छन् कि स्त्रीहरूले नै उहाँलाई पहिलो पटक देखेका थिए (मत्ती २८:१-१०, मर्कुस १६:१-८, लूका २३:५०-५६, यूहन्ना १९:३८-४२)। पुनरुत्थानको खबर लैजानेमा स्त्रीहरू नै प्रथम वाहकहरू थिए। येशूले मरियम मग्दलिनीलाई भन्नुभयो, “मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेओ” (यूहन्ना २०:१७) । स्त्रीकहाँ भएको येशूको प्रकटीकरण र तिनलाई दिइएको आज्ञा विभिन्न कारणले गर्दा उल्लेखनीय छ। पुनरुत्थान र स्वर्गारोहण बीचको चालीस दिनको अवधिमा येशू विभिन्न स्थानमा चेलाहरूसाथै अन्य व्यक्तिहरूकहाँ बारम्बार देखा पर्नुभयो। तर, पुनरुत्थानपश्चात् येशू ख्रीष्ट पहिलो पटक मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनीकहाँ भएको प्रथम प्रकटीकरण संयोग थिएन। येशू जानाजानी उद्देश्यसहित यी स्त्रीकहाँ देखा पर्नुभयो। उहाँ पुरुषकहाँ पनि प्रकट हुन सक्नुहुन्थ्यो, तर उहाँले स्त्रीलाई चुन्नुभयो। दोस्रो कुरो, तिनीकहाँ प्रकट हुनुहुँदा येशूले एउटा ज्यादै महत्त्वपूर्ण् अभिव्यक्ति दिनुभयो, “मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ” (यूहन्ना २०:१७)। यो एउटा आज्ञा थियो। इतिहासको सर्वोत्वकृष्ट सत्यता (येशूको पुनरुत्थान) को घोषणा गर्ने पहिलो आज्ञा प्रभुको मुखबाट मरियमलाई सुम्पियो। येशूको आज्ञामा श्रोताहरू स्त्रीहरू छैनन्, तर पुरुषहरू यहूदीसाथै रोमी अदालतमा स्त्रीको गवाहीको कुनै तौल हुँदैनथ्यो। येशू स्त्रीकहाँ प्रकट हुनुभएर स्त्रीप्रति भएको पुरुष चेलाहरूको पूर्वाग्रह र तिरस्कारका अवशेषहरूलाई येशूले मिल्काउन चाहनुहुन्थ्यो। यसमा कुनै शङ्का छैन कि स्त्रीहरूको उत्तरदायित्वको बारेमा पनि उहाँले तिनीहरूलाई क्रान्तिकारी विचारहरू सिकाउँदै हुनुहुन्थ्यो। येशू नारीहरूको एक महान् मित्र हुनुहुन्थ्यो। तत्कालीन समाजको मूल्य मान्यताको विपरीत नै भए तापनि उहा“ले स्त्रीहरूसँग सार्वजनिक रूपमा बातचित गर्नुभयो, तिनीहरूलाईर् इश्वरशास्त्रका गहकिला शिक्षाहरू सिकाउनुभयो, तिनीहरूलाई आफ्नो समूहमा हिंड्ने अनुमति दिनुभयो। चारओटा सुसमाचारमा अभिलिखित भएअनुसार स्त्रीसँगको हरेक जम्काभेटमा येशूले त्यस समयको रीतिरिवाजको बेवास्ता गर्नुभयो। स्त्रीहरूप्रति हाम्रो धारणाको सम्बन्धमा येशू सर्वोत्तम नमुना मात्र होइन, उहाँ सर्वाधिक आधिकारिक पनि हुनुहुन्छ। बाइबलेतर नारी अधिकारको नारा हाम्रो लागि कुनै पनि हालतमा अनुकरणीय नभए तापनि यस विषयमा येशू हाम्रो उत्वकृष्ट उदाहरण हुनुहुन्छ भन्ने तथ्यलाई नभुलौं। नारीप्रति येशूको दृष्टिकोणलाई पछ्याई हाम्रो समाजमा विद्यमान नारीप्रति हाम्रो दृष्टिकोणलाई एकचोटि मूल्याङ्कन गर्ने हो कि – के छोरा भए खसी र छोरी भए फर्सी कीन्ने उखान अब पनि लागू हुन्छ र – खुट्टा भए त जुत्ता कति-कति भनी नारीलाई हेय दृष्टिले हेर्ने तरिकालाई परिवर्तन नगर्ने र – एक्काइसौं शताब्दीको नारी बच्चा जन्माउने भाँडो मात्र हो र – नारीबारे येशूको सम्पूर्ण शिक्षालाई पावलले एकै वाक्यमा निष्कर्ष निकालेका छन्, जुन यस लेखकको पनि निष्कर्ष हो, “अब नता … पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।

Kamal Adhikari

Republished in new layout 6/12/2013

 Previous Comment

Nari mathi ko dristikoun
written by Asha Gurung ,
June 23, 2011

Dear Adhikari
jee
Tpaia ko yo lekha asadhaya man paryou.

God Bless You

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In